यसरी स्थापित भए नेकपा – माओवादीका एजेण्डाहरू – हस्तबहादुर केसी

२०७० मंसिर १५ गते, शनिबार


गत मंसिर ४ गते तथाकथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । र्सवविधितै कुरा हो, यो निर्वाचन स्वाधिन नेपाललाई सिक्किमीकरण प्रक्रियाबाट भारतमा गाभ्ने उद्देश्यका साम्राज्यवादी तथा विस्तारवादीहरूको योजना ग्राण्ड डिजाइनमा सम्पन्न भयो । यस निर्वाचनमा साम्राज्यवादी तथा विस्तारवादीहरूले नेपालका आफ्नै पुराना दलालहरू नेपाली काँग्रेस र एमालेलाई बहुमतमा पुर्याई दिएका छन् भने नयाँ दलाल एकीकृत नेकपा -माओवादी) लाई भने लज्जास्पद ढंगले पराजित गर्राई दिएका छन् । वैदेशिक महाप्रभुहरूले पुरानै दलालहरूलाई विश्वास गरे तर नयाँ दलाललाई विश्वास पनि गरेनन्, पत्याउँदा पनि पत्याएनन् । ‘नयाँ जोगीले बढि खरानी घस्छ’ भनेझैं एमाओवादीले साम्राज्यवादी तथा विस्तारवादीहरूको खुबै अगाडि बढेर दलाली र चाकडी गर्यो । सत्तामा पुग्नका लागि एमाओवादीले विशेष गरी भारतीय विस्तारवादी शासकहरूसित ज्यादै नजिकिएर र दलाली र चाकडी समेत गर्यो । उसले काँग्रेस र एमालेले समेत नमानेका राष्ट्रघाती विप्पा सम्झौता गरि दियो भारतसित । सुपर्ुदगी सन्धि पनि सम्पन्न गरिदियो । संगठित अपराधसम्बन्धी विधेयक पनि उसले पारित गरिदियो । एकमात्र नेपालको त्रिभुवन अन्तर्ररााट्रय विमानस्थलसहित मुलुकका १७ वटा विमानस्थलहरू समेत भारतलाई सुम्पिन तयार भयो ।
एमाओवादीले भारतीय विस्तारवादले अह्राएको र खटनपटन गराएको काममा इमानदारीपर्ूवक सम्पन्न गर्ने कार्य गर्दै आयो । खुब इमान्दार बन्यो । उसले एमाओवादीका अध्यक्ष प्रचण्ड र तत्कालिन उपाध्यक्ष डा. बाबुराम भट्टर्राईलाई पालो पालो गरी ‘र’ का प्रतिनिधिहरूलाई भेट्न सिंगापुर, मलेसिया र सिलगुढी जाउ भन्यो, त्यहाँ पनि इमानदारपर्ूवक पुगे र ‘र’ का प्रतिनिधिहरूलाई भेटेर उनीहरूले दिएको निर्देशन र योजनाहरू बोकेर नेपाल फर्के र पार्टीीभत्र कुटनीतिक मर्यादा पालना गर्न गएका हौं भने । भारतीय विस्तारवादले ‘र’ का प्रतिनिधिहरूमार्फ भारतीय विस्तारवादले त्रि्रो पार्टीीभत्रका क्रान्तिकारीहरूलाई पाखा लगाउ भन्ने आदेश दियो । त्यो पनि इमान्दारीपर्ूवक पूरा गरे । र पार्टीुट्ने वातावरण निर्माण गरिदिए सजिलै ।
भारतीय विस्तारवादले एमाओवादीको मुख्य नेतृत्वलाई जनमुक्ति सेनाको नेपाललाई विघटन गर क्यान्टोन्मेन्टमा राखिएका जनमुक्ति सेनाका हतियारहरू पनि सरकारलाई बुझाई देउ र तिमीलाई सरकारमा पुर्याई दिउँला र टिकाइ दिउँला भन्यो । त्यो निर्देशन पनि उनीहरूले इमानदारीपूवक क्रियान्वयन गरे । पार्टी आधिकारिकलाई सामन्तवाद तथा साम्राज्यवाद विरोध सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने, षड्यन्त्र भए जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने कार्यदिशा त्याग र ‘शान्ति र संविधान’ नाम दिइएको बुर्जुवा पुँजीवादी एवं संसदीय पुँजीवादी कार्यदिशा पकड भन्ने आदेश दियो भारतीय विस्तारवादले त्यो पनि उनीहरूले बहुतै इमानदारीपूवक क्रियान्वन गरिदिए । नयाँ जनवादी क्रान्तिको कार्यक्रम परित्याग गर भन्यो उसले त्यो पनि सातौं एकता महाधिवेशनबाट परित्याग गरी पुँजीवादी जनवादी नाम दिइएको सोसलडेमोक्रेटिक कार्यक्रम पारित गराए । अमेरिका र भारतले खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउ भन्ने आदेश दिए, त्यो पनि एमाओवादीले इमानदारीपर्ूवक पूरा गर्यो । २०७० मंसीर ४ गतेकै दिन कथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गर भन्यो त्यो पनि हस हजुर भनेर कर्तव्य पूरा गरि छाडे । नेकपा – माओवादीले नेतृत्व गरेको २२ दलीय राजनीतिक मोर्चालाई कुनै पनि हालतमा निर्वाचनमा सामेल नगर बरु वार्ता भाड भन्ने आदेश दिँदा भारतीय विस्तारवादले त्यो आदेश पनि नाटकीय ढंगले पूरा गरे । भारतीय विस्तारवादले एमाओवादीलाई चुनाव जिताइदिएला नेपाली सेना परिचालन गर र त्यसको कमाण्डिङ्ग पनि आफै गर भनेर एमाओवादी नेतृत्वलाई निर्देशन दियो त्यो पनि इमानदारी पूरा गरे । एमाओवादीले देशव्यापी रुपमा नेपाली सेना परिचालन गरेर जनतालाई आतंकित तुल्याउने, मनोवैज्ञानिक त्रास सृजना गर्ने, एमाओवादी माथि भिषण दमन गर्न लगाउने, धरपकड गर्ने र झुठ्ठा मुद्दा लगाउने कार्यमा सत्ताको दुरुपयोग गर्यो ।
एमाओवादी काँग्रेस र एमालेलाई प्रभावमा पारेर राष्ट्रिय सहमति कायम गर्न दिएन । माओवादी सहीतको ३३ दलीय राजनीतिक मोर्चालाई चुनावमा सहभागी नगराउने षड्यन्त्रमा महत्वपूण् भूमिका खेल्यो । देशी विदेशी प्रतिक्रियावदीहरूले प्रचण्डलाई निकै उचाले । हाई हार्य बनाई दिए । प्रचण्ड त्यसैमाथि फुरुङ परे । संसारकै सबै महंगा निर्वाचनको प्रयोग गर्यो एमाओवादीले । कम्युनिष्ट पार्टी खोल ओढेर त्यसै भित्र संसारकै पूँजीवादी संसदीय चुनावलाई माथमार्ने गरी अरवौंको खर्च गर्यो । यी तमाम प्रकारका तामझाप र संसारकै पूँजीवादीहरूलाई समेत पच्छाउँदै छौं भन्ने जस्ता तमाम प्रकरका हरकत गरेकै कारण एमाओवादीको कथित निर्वाचनमा निलैज्ज र लज्जास्प्रद हार भयो । सेना लगाउने, देशी विदेशी प्रतिक्रियावादीहरूसीत गठजोड गरेर जनता माथि फाँसी शासन लाद्न खोज्ने, दश वर्षो जनयुद्ध कै प्रक्रियादेखि जनता राष्ट्रका एजेण्डाहरू छोड्दै जाने, जनता र राष्ट्रलाई ढाट्दै जाने र जनता प्रति र क्रान्ति प्रति धोका दिँदै गद्धारी गर्दै अगाडि बढेकै कारण एमाओवादीलाई जनताले कथित निर्वाचनको माध्यमबाट मुइँमा पछाडि दिएको बारेमा धेरै चर्चा गरिसकिएको छ ।जनताले नपत्याउने कार्य गरेपछि के हालत हुँदो रहेछ भन्ने उदाहरण एमाओवादी बन्न पुगेको छ ।
एमाओवादीको लज्जास्प्रद पराजयको मुख्य कारण पार्टी आधिकारीक लाइन छोड्न र गलत लाइन पकडन जानु र पार्टीट्नु नै हो । पार्टीुटेर नेकपा – माओवादीको पुनर्गठन हुनु जनयुद्धमा सरिक रहेको क्रान्तिकारीहरूको ठूलो हिस्सा नेकपा – माओवादी सीत रहनु देशव्यापी रुपमा जिल्ला समितिमा भन्दा तल कुनै पनि आधारभूत पार्टीीमिटीहरू नहुनु पहिलो संविधान सभा एमाओवादीमा रहेका करीव ९० जना सभाषदहरू माओवादी पार्टी आवद्ध हुनु, पुनर्गठन लगत्तै नेकपा – माओवादीले देशव्यापी रुपमा संगठनहरू विस्तार गर्नु, जनवर्गीय संगठनहरू आम रुपमा माओवादी पार्टी आवद्ध हुनु, माओवादीले नेतृत्वले बाटोमा फ्याकिएकेा नेपाली क्रान्तिको झण्डालाई माथि उठाउनु, नेपाली क्रान्तिका लागि पार्टीी निर्ण्र्ागर्दै आएका आधिकारिक लाइनहरूलाई पक्डदै अगाडि बढ्नु, मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा, प्रयोग र विकासको बारेमा प्रतिबद्ध हुनु, जनयुद्धको जगमा जनव्रि्रोह जस्तो नेपाली क्रान्तिको क्रान्तिकारी दिशा सातौं राष्ट्रिय महाधिवेशनबाट पारित गराउनु र नेपाली क्रान्तिका चार आधार र चार तयारी पूरा गर्ने सवालमा प्रतिबद्ध र कठिबद्ध भएको, जनवाद, जनजीविका, राष्ट्रियता तथा राष्ट्रिय स्वाधिनताको मुद्दालाई आन्दोलनको केन्द्र भागमा रहेर यी एजेण्डाहरूमा सहमत हुन सक्ने राजनीतिक शक्तिहरूसीत मोर्चावादि गरेर आफ्नै नेतृत्वमा ३३ दलीय राजनीतिक मोर्चाको निर्माण र परिचालन गरेको तथ्यलाई अस्वीकार र साम्राज्यवादी तथा विस्तारवादीहरूको गोटी बन्न पुगेकै कारण एमाओवादीले कल्पनै नगरेको लज्जास्पद पराजय भोग्न पुगेको हो भन्ने कुरा अब दिनको घाम जत्तिकै र्छलङ्ग, भइसकेको छ । तर उसले आफ्नो पराजयको लाज छोप्ने योजनाका साथ निर्वाचन आयोगले धादली गरेर, नेपाली सेनाले मतपेटिका साटि दिएको कारणले आफूले हारेको हास्यास्पद र केटाकेटी तर्क अगाडि र्सार्न पुग्यो, जुन कुरा दुनियाँका कुनै पनि मान्छेहरूले पत्याउँदैनन् । त्यही कुरा गर्दै हिडेको छ एमाओवादी र निर्वाचनमा नराम्रोसीत पराजित भएपछि एमाओवादीको नेतृत्व छाङ्गबाट खसे जस्तो भयो बेसरी रन्थनियो र एकातिर निर्वाचन आयोग र नेपाली सेनाले धाँदली गरेको आरोप लगाएर हारको ढाकछोप गर्न थाल्यो भने अर्को तरि नेकपा – माओवादीसीत पार्टर्ीीकता गर्ने, सहकार्य गर्ने उही पूरा नै झुठको खेती गर्न थाल्यो । र देश दुनियाँलाई भ्रममा पार्ने कोसिस गर्न थालेको छ ।
कोही पनि भ्रममा नपरे हुन्छ, एमाओवादीको नेतृत्व करेक्सन भएर, क्रान्तिकारी रुपान्तरण भएर फेरी जनतातिर र्फकने, क्रान्तिकारीहरूसीत सहकार्य गर्ने, देशभक्त जनवादी तथा प्रगतिशील पक्षधर शक्तिहरूसीत काँधमा काँध जोडेर अगाडि बढ्ने र देश जनता र क्रान्ति प्रति बफादार र कठिबद्ध भएर अगाडि बढ्ने वाला छैन । किनकी हरेक घटनाका पछाडि निश्चित वैज्ञानिक कारणहरू रहेका छन् । मार्क्सवादले स्वीकार गरि सकेको कुरा हो यो । एमाओवादीको नेतृत्व र सिंगो पार्टीींक्ति नराम्रोरी फसी सकेको छ । उसले साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मर्समर्पण गरिसकेको छ । उनीहरूसीत गोप्य साँठगाँठ र सम्झौता गरि सकेको छ । आफ्ना सबै कुरा र योजनाहरू उनीहरूलाई दिइसकेको छ । एमाओवादी साम्राज्यवादी तथा विस्तारवादीहरूको गोटी बनिसकेको छ । र नेपालीजनता र क्रान्ति प्रति समेत गम्भीर प्रकारको गल्ती गरीसकेको छ । एमाओवादी साम्राज्यवादी र विस्तारवादीहरूको पञ्जामा नराम्ररी परिसकेको छ । अब उ उनीहरूको पञ्ाबाट उम्कनै सक्तैन । उनीहरूको घेरा तोडेर बाहिर निस्कनै सक्तैन र संसदीय घेराबाट बाहिर पनि निस्कनै सक्तैन किन उसले सातौं एकता महाधिवेशनबाटै नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई हटाएर पुँजीवादी संसदवादी कार्यक्रम पारित गरि सकेको छ ।
सिद्धान्तको क्षेत्रमा, पार्टीीाइनको क्षेत्रमा र क्रान्तिकारी वयवहारका क्षेत्रमा एमाओवादीले गम्भीर प्रकारको गल्ती र मूल गरिसकेको छ । क्रान्तिकारी सिद्धान्त र व्यवहार दुवैबाट एमाओवादी चुकी सकेको छ । नेपाली समाजबाट र जनताका बीचबाट समेत चिप्लीसकेको छ । त्यसै उ फेरी पनि संविधान सभा भित्रै जाने हो, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूसीत काँधमा काँधमा जोड्न जाने हो । यो भन्दा अर्को उपाय उसँग छैन ।
एमाओवादीले गरेको गल्तीका कारणले नै अहलिे महान दश वर्षो जनयुद्धको बेला माओवादीका नेताहरूको टाउको मूल्य तोक्ने, तत्कालिन शाही नेपाली सेना परिचालन गरेर मुलुकमा रक्तपात मच्चाउने दशौ हजार नेपाली आमाका छोराछोरीहरूको हत्या गर्न लगाउने, हजारौंको वेपत्ता र घाइते, अपाङ्ग गर्न लगाउने काँग्रेस, एमालेहरू पुनः कथित निर्वाचनको माध्यमबाट सरकार निर्माण गर्न पुगेका छन् । नेपालका क्रान्तिकारीका लागि राम्रो कुरा होइन । कुनै खुसीको कुरा होइन । काँग्रेस एमाले भनेका आन्तरिक विचारकै कारणले संविधान सभा र गणतन्त्र पक्षमा नरहेका शक्ति हुन् । जनताको दबाबको कारणले मात्र यसलाई स्वीकारेका छन् । क्रान्तिकारीहरू आफ्नो क्रान्तिको कार्यक्रम, कार्यदिशा बोकेर अगाडि बढ्ने वित्तिकै, नेपाली जनताले आफ्नो मुक्तिको झण्डा बोकेर अगाडि बढ्ने वित्तिकै काँग्रेस एमालेहरू पुनः निरंकुश र तानाशाही बन्ने र नेपाली जनतामाथि भीषण दमन चक्र चलाउने छन् । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले उनीहरूलाई यसै गर्न निर्देशन गर्ने कुरा निश्चित छ । एमाओवादीले हार्यो । काँग्रेस र एमालेले जित्यो भनेर नेपाली जनता खुसी हुनुपर्ने, नेपालका क्रान्तिकारीहरू खुसी हुनुपर्ने बेला होइन त्यो । काँग्रेस एमालेहरूले दश वर्षो जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको म्याण्डेट र जनताको भावना र चाहना बमोजिमको संविधान कदापि बनाउन तिर लाग्ने छैनन् । उनीहरूले साम्राज्यवादी तथा विस्तारवादीहरूले तयार पारि दिएको र उनीहरूकै ग्राण्ड डिजाइन बमोजिमको संविधान बनाउन कोसिस गर्ने छन् । हामी क्रान्तिकारीहरू र जनताको लागि त्यो प्रतिगामी संविधान मान्ने हुनेछैन र त्यो संविधान पुनः सडकमा जल्न थाल्ने छ र त्यसले भीषण गृहयुद्धको रुपले लिन सक्छ । त्यसो भएर क्रान्तिकारीहरू अहिलेदेखि नै होसियार पर्ूवक अगाडि बढ्न जरुरी छ ।
हामीले देश र जनताका लागि अगाडि सारेका एजेण्डाहरू स्थापित हुन पुगेका छन् । हामीले राष्ट्रिय स्वाधिनताको एजेण्डालाई अगाडि सार्यो । जनवाद जनजीविका र राष्ट्रियता सम्बन्धि ७० बुँदे प्रस्ताव पनि हामीले अगाडि सार्यौं । राष्ट्रिय सहमतिका निम्ति गोलमेच सभाको एजेण्डा अगाडि सार्यौं । पार्टीी पहिले नै निर्ण्र्ाागरिसकेको सामन्तवाद तथा साम्राज्यवाद विरोध सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने कार्यदिशालाई हामीले दह्रोसीत पकडदै आयौं । र प्रतिबद्धता जनाउँदै पनि आएका छौं । हामीले यही बीचमा नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशा जनयुद्धको जगमा जनव्रि्रोहलाई महाधिवेशनबाटै पारित गर्यौं । र हामी नेपाली जनता तथा नेपाली क्रान्तिप्रति अगाडि सारेका एजेण्डाहरू स्थातिप हुन पुगेका छन् र नवसंशोधनवादी शक्तिलाई नेपाली जनताले पराजित तुल्यााई दिएका छन् । उसले गरेको बदमासी र धोका, छलकपड, षड्यन्त्र र गद्धारीका कारण जनताले उसलाई दण्डित गरेका छन् ।
जहासम्म कुरा हामी छोटै अवधिमा जनताको विश्वास जित्न सफल भएका छौं । हामी हाम्रो क्रान्तिकारी नैतिकता बचाउन र विकास गर्न सफल भएका छौं । तर हामीलाई पहिलेदेखि साम्राज्यवादी तथा विस्तारवादीहरू र तिनका नेपाली दलालहरूले आफूलाई जस्तै गराउन खोजिरहेका छन् । एमाओवादी र एमाले जस्तै गराउन खोजेका छन् । र कुनै न कुनै छेउबाट पद र प्रतिष्ठाका आवाजहरू बाहिर फ्याक्ने । संविधान सभामा २६ सीटको हरियो घास देखाउने सम्मको प्रयास गरिसकेका छन्, मन्त्रिका सीटहरू समेट छुट्याइएको गन्ध बाहिर फ्याक्ने कोसीस गरिरहेका छन् । देशी विदेशी – प्रतिक्रियावादीहरूका यी जालझेल र प्रपञ्चहरूबाट हामी जोगिन सक्नु पर्दछ ।
हामीले पनि धेरै काम गर्न बाँकी छ । हामीले क्रान्तिकारी पार्टीीनि बनायौं । हामीसीत क्रान्तिकारी विचार पनि छ । तर हामीसीत केन्द्रदेखि स्थानीय तहसम्म पार्टीीमिटीहरू चुस्त दुरुस्त वैज्ञानिक बनिसकेको छैन । क्रान्तिका लागि पार्टीींगठनहरू महत्वपूण्ा अंगका रुपमा मानिन्छन् । हरक्षेत्रमा मनोनितवाला र ठूला तथा भद्धा पार्टीीमिटीहरू कायमै छन् । पार्टीीभत्र जनवादी केन्द्रीयता र अनुशासन तथा गोपनियताको पक्ष एकदमै कमजोर बन्दै गएको छ । र्सवहारा वर्गीय जीवन पद्धती र क्रान्तिकारी व्यवहार प्रति हाम्रो पार्टीींक्ति ज्यादै कमजोर छ । आर्थिक अनुशासन र पारदर्शीताको पक्ष कमजोर छ । कार्यकर्ताहरूको उचित कामको विन्यास र संरक्षणको वैज्ञानिक व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौं । पार्टीीभत्र स्कुलिङ्ग अवस्था ज्यादै कमजोर बन्दै गइरहेको छ । राम्रो पार्टीीकुलिङ्गको व्यवस्थापन मिलाउन सकिरहेका छैनौं । अध्ययन र चिन्तन मनन गर्ने प्रवृत्ति हराउँदै गइरहेको छ । पार्टीीत्र प्रचण्ड प्रवृत्ति जब्बर भएर बाँची रहेको छ । प्रचण्ड प्रवृत्ति भनेको क्रान्तिकारीहरूका लागि क्रान्तिकारी आन्दोलनका लागि ज्यादै हानिकारक र खतरनाक प्रवृत्ति हो । हामीले हाम्रो लक्ष्य र उद्देश्य पूरा गर्ने उद्देश्यका जुन विचार निर्धारण गरेका छौं नयाँ ढंगको क्रान्तिकारी पार्टीनि निर्माण गरि सकेका छौं, त्यही अनुरुपका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरू उत्पादन गर्न आवश्यक हुन्छ । क्रान्तिकारी पार्टीकुलिङ्गको सञ्चालन र संर्घष्ाबाट मात्र त्यसखाले नेता, कार्यकर्ताको ठूलो संख्यामा निर्माण गर्न सकिन्छ ।
यी माथि उल्लेख गरिएका विषय वस्तुहरूलाई संस्थागत गर्न र विकास गनृका लागि पार्टीीत्र सुद्धिकरण र सुदृढीकरणको आवश्यकता पर्दछ । यो खाँचो पनि हामीले पूरा गर्ने हुन्छ । कथित दोश्रो संविधान सभा निर्वाचन बहिस्कार अभियानमा १० दिनका बीचमा आम पार्टीार्यकर्ता र क्रान्तिकारी जनसमुदायले जुन उच्चकृतिमान कायम गरे यसलाई पार्टी उच्च सम्मान गर्ने पर्दछ र हामीले अगाडि सारेका एजेण्डाहरू जो नेपालको वर्तमान राजनीतिमा स्थापित हुन पुगेका छन् । हामीले नेपाली क्रान्तिका लागि विचार, सिद्धान्त र पार्टर्ीीनर्माणलाई वैज्ञानिककरण गर्ने क्रान्तिकारी रुपमा रुपान्तरण गर्ने जुन कामको अभ्यास गरि रहेका छौं यी सबैलाई हामीले संस्थागत गरेर जोगाउन पर्दछ, बचाइ राख्नु पदृछ । यी सबै चीजहरू नेपाली क्रान्तिका कोसेढुङ्गा हुन् । यिनको संरक्षण र विकास गर्नु पार्टीे मुख्य दायित्व बन्न पुगेको छ । जुन हामी श्रेष्ठता हासिल गर्दै अगाडि बढिरहेका छौं त्यति स्तरमा हाम्रा सामु चुनौती र सम्भावनाहरू पनि संगसंगै विकास भइरहेका छन् यी सबैसीत सामना गर्ने क्षमताको विकास गर्नु हाम्रो आजको दायित्व हो ।- मनमैंजु- ८, काठमाडौं

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु