दिल्लीको आदेशमा नेपालमा सेना परिचालन – हस्तबहादुर केसी

२०७० आश्विन १२ गते, शनिबार

दिल्लीको आदेशमा नेपालमा कथित दोश्रो संविधान सभाको बाहना गरेर नेपालमा राष्ट्रिय सुरक्षाको निम्ति निर्माण गरिएको नेपाली सेना नेपाली जनताको विरुद्ध परिचालन गरिएको छ । मुख्यतः साउथ ब्लकको डिजाइनमा नेपालस्थित साम्राज्यवादी र विस्तारवादीका दलालहरूले खेताला सरकार निर्माण गरेर जुन कथित निर्वाचनको ढ्वाङ्ग पिटेका थिए त्यसका विरुद्ध नेपाली क्रान्तिको नेतृत्व गरिरहेको नेकपा माओवादी सहितको ३३ दलीय राजनीतिक मोर्चाले कथित निर्वाचनलाई बहिष्कारको माध्यमबाट ध्वसं गर्ने गरी सडक संर्घष्ालाई अगाडि बढाएपछि अत्तालिएका दलालहरू र उनीहरूको खेताला सरकारले नेपालका ऐन कानूनहरू र संविधानलाई समेत मिचेर नेपाली जनताका विरुद्ध ६५००० नेपाली सेना समेतको २ लाख सुरक्षा फौजले देशलाई बन्धकमा राखेर नेपाली जनतालाई भेडाबाख्रा तुल्य बनाउँदै भोट खसाल्न लाइन लगाउने योजना बनाइरहेको छ । नेपाली सेनालाई परिचालन गर्ने तागत यहाँका दलालहरूसँग छैन किनभने तिनीहरू साम्राज्यवादी र विस्तारवादीका अरौटे भरौटे र नोकर चाकर मात्र हुन् । मालिक बिना उनीहरू नेपालमा सियो पनि भाँच्न सक्दैनन् । त्यसोभएर तिनीहरूले नेपाली जनताका विरुद्ध सेना परिचालन गर्ने कुरै आउँदैन । अझ ती नोकर चाकरहरूले खडा गरेको खेतला सरकारले सेना जस्तो एउटा शक्तिशाली फौजलाई परिचालन गर्न सक्न त नेपालमा कुनै हैसियत नै थिएन । त्यसोभएर दिल्लीको तागतमा, साउथ ब्लकको निर्देशनमा र साम्राज्यवादीहरूको निर्देशनमा नेपाली सेनालाई ब्यारेकबाट निकालेर देशव्यापी रुपमा परिचालन गरिएको छ । यस परिघटनाले उनीहरूले फलाक्दै आमइरहेको लोकतन्त्रको समेत उपहास हुन पुगेको छ ।
अहिले माओवादीको नेतृत्वमा संचालित ३३ दलीय राजनीतिक मोर्चाले १० दिनसम्मको नेपाल बन्दको घोषणा गरेर कथित निर्वाचनलाई जनताद्वारा ध्वसं पार्ने निर्ण्रा साथ सडक संर्घष्ामा उत्रिसकेका छन् । यसले नेपालमा दोश्रो गृहयुद्धलाई सुनिश्चित गरिसकेको छ । यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने रगत र जनताको बेलिवेदी बीचबाट मात्र क्रान्ति सम्पन्न हुन्छ भन्ने विश्वका क्रान्तिकारी इतिहास नेपालमा दोहोरिने भएको छ र्।र् इ.सं. ७१ वर्षपर्ूव इस्पाटकसले गरेको दास व्रि्रोह होस् या प|mान्सेली राज्य क्रान्तिका अगुवाहरूले गरेको व्रि्रोह होस, महान् पेरिस कम्युनि निर्मार्ताहरूले गरेको व्रि्रोह होस्, महान रुसी अक्टोबर क्रान्तिका योद्धाहरूले गरेको व्रि्रोह होस्, महान् चिनियाँ नयाँ जनवादी क्रान्तिका निर्माताले गरेको व्रि्रोह होस् वा संसारमा चलेका अन्य पुँजीवादी, जनवादी वा सुधारका हरेक आन्दोलनहरू रक्तपातपर्ूण्ा भएको इतिहास छ र त्यही जनताको रगतले मात्र नयाँ इतिहासको निर्माण गर्छ भन्ने कुरा पुष्टि भइसकेको कुरा हो । हामीले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा पारित गरेर जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने दिशामा अगाडि बढिरहेका छौं । एक पटक बाँकी रहेको संविधान सभाको कार्यदिशालाई पनि पूरा गर्ने उद्देश्यका साथ हामीले दलालहरूसँग वार्ता सम्वाद पनि गर्यौ तर उनीहरू तयार भएनन् र वाध्यता बस् अहिले मुलुकमा तेश्रो जनआन्दोलनको सुनामी निर्माण गर्ने अवस्थामा पुगेका छौं । यसलाई सफलतामा पुर्याउनका निम्ति हामीसँग अब अन्तिम विकल्प भनेको जनव्रि्रोह नै हो ।
हामीले मुलुकको राष्ट्रिय संकट समाधानका निम्ति विभिन्न विकल्पहरू प्रस्तुत गर्दै आयौं । पर्टीीनर्माणको प्रक्रियासँगै हामीले राष्ट्रिय संकट समाधानका निम्ति गोलमेचसभा, राष्ट्रिय सहमति र राष्ट्रिय संयुक्त सरकारको निर्माणको राजनीतिक एजेण्डालाई समेत अगाडि सार्दै आयौं । यस विषयमा संसदवादी राजनीतिक दलहरूसीत प्रयाप्त मात्रा वार्ता, छलफल र बहसको प्रक्रियालाई अगाडि बढाइयो । सँगसँगै सडक आन्दोलनलाई समेत निरन्तर दिँदै आयौं । पटक पटकसम्म नेपालबन्द जस्ता सडक सर्घष्ाका उच्चतम रुपहरू पनि उपयोग गर्न बाध्य भयौं ।
हाम्रो नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं । हाम्रो न्यूनतम लक्ष्य नयाँ जनवद हो भने अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद हो । हाम्रो क्रान्तिको पहिलो र ऐतिहासिक कार्यभार नेपालमा नयाा जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर नेपाली समाजलाई अग्रसर गराउनु रहेको छ ।
हाम्रो देश अहिलेसम्म पनि अर्घसामन्ती र नवऔपनिवेशिक अवस्थामै गुज्रीरहेको छ । मुलुकलाई यो अवस्थाबाट मुक्त गराउने एकमात्र साधन नयाँ जनवादी क्रान्ति मात्रै हो । यतिबेला हाम्रो काँधमा यही महान नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभिभारा आएको छ । यही लक्ष्य पूरा गर्ने महान उद्देश्यका साथ डेढ वर्षपहिले मात्र हामीले एमाओवादी भित्रको नवसंशोधनवादी हिस्सासीत राजनीतिक, सैद्धान्तिक तथा सांगठनिक रुपमा समेत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीी – माओवादीको पुनर्गठन गर्न बाध्य भएको हो । यो कार्य महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नेपाली समाजलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादतीर प्रवेश गराउने ठोस रणनैतिक तथा कार्यनीतिक कार्यदिशाका साथ करीव ६४ वर्षो नेपाली कम्युनिष्ट आन्दोलनको समिक्षा र पुनरावलोकन गर्दै, विगतमा गरिएका नेपाली क्रान्तिका सशस्त्र तथा निसशस्त्र आन्दोलनहरूको समिक्षा गर्दै र वर्तमान राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिस्थिति ठोस र वस्तुगत ढंगले विश्लेषण गरेर मात्र नेपाली क्रान्तिलाई निर्ण्ाायक मोडमा पुर्याउने उद्देश्यका साथ हाम पुनगर्ठित भएका थियौ । नवसंशोधनवादी डफ्फाले बाटोमै फ्याँकिदिएको नेपाली क्रान्तिको झण्डालाई बीच बाटोमै उठाएर अगाडि बढ्ने अठोट गरेका हौं ।
नेपाली क्रान्तिको रणनीति र कार्यनीति ठोस गर्ने क्रममा हामी २०६९ पुस २५ माघ १ मा पार्टर्ीीे सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर जनयुद्ध जगमा जनव्रि्रोहको कार्यदिशा पारित गर्यै र नेपली क्रान्तिका कार्यनीतिक कार्यक्रम र योजनाहरूलाई पनि नयाँ ढंगले संश्लेषण गर्यौ । सातौं राष्ट्रिय महाधिवेशनले पार्टर्ीीई राजनीतिक तथा वैचारिक धरातलबाट माथि उठायो । प्रतिक्रियावादी यथास्थितिवादी तथा सबैखाले संशोधनवादीहरूलाई पनि यसले केही सोच्न बाध्य तुल्यायो । एमाओवादीले त्यसपछि माघ महिनामा कथित सातौं राष्ट्रिय महाधिवेशन हेटौंडामा आयोजना गर्यो । एमाओवादीको हेटौडा महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवादलाई परित्याग गर्यो, र नयाँ जनवादी क्रान्ति पूरा भइसकेको निष्कर्षनिकाल्यो र पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम पारित गर्यो । यो उसको लामो समयदेखि पैदा भएको वैचारिक – सैद्धान्तिक प्राकाष्ठा थियो ।
हेटौंडा महाधिवेशनबाट एमाओवादीले जनवादी क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्योजनालाई परित्याग गरि वर्ग समन्वयको बाटो समात्न गयो । यसबट के प्रष्ट भयो भने जसरी २०१९ सालमा सम्पन्न गरिएको नेपाल कम्युनिष्ट पार्टीे तेश्रो महाधिवेशनले पार्टीीथापनाकालसँगै अगाडि सारिएको नेपाली क्रान्तिको कार्यक्रम नौलो जनवादी क्रान्तिको कार्यक्रमलाई परित्याग गरि राष्ट्रिय प्रजातन्त्र नाम दिइएको पुँजीवादी संसदवादी कार्यदिशा पारित गर्न पुगेको थियो । यो विचार त्यतिबेला खु्रश्चोभी आधुनिक संशोधनवदीबाट निर्देशित हुन पुगेको थियो । हो, त्यही खुश्चोभी आधुनिक संशोधनवदीको नयाँ कडी र संश्लेषणका साथ एमाओवादी महाधिवेशनबाटै ती विचारहरू पारित गर्न पुग्यो । हाम्रो सातौं राष्ट्रिय महाधिवेशनले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा पारित गर्ने वित्तिकै उसलाई त्यस ठाउँमा पुर्याउन दियो । यो क्रान्तिको नियम पनि हो । क्रान्तिकारी राजनीति- वैचारिक र सैद्धान्तिक रुपले एक ठाउँमा संकेन्द्रित हुने वित्तिकै संशोधनवादी फोहोर मैलो पनि अर्को ठाउँमा थुप्रिन पुग्नु विज्ञानकै नियम पनि हो ।
हाम्रो सातौं राष्ट्रिय महाधिवेशनको निर्ण्रे देशी विदेशी प्रतिक्रियावादीहरू, यथास्थितिवादीहरू र सबै खाले संशोधनवादीहरूका वीचमा एक प्रकारको तरंग पैदा गरियो । उनीहरूलाई उटै कित्तामा केन्द्रिकृत हुन बाध्ये तुल्याइदियो र २०६९ फाल्गुन ३० गतेको मध्ये रातमा एमाओवादी, नेपाली काँग्रेस, एमाले र मधेशी मोर्चाका बीचमा राष्ट्रघाती ११ बुदे सम्झौता सम्पन्न भयो र चारदलीय सिण्डिकेटको निर्माण हुन पुग्यो । यसलाई उनीहरूले उच्च राजनीतिक संयन्त्रको नाम गर्न पुगे । त्यस सिण्डिकेटले २०६९ चैत्र १ गते अन्तरिम संविधान २०६३ माथि २५ बुँदे बाधा अडठ्काउ फुकाउ आदेश राष्ट्रपतिबाट जारी गर्न लगाए सर्वोच्च अदालतको प्रधान न्यायाधिश खिलराज रेग्मीलाई चुनावी सरकारको अध्यक्षमा नियुक्ति गर्ने निर्ण्रागरेर पश्गामी तथा प्रतिगमनकारी कदम चाल्न पुग । र कथित दोश्रो संविधनसभा निर्वाचनको घोषणा गर्न पुगे । चैत्र १ गतेको दिनलाई कालो दिनको रुपमा परिभाषित गर्यौं र देशव्यापी रुपमा आन्दोलनको घोषणा पनि गर्यौं । सडक संर्घष्ालाई निरन्तरता दिइनै राख्यौं ।
२०७० असार १५ – १९ सम्म पोखरामा ऐतिहासिक बैठक सम्पन्न गर्यौं । पोखरा बैठकले पहिलो नम्बरमा चार दलीय सिण्डिकेटले घोषणा गरेको तथाकथित दोश्रो संविधान सभाको मंसीर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई सशक्त रुपले बहिष्कार गरेर जनव्रि्रोहका लागि आवश्यक तयारी गर्ने निर्ण्र्ाागर्यौ । दोश्रो नम्बरमा हामीले वार्ताको ढोका खुला राख्ने निर्ण्र्ाागर्यौं । र त्यदेखि यता चार दलीय सिण्डिकेट र उसको कठपुतली सरकारसीत पटक पटक वार्ता छलफल र बहस चलाउने कदम चालियो । गोलमेच सभाको एजेण्डालाई अगाडि सारेर छलफल गर्ने दौरनमा उनीहरू गोलमेचसभा आयोजना गर्ने सहमत पनि भए । तर पार्टी ३३ दलीय मोर्चाको तर्फाट पाँच र्सतहरू राख्ने वित्तिकै उनीहरू आतंकित भएर वार्ता भाँडेर भागे । यो पनि क्रान्तिकै नियम अन्तरगत भित्र पर्दछ । उनीहरू हामीले राखेका देश र जनताका सरोकार राख्ने विषयहरू, नयाँ संविधानका बारेमा छलपल गर्ने र सहमत हुने तहसम्म विकसित भइसकेका थिएनन् र भागे वार्ताबाट ।
अब वार्ता र छलफलको ढोका बन्द भएको छ । चार दलीय सिण्डिकेट र कठपुतली सरकारले सेना परिचालित गरेर भए पनि घोषित मिति म)सीर ४ गते नै जसरी तसरी पनि निवाचन सम्पन्न गरि छाड्ने निर्ण्र पुगेको छ । अब क्रान्तिकारीहरू र प्रतिक्रियावादी एवं प्रतिक्रान्तिकारीहरूका बीच आम्नेसाम्नेको लर्डाई हुने निश्चित भइसकेको छ । अब मुलुक पुनः मुडभेडको बाटो हुँदै पुनः द्वन्द्वमा परिणत हुने निश्चित भइसकेको छ । पुरानो राज्यसत्ता फाँसीवादी शैलीमा तानाशाही बनेर जनदमनमा उत्रने निश्चित गरिसकेको छ । यसले राजनीतिक संकट उत्पन्न भएको पुनर्पुष्टि गरिदिएको छ । यस राष्ट्रिय संकटको समाधान जनव्रि्रोहले मात्र गर्न सक्ने छ । अब हामीसीत पार्टी निर्ण् गरिसकेाके जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा कार्यान्वयन गर्नुको विकल्प छैन । हामीले ढिलो नगरिकन पार्टी पहिले नै निर्ण्र्ाागरिसकेको नेपाली क्रान्तिको चार तयारी गर्ने बारेमा लागि हाल्नुपर्ने छ । त्यो भनेको प्राविधिक तयारी हो । नेपाली भूमि क्रान्तिका लागि मैदान खाली छ । नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ यसलाई जिम्मेवारी पूवक सम्पन्न गर्नु हाम्रो कर्तव्य हो । जनव्रि्रोहका सर्न्दर्भमा पार्टीीत्र र बाहिर आवश्यक चर्चा र व्याख्या हुँदै आएको छ । मुख्य कार्य यसको कार्यान्वयन गर्नु हो । त्यसो भएर अब हामीसीत जनव्रि्रोहको विकल्प छैन । हाम्रो अन्तिम विकल्प भनेकै जनव्रि्रोह नै हो । जुन जनव्रि्रोहले जसरी रुसका जार शासकहरू, चीनका च्याङकाइसेक प्रतिक्रियावादीहरू लगायतका विश्वका फाँसीवादी तानाशाहहरूलाई ठेगान लगाएर उनीहरूको खुनी सत्तालाई खरानीको धुलो झैं मिलाइदिएझैं नेपालमा पनि दलालहरूको खुनी अखडालाई खरानीमा मिलाइदिन नेपाली जनता विवह हुनेछन् । यो जनताको वाध्यता हुनेछ । यो वाध्यताको निम्तो देशि विदेशी प्रतिक्रियावादीहरूले दिइसकेका छन् । अब देशभक्त, जनवादी, प्रगतिशील तथा राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरू एक ढिक्का भएर राष्ट्रिय स्वाधिनता र राष्ट्रिय प्रतिरोध युद्ध लड्नुको विकल्प छैन ।
-लेखक नेकपा -माओवादीका केन्द्रीय सल्लाहकार हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु