पानीभित्र चलाउन मिल्ने मोवाइल!

२०७० पुष २५ गते, बिहीबार


काठमाडौँ, – सोनीले वाटर प्रुफ स्मार्टफोन एक्सपेरिया जेड वान एस सार्वजनिक गरेको छ । यो स्मार्टफोनको विशेषता पानी मुनि पनि प्रयोग गर्न सक्नु हो ।यसलाई पानीमुनि साँढे ५ फिटसम्म आधा घण्टासम्म चलाउन सकिन्छ । जुन यसअघिको एक्सपेरिया जेड स्मार्टफोनमा उपलब्ध थिएन । एक्सपेरिया जेडमा वाटर रेसिस्टेन्सको क्षमता मात्रै भएकोमा एक्सपेरिया जेड एस वान भने वाटर प्रुफ नै रहेको छ ।
क्यामेरामा २१ एमपी क्यामेरा रहेको छ भने वर्षाका बेला र पानीमा फोटो खिच्न सौखिनहरुलाई यो मोवाइल अझ बढी उपयोगी हुने अमेरिकाका लागि सोनी मोबाइल कम्युनिकेसन प्रमुख रभी नोकलाले बताएका छन् ।
२ सेकेन्डमा ६२ सट लिन सक्ने यो मोबाइलमा कुनै पनि कार्यक्रम लाइभ भिडियो ब्रोडकास्ट गर्न सकिने सुविधा समेत रहेको छ । यस्तै यसमा आफूले चाहेको गेमहरु किनेर अटोमेटिक डाउनलोड गर्न र आफ्ना साथीहरुले खेलिरहेका गेमका दृश्यहरु हेर्न सकिने सुविधा पनि उपलब्ध छ ।
अमेरिकामा सार्वजनिक गरिएको एक्सपेरिया जेड वान एस स्मार्टफोनको मुल्य ५२८ डलर तोकिएको छ भने ग्राहकहरुले २ वर्षे किस्ताबन्दीमा समेत खरिद गर्न सक्ने सुविधा कम्पनीले दिएको छ । विश्वबजारका लागि अहिले उपलब्ध नभएको यो स्मार्टफोनको अनलाइन अर्डर १३ जनवरीदेखि खुला हुनेछ भने २२ जनवरीदेखि मात्र बिक्रि खुला हुने कम्पनीले जनाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार