वर्ड लिङ्क उपभोक्ता ठग्दै

२०७० माघ ९ गते, बिहीबार

सिरहा, ९ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिङ्कले लहानका सयौँ उपभोक्तालाई ठगी गरेको छ । रिचार्ज कार्डको माध्यमबाट इन्टरनेट चलाउँदै आएका वर्ड लिङ्कका उपभोक्ताहरु ठगीमा परेका हुन् ।लहानबाट प्रकाशित साक्षी पोष्ट दैनिकका प्रकाशक विजय यादवले वर्ड लिङ्क कम्पनीको पाँच सयको रिचार्ज खरिद गरे पनि इन्टरनेट चलाउन नपाएको बताए । रिचार्ज गरेर दुई दिनमात्र इन्टरनेट चलाएको र त्यसपछि विगत तीन सातादेखि इन्टरनेट नचलेको उनको भनाइ छ । उनले भने , “इन्टरनेट नचलेपछि वर्ड लिङ्क शाखा लहानमा जानकारी गराए पनि उसले केही वास्ता गरेको छैन ।”
इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोड लिङ्कसँगको सम्झौताको समय सकिएपछि वर्ड लिङ्कले सञ्चालनमा ल्याएको रिचार्ज सिस्टमको लाइन काटिएको कुरा पत्ता लागेको यादव बताउछन् । उनका अनुसार आफूजस्तै लहानका सयौँ उपभोक्ता ठगीमा परेका छन् ।
वर्ड लिङ्क शाखा लहानका सञ्चालक राजकुमार श्रेष्ठले पनि ब्रोड लिङ्कसँग वर्ड लिङ्कले गरेको सम्झौता सन् २०१३ को डिसेम्बरमा सकिएपछि रिचार्ज सिस्टमको लाइन कटेको स्वीकार गरे । उनले भने , “देशभरकै उपभोक्ता समस्यामा परेका छन्, कम्पनीले पुनः सम्झौता नगरेसम्म समस्या समाधान हुँदैन ।” – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार