अबैध बाटो हुँदै युरोप र अमेरिका – छत्रबहादुर मैनाली

२०७० आश्विन १२ गते, शनिबार

खाडी मुलुकबाहेक युरोप, अमेरिकी देशहरूमा समेत बैध, अबैध दुवै तरिका अपनाएर नेपालीहरू पुग्ने क्रम जारी छ । कतिपय नेपालीहरू अबैध बाटो हुँदै युरोप र अमेरिका जाने क्रममा बीच बाटोमै बिचल्ली हुनु परेको, कतिपय विभिन्न मुलुकमा पक्राउ परी थुनिनु परेको, कतिले बीच बाटामै प्राण त्यागेर परमधाम हुनु परेको कारुणिक घटना सुन्नु पर्दा जोकोहीको छाती जलेर आउँदछ । लामो संर्घष्ापश्चात् गन्तब्य मुलुकमा पुगी हाले पनि अबैध प्रवेशको कारण सधैँभरि मनमा एक प्रकारको त्रास लिएर दिन काट्नुपर्ने हुन्छ भने अर्कोतिर ठूलो धनराशी खर्च र आएको हुँदा लगानी उठ्ने हो होइन भन्नेमा शंका रहिरहन्छ । तैपनि बाध्यतालाई आत्मसात गरेर जीवन गुजारा गर्नुको विकल्प हुँदैन । गत १२ अगष्ट २०१३ मा यस्तै विदेश जाने सपना बुनेर करिब ३ महिनाअघि नेपालबाट यात्रा सुरु गरेका चारजना नेपालीसहित पाँचजना बंगलादेशी नागरिकलाई दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको र्टर्ुभल भन्ने स्थानमा पक्राउ गर्यो । बिनाकागजपत्र प्रवेश गरेको अभियोगमा पक्राउ गरेर राजधानी बोगोटा डिसीस्थित अध्यागमन कार्यालयलाई बुझाएको छ । नेपाली नागरिक चारजनामध्ये दर्ुइजना महिला र दर्ुइजना पुरुष रहेकाछन् दर्ुइजना भिन्नभिन्न बाटो हुँदै उक्त स्थानमा भेट भएको भेटका क्रममा बताए । नेपालमा दाङ, गुल्मी, ताप्लेजुंग घर भएको बताए तर कसरी यहाँसम्म आइपुगेको, कसले ल्याएको, कति रकम खर्च भएको भन्नेबारे खुलाउन चाहेनन् । घटनापश्चात कोलोम्बियन अध्यागमनले ब्राजिलस्थित नेपाली कुटनीतिक नियोगलाई पक्राउ परेकाहरूको बारे सूचना गरेको रहेछ साथै पक्राउ परेकाहरूको ट्राभल डकुमेन्ट उपलब्ध गराएर सम्बन्धित मुलुकमा डिपोर्टसनको लागि आग्रह गरेकोमा पक्राउ परेका चारजना नेपालीको पासपोर्ट नम्बर, नागरिकता नम्बर, नेपालमा सम्बन्धितहरूको टेलिफोन नम्बर आदि परिचय खुल्ने कुनै पनि कागजपत्रबारे थाहा नभएको प्रारम्भिक बयानको क्रममा दिएका रहेछन् । यस्तो अवस्थामा ट्राभल डकुमेन्ट जारी गर्ने आधार नदेखिएकोले २२ अगष्ट २०१३ का दिन सामाजिक सञ्जालमा कुरा हुँदै गर्दा ब्राजिलस्थित नेपाली राजदूताबासका र्फसट सेक्रेटरी शरदराज आरनले कोलोम्बियामा पक्राउ परेका चार नेपालीहरू बारे बुझन र सकेको सहयोग गरिदिन आग्रह गर्नुभयो । मैले पनि आफूले सकेको सहयोग गर्ने बचन दिएँ । तत्कालै पक्राउमा परेकाहरूको विवरण इमेलमार्फ् उपलब्ध गराउनुभयो । त्यसपछि मैले यहाँको सम्बन्धित निकायमा टेलिफोन सर्म्पर्क गरेर बुझने प्रयास गरेँ । पहिलो दिनको टेलिफोनमा अध्यागमनको सम्बन्धित अधिकारीले यो मामला दर्ुइ देशबीचको भएको हुँदा तेस्रो पक्षलाई जानकारी दिन नियमत नमिल्ने हुन्छ । तर, सहयोगको भावना राखेर सर्म्पर्क गर्ने भएकोमा धन्यवाद यदि सम्बन्धित निकायबाट लिखित आग्रह आएमा अनुकूल हुने थियो भन्ने आशय व्यक्त गरे । पछि मैले यो जानकारी ब्राजिलस्थित नेपाली राजदूताबासका र्फसट सेक्रेटरीलाई गराएँ, उहाँले तुरुन्तै रेस्पोन्स गरेर यहाँको अध्यागमनलाई म र मेरो श्रीमतीको पूरा विवरण दिएर अध्यागमनको निगरानीमा रहेका नेपालीसँग भेट्न र तिनीहरूबारे थप जानकारी हासिल गर्ने सहयोगी हुन सक्ने भनेर इमेल गरिदिनु भयो । त्यस पछाडि हामीले पुनः यहाँको अध्यागमनलाई टेलिफोन सर्म्पर्क गर्यौँ । अध्यागमनले २६ अगष्ट २०१३ दिनको ३ बजे भेट गर्ने समय निर्धारण गरेपश्चात २६ अगष्ट ३ बजे हामीलाई लिन अध्यागमनको दर्ुइजना टोली विशेष गाडी लिएर निवासमा आए हामी पनि तयारी अवस्थामा रहेको हुँदा पाँच मिनेटको छोटो कुराकानीपश्चात चारजना गन्तब्यतर्फलाग्यौँ । करिब एक घण्टाको यात्रामा अध्यागमनको सुरक्षित घरमा रहेका चारजना नेपाली र पाँचजना बंगलादेशी नागरिक रहेको स्थानमा पुग्यौँ । पहिलो भेटघाट चारजना नेपालीसँग गर्यौँ । मैले नेपाली भाषामा उनीहरूसँग सोधपुछ सुरु गरेँ । अध्यागमनले उनीहरूसंग भएका कुराकानीको जानकारी हामीलाई पनि दिनु भनेकोले उनीहरूले भनेका विवरण मैले नोट गर्दै गएँ उहाँहरूले पासपोर्ट नम्बर, नागरिकता, नेपालमा रहेका आफन्त कोही, को पनि सर्म्पर्क नम्बर थाहा नभएको, आफू खुसी यता आएको त्यस्तै परिवन्द परेर पक्राउ परियो, हामीसँग भएको डकुमेन्ट सबै हराए भन्नुभयो । चारजनामध्ये दर्ुइजना महिलाहरू निराशा देखिन्थे अब के हुने हो – भनेर मैले उहाँहरूलाई सान्त्वना दिँदै परिस्थितिलाई सहज बनाउँदै जानु पर्दछ । अब आत्तिएर, रोएर केही फाइदा छैन । यहाँबाट फिर्ती हुनलाई पनि प्रक्रिया अत्यन्तै जटिल र समय लाग्न सक्ने अध्यागमनबाट पाएको जानकारी गराएँ । दर्ुइ महिलामध्ये एकजना उमेरले सानै देखिन्थिन् । तिनले आफ्नो रोदन सुनाइन र्फकेर कसरी जानु, सुरक्षाको सवाल हुन सक्छ बरु यही बस्न मिले हुन्थ्यो भन्ने किसिमको आशय प्रकट गरिन् । मैले पनि केही भन्न सक्ने अवस्था थिएन किनकि म एक नेपाली नागरिक भएको नाताले अर्को नेपालीलाई केही सहयोग गर्न सकिन्छ कि भनेर गएको थिए । मैले नै निर्ण्र्ाालिन सक्ने हैसियत थिएन । तैपनि सम्बन्धित निकायमा पहल गर्न भने आफू पर्ूण्ारूपमा लागि पर्ने भनेर विश्वस्त तुल्याएँ । उहाँहरू पनि ढुक्क देखिनु हुन्थ्यो । यता बंगलादेशी नागरिकको बारेमा श्रीमती मारिया एस्मा डियाज मैनालीले सोधपुछ गरेकी थिइन् । बंगलादेशीहरू अंग्रेजीमा अलिअलि बोल्ने र बुझने भएकाले उनीहरूसँगको संबाद सरल बनेको थियो । म बंगला भाषा बुझने तर दोहोरो संबाद गर्न भने अर्समर्थ भएको हुँदा तिनीहरूले बंगला भाषामा भनेको बुझन सकिन्थ्यो । कुरै कुराको दौरानमा म एक्लो नेपाली कोलोम्बियामा बसोबास गर्दै आएको, यहाँ अरु नेपाली नभएको आफूलाई पनि यहाँ केही नेपाली नभएकोले केही नेपालीहरू ल्याएर स्थापित गराउने धोको रहेको जानकारी गराएँ । त्यसको लागि वस्तुस्थिति अध्ययन क्रममै रहेको, म यहाँ आएको करिब ३० महिनाको दौरानमा सिधै नेपालबाट कोलोम्बिया भिजिटमा आउनु भएका नेकपा एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, नेकपा एमाले केन्द्रिय सदस्य अग्नि खरेल र लन्डनबाट २०१२ मा कोलोम्बिया भिजिटमा आउनु भएका सचिन थापासँगको भेटबाहेक अन्य नेपालीसँग भेट नभएको जानकारी गराएँ । उक्त दिन करिब दर्ुइ घण्टाको औपचारिक छलफलपश्चात उहाँहरूसँग बिदा भएर हामी सिधै आन्दीन क्षेत्रीय अध्यागमन प्रमुख डाक्टर होसे मानुअल सेन्स भालेन्सियालाई भेट्न उहाँकै कार्यालयमा गयौँ । उहाँ हाम्रै प्रतिक्षामा बसिरहनु भएको थियो । करिब ७ बजे हामी उहाँको कार्यकक्षमा पुग्यौँ । उहाँले सौहार्दपर्ूण्ा स्वागत गर्दै औपचारिकता सुरु गर्नुभयो । सिधै बिषयमा केन्द्रित रहेर छलफल सुरु भयो । मैले उनीहरूसँग भएका सबै कुराकानी विस्तृतमा राखेँ । उपयुक्त सम्भावित वैकल्पिक व्यवस्था के गर्न सकिन्छ – भनेर, यिनीहरूलाई यही बसोबासको निम्ति के गर्न सकिएला भनेर प्रस्ताव गरेँ । उहाँले एक मात्र उपाय भनेको तपाईंहरूको आग्रहलाई विशेष सम्मान गर्दै शरणार्थीको लागि प्रक्रियामा जान मानवीयताको नाताले सहयोग गर्ने बचन दिनुभयो । मैले आफू एक मात्र नेपाली कोलोम्बियामा बसोबास गरेको जानकारी गराउँदै बिदावारी भएर निवास फर्कियौँ दोस्रो दिन मंगलबार परेको थियो खासै केही गरिएन । अगष्ट २८ बुधबारका दिन अध्यागमन कार्यालयबाट दिउँसो ३ बजे पुनः भेटघाट गर्नुपर्ने सूचना आयो । हामी तयारी अवस्थामा थियौँ । अध्यागमनका दर्ुइजना प्रतिनिधिसहित हामी चारजना पुनः अध्यागमन सुरक्षित घरतर्फलाग्यौँ जहाँ पक्राउमा परेकाहरूलाई राखिएको थियो । करिब ४ बजे हामी त्यहाँ पुग्यौँ र चारजना नेपालीसहित पाँचजना बंगलादेशी नागरिकलाई राखेर शरणार्थी प्रक्रियामा जानलाई जानकारी गरायौँ । सबैले सहमति जनाउँदै आ-आफ्नो विवरण भरेर हामीबीचको रोहबरमा अध्यागमनका प्रतिनिधिलाई बुझाए । त्यसको भोलिपल्ट अगष्ट २९ तारिख अध्यागमन प्रतिनिधिले चार नेपालीसहित पाँच बंगलादेशी नागरिकलाई हाललाई राजधानीभित्र -सेफ कंडक) हिँडडुल गर्न अस्थायी पास उपलब्ध गराएको छ । उक्त घटना घटेको करिब एक महिना पछि १४ सेप्टेम्बर २०१३ मा कोलोम्बियाको ग्रामीण क्षेत्र उराबा आन्टीओकिया क्षेत्रबाट अन्य गन्तब्यतर्फलाने क्रममा दर्ुइ नेपाली, ८ घाना -अप्रिmका) ३१ बंगलादेशी नागरिकलाई पक्रेर अध्यागमन विभागलाई बुझाएको छ । पक्राउ परेको भोलिपल्ट अध्यागमन विभाग बोगोटामा ल्याएर आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने पर्ूवअध्यागमन कार्यालयले हामीलाई तिनीहरूको वास्तविक विवरण बुझन र वास्तबिकता पत्ता लाउन सहयोगको निम्ति आग्रह गरेबमोजिम १५ सेप्टेम्बर आइतबारका दिन राजधानी बोगोटास्थित एल दोरादो अन्तर्रर्ााट्रय विमानस्थलको अध्यागमन कार्यालय पुग्यौँ । त्यहाँ पुग्दा अध्यागमन विभागका डाइरेक्टर सेरहियो बुएनो आग्रिरे, आन्दीन बिभाग क्षेत्रीय अध्यागमन डाइरेक्टर डाक्टर होसे मानुएल सैन्स भालेन्सियालगायत अन्य सम्बन्धित अध्यागमन कर्मचारी, सुरक्षा निकायका सुरक्षाकर्मीसँग औपचारिक परिचय आदानप्रदान भयो । परिचयको क्रममा अध्यागमन डाइरेक्टर सेरहियो आगिरेले पक्राउ परेकाहरू अपराधी नभई मानव तस्करको शिकार भएको प्रतिक्रिया दिँदै तिनीहरूको मानवअधिकारको रक्षाको निम्ति आफूले सक्दो सहयोग गर्ने बताउनु हुँदै उपयुक्त समयमा हामी पुनः भेटघाट गर्ने बताउनुभयो । त्यस पछाडि औपचारिक अनुमति दिनुहुँदै अध्यागमनको थुनुवा कक्षमा रहेकाहरूसँग भेट्न पुग्यौँ । औपचारिकतापछि क्रमशः तिनीहरूको व्यक्तिगत विवरणलगायत घटनाको बारे सोधपुछ सुरु गर्यौँ । अप्रिmकी मुलुक घानाका नागरिकले त्यहाँ द्वन्द्व भएर मुलुक छाडेर आएको ब्राजिलमा शरणार्थी भएर बसेको तर हाम्रो गन्तब्य उत्तर अमेरिका भएकोले त्यहाँबाट भागेर भेनेजुएला हुँदै कोलोम्बिया प्रवेश गरेको भनेर भने बंगलादेशी प्रायः सबैको बयान एउटै थियो, ढाकाबाट तीन महिना पहिले दर्ुबई हुँदै यता आएको, कागजपत्र सबै हराएको मुलुकमा आवामी लिग पार्टी चरम अत्याचार, आतंकले बस्न सक्ने वातावरण नभएको बंगलादेशी सबैले उनीहरू बंगलादेश नेसनल पार्टी र्समर्थक रहेको बताए । कतिले यता आउनको लागि घरखेत दिएको भन्दै डाँको छाडेर रोए पनि, कतिले अब के हुने हो भन्दै निराश बने । यसै क्रममा नेपालको पश्चिम बागलुङ जिल्ला घर भएका दर्ुइजनाले नेपाल छाडेर आएको तीन महिनाभन्दा बढी भएको बताए । कसले ल्याएको, कति रकम खर्च भयो आदि डिटेल दिन अस्वीकार गर्नुभयो । करिब ९ घण्टासम्मको निरन्तर प्रयासपछि औपचारिक काम सकेर सबैको शरणार्थीको निम्ति सम्बन्धित निकायलाई आवेदन गर्न सिफारिससहित सम्बन्धित निकायलाई डकुमेन्ट बुझाई निवास फर्कियौँ । उक्त डकुमेन्ट बुझाएको तीन दिन पछि घानाका नागरिकलाई उनीहरूले ब्राजिलमा शरणार्थी परिचयपत्र लिएको हुनाले ब्राजिलस्थित युएनएचसीआरलाई बुझाउने निर्ण्र्ााभएको खबर पायौँ भने बाँकिरहेका नेपाली र बंगलादेशी नागरिकलाई युएनएचसीआरले जिम्मा लिएको अध्यागमन कोलोम्बियाबाट जानकारी मिलेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु