गुगलले गाडीमा एन्ड्रोइड सिस्टम राख्दै

२०७० पुष २४ गते, बुधबार


काठमाडौँ। इन्टरनेट कम्पनी गुगलले सोमबार गाडीनिर्माता जनरल मोटर्स, अडी, होन्डा तथा ह्युन्डाइसँग गाडीमा एन्ड्रोइड मोबाइल प्रणाली राख्न नयाँ साझेदारी गरेको छ ।
यी कम्पनीहरूले सेमिकन्डक्टर संस्था एनभिडियासँग मिलेर ‘ओपन अटोमोटिभ एलायन्स’ गठन गर्ने घोषणा गरेका छन् । नयाँ गठबन्धनले सन् २०१४ को आरम्भदेखि गाडीहरूमा एन्ड्रोइड प्लेटफर्म स्थापना गर्ने छ ।यस गठबन्धनले यो प्लेटफर्म नयाँ अनुसन्धान गर्न र गाडीको प्रविधिलाई सुरक्षित राख्न तथा सबैका लागि अभिरुचिजनक बनाउन सहयोगी हुने दावी गरेको छ ।
यस खुला विकास स्वरूप तथा सामूहिक प्लेटफर्मले गाडीनिर्माताहरूलाई आफ्ना गाडीमा आधुनिक प्रविधि उपयोग गर्न, प्रविधिका अनुसन्धानकर्ताहरूलाई नयाँ विकास गर्न चालक तथा यात्रुलाई सुरक्षाका नयाँ अनुभव प्राप्त गर्ने स्थान प्रदान गर्ने अनुमान गरिएको छ ।गाडी निर्माताहरूले आफ्नो गाडीलाई सञ्चारप्रविधिमा आवद्ध गर्न, यसका सूचना प्राप्त गर्न र त्यसलाई गाडीमा उपयोग गर्न तथा मनोरञ्जनका अन्य साधनहरू गाडीमा कायम गर्न यस गठबन्धनले सहयोग गर्ने अपेक्षा गरेका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार