विदेशी हस्तक्षेपबाट मुक्त नभएको नेपालको राजनीति – विजय नरसिंह के.सी.

२०७० मंसिर २९ गते, शनिबार


विदेशीको ग्रयाण्ड डिजाईन अर्न्तर्गत नै नेपालको राजनीति अगाडि वढिरहेको र राजनीतिक दलका मुख्य नेताहरु आत्मर्समर्पण गर्दै राष्ट्रियता र स्वाधिनतालाई वन्धक वनाउँदै विदेशी शक्तिको पछि लागिरहेको कारण देशले अप्रत्यासित राजनीतिक घटनाहरुको सामना गरि रहनु परेको छ । भारतको सहयोगमा नै सात राजनीतिक दल र व्रि्रोहि शक्तिको वीच १२ वुँदे दिल्ली सम्झौतावाट शुरु भएको नेपालको राजनीतिक परिवर्तन पश्चात भएको संविधान सभाले परिवर्तनको मुद्दाहरुलाई षडयन्त्र मुलक रुपमा सँस्थागत गर्न नसकेको कारण राजनीतिक दलहरु नै जिम्मेवार छन् तर पनि यसलाई आफु पानी माथिको ओभानो सरह बन्दै जिम्मेवार लिन तयार भएनन् । नेपालको सत्ता परिवर्तन पश्चात दुवै संविधान सभाको निर्वाचनमा विदेशी शक्तिहरुको विशेष चासो, सहयोग, सहभागीता देखिनु तथा निर्वाचनको विधि, प्रकृया र परिणामले राजनीतिक दलहरुको अप्रत्यासित उतार चढाव सँगै दलहरुलाई सहयोगको नाममा राजनीीतक षडयन्त्र गरिरहेको देखिन्छ । विदेशी शक्तिले नेपालमा नियन्त्रित अस्थिरता चाहेको हुनाले नै विभिन्न रणनीतिक चाल चलिरहेको र राजनीतिक दलहरु उनीहरुकै कठपुतली भएर दलालपथ राजनीति गरी आयातीत मुद्दाहरु उछाल गरी सत्तामा हालीमुहाली गर्ने अवसरको खोजीमा लागेका हुनाले जनता माथि भ्रम र झुटको राजनीति गरिरहेका छन् ।
१) संविधान सभामा रहेका जन प्रतिनिधिलाई नै वन्धक वनाएर केहि नेताहरु विदेशी शक्तिको उपस्थितिमा होटेल र रिसोर्टमा सहमती खोज्ने नौटङ्क िगरियो र अनायास संविधान सभा निर्रथक विघटन गरियो ।
२) भारतका सहयोग वाट नै मधेशवादी शक्ति र एनेकपा माओवादीको गठवन्धनवाट वनेको वावुराम सरकारले साँचो विदेशीको हातमा भएको उजागर गरेका थिए भने भविष्यको राजनीतिक र संवैधानिक निकासका लागि आवश्यक कानुनी अडचनको विषयमा कुनै ख्याल नगरि एकाएक अप्रत्यासित र सुनियोजित संविधान सभाको विघटन गरिएको थियो ।
३) नेपाली काँग्रेस र एमालेलेे पत्रकार डेकेन्द्र थापाको मुद्दा उठाएर काम चलाउ अवस्थामा रहेको वावुराम सरकारलाई पदच्युत गराउन आन्दोलनरत भएको अवस्था र निकासका लागि सहमतीय सरकार निर्माण गर्न प्रचण्डले राजनीतिक दलवाट नै शुशिल कोईरालाको सरकार वनाउन गरिएको प्रयासलाई वावुराम सरकारले ठुकर्राई दिएको थियो ।
४) सत्ता वाहिर रहन परेको अवस्थामा काँग्रेस र एमालेले वावुराम सरकारले एकलौटी ढङ्गवाट घोषणा गरेको निर्वाचनलाई अस्विकार गरि अन्योलको परिस्थितिलाई झन चर्काउने काम भएको र वावुराम सरकारले निर्वाचन गराउन अर्समर्थ हुने परिस्थितिमा सड०क्रमण कालिन अवस्था र राजनीतिक असहमतीका कारण निकास दिन विदेशी शक्तिको चलखेल अर्न्तर्गत नै असंवैधानिक र अलोकतान्त्रिक पद्दतीवाट चार दल र राष्ट्रपतिको मिलोमतोमा अधिनायकवाद चरित्रमा ११ वुँदे सहमती र २५ वुँदे वाधा अडकाउ फुकाउ आदेशवाट अन्तरिम संविधान ०६३ को मर्म र भावना विपरित निर्दलिय चुनावी सरकार वनाउन प्रधान न्यायाधिशलाई एनेकपा माओवादीको हेटौडा अधिवेशनवाट प्रस्ताव पारित गर्राई र अन्य दलहरुलाई स्वीकार गर्न वाध्य गरिएको अवस्था रणनीतिक चाल थियो ।
५) चुनावी प्रकृयामा एनेकपा माओवादीका उपाध्यक्षले पद त्यागको नाटक गरि सवै पदाधिकारीको पद खाईदिएको अवस्थामा प्रचण्डको एकल नेतृत्वमा विदेशीको वटमलाईन भएको मंसिर ४ को निर्वाचनमा नेकपा-माओवादी सहित ३३ दलहरुलाई सुनियोजित रुपमा निषेध गर्न विदेशी शक्तिको चलखेल पनि त्यसैको कडि रहेको यथार्थ छ ।
नेपालको विगतका राजनीतिमा हालिमुहाली गरिरहेको नेपाली काँग्रेस पहिलो संविधान सभाको निर्वाचन पश्चात सत्तामा जान गरेका अनेक हथकण्डाहरु विफल भएर सत्ता वाहिर रहन वाध्य भएको थियो । यसैगरि दोश्रो संविधान सभामा नेपाली काँग्रेस सत्ताको नजिक हुने अवसर पाउँदा सुनियोजित रुपमा निषेध गरी नेकपा-माओवादी सहित ३३ दल र निर्वाचनमा हार व्यहोरेको एनेकपा माओवादी सत्ता वाहिर रहन पर्ने परिस्थितिको निर्माण भएको छ । तर्सथ विदेशी शक्तिले रचेको षडयन्त्रमा सत्ता मोहमा फँसेर अलोकतान्त्रिक र असंवैधानिक तवरले निषेधको राजनीति गरिएको र विदेशी शक्ति संग आत्मर्समर्पण गर्दै भुमिगत सम्झौतामा सिट भागवण्डा गरि अधिनायकवाद चरित्रमा गरिएको दोश्रो संविधान सभाको निर्वाचनमा आएको परिणाम नस्विकार्ने प्रचण्डको भनाई विदेशी कै प्रभावमा सुनियोजित रणनीति हो । किनभने असंवैधानिक र अलोकतान्त्रिक तवरले चार दलको मिलोमतोमा आधारित भएको राजनीतिक र विधि सम्मत नियम कानुनको प्रकृयागत विषय वस्तुलाई उपेक्षा गर्दै प्रचण्डले निर्वाचनमा भएको धाँधलीको विषयमा मात्र छानविन गर्ने मुद्दा र समानुपातिक मनोनयनमा सहभागी नहुने भनाईले दवाव सृजना गरी सत्ता वार्गेनिङ्ग भईरहेको र वास्तविक मुद्दालाई भटकाउने कार्य गरिरहेका छन भन्ने विष्लेशण गरिन्छ ।
आफनो स्वार्थ सिद्ध गर्नका लागि समय परिवेश हेरेर कुन शक्तिलाई कुन ठाउँमा राख्ने भन्ने विदशी शक्तिको ग्रयाण्ड डिजाईनमा मोहरा वनेर उनीहरुकै आड भरोसामा अलोकतान्त्रिक र असंवैधानिक गतिविधि गर्न समेत कुनै संकोच नमानी दलगत र व्यक्तिवादी स्वार्थमा सत्तामा हाली मुहाली गर्ने अवसरवादी चरित्रले विदेशीको रणनीतिक चालमा राजनीति गर्दै देशलाई पराधिन वनाउँदै लैजाने रणनीति तैयार भईरहेको देखिन्छ । तर्सथ विदेशीहरुको स्वार्थका लागि संवैधानिक राजसँस्थालाई फाल्न कै लागि व्रि्रोही शक्तिको हतियार प्रयोग गरि आयातीत मुद्दामा परिवर्तनको नारा दिई देशलाई अस्तव्यस्त वनाउने काम गरियो तत्पश्चात फुट र निषेधको राजनीति तथा माईक्रो मेनेजमेन्टको निर्वाचन मार्फ व्रि्रोहि शक्तिलाई पनि पाखा लगाउने काम गरियो । अतः अस्थिरतामा रहिरहोस भन्ने मनशायले विदेशी शक्तिहरुले राजनीतिक दलहरु वीच केहि सत्ता स्वार्थी पात्र खडा गरेर स्वागत र सम्मानका साथै निमन्त्रणा गर्दै सहमती गर्ने वातावरण विगार्ने काम गरियो र त्यसमा नै खेलेर विदेशी शक्ति नेपालको राजनीतिमा हावी भईरहेको हुँदा राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै जनताको समृद्धिका लागि निषेधको राजनीतिवाट वाहिर निस्केर राजनीतिक सन्तुलन कायम राख्न समावेशी सिद्धान्तमा आधारित अग्रगामी लोकतान्त्रिक राष्ट्रवादको मुल्य र मान्यता अनुरुप देशभक्त राष्ट्रवादी शक्ति, वामपन्थि शक्ति तथा लोकतान्त्रिक शक्तिको राजनीतिक सहमती आवश्यक रहेको यथार्थलाई वुझि सह अस्तित्व र सहकार्यको वातावरण वनाउँदै गोलमेच सम्मेलन वाट संबिधान निर्माण र निकास खोज्नु नै उपयुक्त देखिन्छ । -लेखक ः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु