गाडीको प्रदुषण जाँच निस्प्रभाबी

२०७० पुष २६ गते, शुक्रबार

काठमाडौ, २६पुस – काठमाडौको चक्रपथ भित्र चल्ने गाडीले अनिवार्य रुपमा प्रदुषण जाँच गराउनुपर्ने भएपनि यसको पालना नभएको पाइएको छ ।सार्वजनिक तथा नीजि गाडीले हरेक वर्ष प्रदुषण जाँच गराउनुपर्ने व्यवस्था भएपनि कारवाहीको व्यवस्था नहुँदा जाँच पास गरी हरियो स्टिकर लिनेको संख्या निकै कम छ । जुन सुकै जिल्लामा दर्ता भएपनि चक्रपथ भित्र प्रवेश गर्ने गाडीले काठमाडौमा बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा सवारी प्रदुषण जाँच गराउनुपर्छ । कार्यालयमा ३५ रुपैयाँ तिरेर जाँच गराउने र पास भए हरियो स्टिकर टाँस्ने गरिन्छ । प्रदुषण जाँच फेल भए रातो स्टिकर टाँसी सात दिन भित्र सुधार गर्न सुझाव दिइन्छ ।तर त्यसरी फेल हुने गाडीले पनि दोश्रोपल्ट जाँचका लागि नआउने गरेका पाइएको छ । प्रदुषण जाँचमा पास नभएका गाडी चलाउन नपाइने व्यवस्था रहेपनि हरेक वर्ष नवीकरण नगर्ने, फेल भएका गाडी नै नचलाउने जस्ता प्रवृत्ति देखिएको यातायात व्यवस्था विभागका प्राविधीक निर्देशक शरद अधिकारीले बताए ।
उपत्यकामा सवारी प्रदुषण रोक्ने उद्देश्यले जाँचको व्यवस्था गरिएको हो । यो व्यवस्था रिङ्गरोड भित्र चल्ने गाडीमा मात्रै लागू भएपनि चक्रपथ बाहिर र काठमाडौबाट लामो दूरीमा चल्ने गाडीलाई प्रदुषण जाँच गराउनु अनिवार्य छैन । गाडीले फ्याक्ने धुँवामा कार्बन ३ दशमलब ० ५, हाईड्रो कार्बन १ हजार पिपीएम भन्दा बढी भए प्रदुषण युक्त मानिन्छ । गाडीका कारण हुने प्रदुषणलाई न्यूनीकरण गर्न नेपाल सवारी प्रदुषण मापदण्ड २०६९ लागु गरिएको छ । जसले यूरो १ को पूरानो मापदण्डलाई विस्थापन गर्दै यूरो ३ को नयाँ मापदण्ड कायम गरेको छ । नयाँ आयात हुने गाडीहरु युरो ३ को मापदण्ड अनुसार नै आयात हुने भएपनि पुराना गाडीहरु अझै पनि युरो १ को मापदण्ड अनुसार नै चलेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार