इतिहासको बकपत्र – भारत दाहाल

२०७० आश्विन ७ गते, सोमबार

असोज ५ गतेको मेरो फेसबुक स्टाटस ‘सचेतताका लागि जानकारि’का बारेमा आएका केहि भ्रमपूर्ण प्रतिकृयाहरुलाई सच्चिन सहयोग पुग्ने हेतुले थप केहि तथ्यहरु प्रकाश पार्न आवश्यक देखिएको छ । मेरा विचारहरु कुनै उत्तेजना वा मनोगत तर्कका रुपमा नभएर इतिहासको सिलसिलालाई वर्तमानको संकटसंग जोडेर हेर्ने प्रयासका रुपमा आएका हुन् । यी विचार सेनाको सिंगो पंक्तिप्रति लक्षित नभएर दल र सरकारप्रति लक्षित छन् । भारतले दलहरु र सरकार मार्फत् गरिरहेको यस्तो प्रयासका बारेमा कसैले भ्रम नपाल्दा नै देशको हित हुनेछ ।
हाम्रो देशप्रति कुदृष्टि राख्दै आएका भित्र र बाहिरका दुष्टहरुका कृयाकलापहरुलाई ढाकछोप गरेर हामीले ठूलो गल्ती गरिसकेका छौं, आम नागरिकहरुलाई तथ्यबाट बन्चित गरेर अन्यौलमा राख्दै आएका छौं र अमरसिं थापाको पालाको स्वाधिन नेपालका कथाहरुमा रमाएर देशद्रोहिहरुलाई खेल्ने ठाउँ बनाई दिएका छौं ।
एकथरि मानिसहरु छन्, जो आफ्नो देशको इतिहास र भूराजनीतिक जटिलताका बारेमा कुनै जानकारी नराखि नेपाल पहिलेझैं स्वतन्त्र रहेको फजुल कुरा गर्दछन् । अर्कोथरि छन् दलाल र गुप्तचरहरु, जस्ले भारतिय षडयन्त्रको पाटोलाई हमेसा लुकाउने प्रयास गर्दै आएका छन् । तथ्यहरुलाई लुकाएर वा काम्लामा पोखिएको स्वतन्त्रताको सातु खाएर जनतालाई मातृभूमिप्रतिको कर्तव्यबाट बन्चित गर्दा देश अधोगतितिर जाने रहेछ भन्ने कुराको उदाहरणका रुपमा हामीले आजको नेपाल हेरिरहेका छौं । तसर्थ, बहसमा उठेका प्रश्नहरुको गहिराईसम्म पुग्नका लागि अझ सजिलो होस् भन्ने मनशायले मैले यहाँ इतिहासका केहि तथ्यहरु राखेको छुँ, जसले अहिलेको भारतिय षडयन्त्र र पहिले देखिको बद्नियतलाई बुझ्न सहयोग गर्नेछन् ।
१.गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण, भाग १’ बाट–
ःभारतको छिमेकी नीति–
‘‘भारतको उत्तरि सिमानामा काश्मीर, नेपाल, भुटान, सिक्कीम तथा तिब्बतको साँध पर्दछ । तिब्बतको सिमाना काश्मीर–उत्तर लद्दाख, त्यसपछि नेपालको उत्तर साँध र त्यहाँ उप्रान्त भुटान र सिक्कीमपछि इरावति नदिसम्म पुग्न गएको छ । लद्दाख र नेपाल बीचको सिमाना रीतिथिति तथा चलनको आधारमा निर्धारित भएको छ । त्यसभन्दा यताको सिमाना सन् १९१४ को शिमला सम्मेलनले निश्चित गरेको छ, यस सिमानालाई ‘म्याकमोहन लाइन’ भन्दछन् । यो सिमाना नक्सामा छैन, ठेगान नभए पनि तिब्बतसंगको हाम्रो सिमाना यहि हो । (भारतिय प्रम जवाहरलाल नेहरु, २००७ मंसिर ६) पृ.८४
‘‘जहाँसम्म सुरक्षाको प्रश्न छ, भारत हिमालयसम्म आफ्नो सुरक्षा सिमा सम्झन्छ ।’’ पृ. १७०
ःसैन्य हस्तक्षेपको इतिहास–
–२००८ साल असारमा भारतिय सेना केआइसिंको विद्रोहलाई दबाउन भनेर भैरहवामा प्रवेश गर्यो । (पृ.१००) जेलबाट भागेका कैदी समात्ने बहानामा भारतले यो आक्रमण स्वेच्छापूर्वक गरेको थियो ।
–२००८ साल माघ ९ गतेपछि बसेको पहिलो क्याबिनेटमा त्यस बखतका मन्त्रि भद्रकालि मिश्रले ‘‘नेपालको राष्ट्रिय सेनाप्रति विश्वास गर्न नसकिने हुनाले नेपालको राजधानिमा र पहाड–तराइका विभिन्न स्थानहरुमा समेत् भारतिय सेना राख्नुपर्दछ । तिनीहरुलाई यातायातको सुगमताका निमित्त जहाँ–जहाँ भारतिय मिलिटरिहरु राखिन्छन् त्यहाँ–त्यहाँ एरोड्रोम समेत बनाउने’’ एजेन्डा (पृ. १७७) प्रस्तुत गरे । यो भारतियहरुको सल्लाहमा प्रस्तुत गरिएको थियो ।
–२००८ सालको माघमा प्रम मातृकाप्रसाद कोइरालाको अनुरोधमा ‘भारतिय सैनिक मिशन’ आयो र फागुनमा ‘सैनिक शिष्ट मण्डल’ आयो । (पृ. १६७) विमानस्थलको सरसफाईको बहाना बनाएर आएको त्यो सैनिक मिशनको संख्यालाई भित्रभित्र बढाउँदै भारतले तिब्बतसंग जोडिएका १८ वटा नाकाहरुमा जबर्जस्ति २० वटा सैनिक पोष्टहरु स्थापित गर्यो, जसलाई २०२६ सालमा मात्र महेन्द्रले बन्द गर्न सफल भएका थिए ।
–२०१० साल आषाढ महिनामा भीमदत्त पन्तको विद्रोहलाई दबाउने बहानामा भारतिय फौज नेपाल प्रवेश गर्यो । (पृ.२३४) कन्चनपुर जिल्लाको नाका हुँदै १५०० को संख्यामा पसेका भारतिय सेनाहरुले साउन २० गते किसान अधिकारका लागि आन्दोलन गरिरहेका भीमदत्त पन्तको डडेलधुरामा हत्या गरे ।
२.सैनिक हस्तक्षेपका अन्य उदाहरणहरु ः
–सन् १९६२ मा भारतले दार्चुला जिल्लाको कालापानीमा जबर्जस्ति आफ्नो सैन्य अड्डा स्थापित गर्यो, जो आजसम्म हटाएको छैन ।
–अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै नेपालको सैन्य घेराबन्दी गर्ने उद्देश्यले २०५८ सालदेखि भारतले सिमानाको ४ किलोमिटरभित्र आफ्ना सेनाहरु तैनाथ गर्न सुरु गर्यो र २०६१ सालमा माओवादीबाट उत्पन्न असुरक्षाको सामना गर्ने बहानामा शेरबहादुर देउवाको सरकारको पालामा ‘संयुक्त सुरक्षा कार्वाहि’मा सहमति गर्न लगायो । माओवादी र सरकारी पक्ष दुबैलाई पैसा, हतियार र तालिमको सहयोग गर्दै र लडाउँदै आएको त्यसले ‘संयुक्त सुरक्षा कार्वाहि’को बहानामा मेचीदेखि महाकालिसम्म ४÷४ किलोमिटरको दुरिमा ३ लाख जति सेनाहरु स्थायी रुपमा तैनाथ गर्यो ।
–२०५० सालको असारमा कथित अपराधि खोज्ने बहानामा विना अनुमति भारतिय सेनाहरु काठमाडौंको बानेश्वरमा आई एकजना पूर्व सिडिओको घरमा छापा मारे र निजको कन्चटमा पेस्तोल तेर्स्याए ।
–२०६४ सालमा मधेशी आन्दोलनसंग वार्ता गर्ने बहानामा काठमाडौंस्थित भारतिय दूताबासमा सरकारी प्रतिनिधि र मधेशी वार्ताकारहरुलाई बोलाइयो र भारतिय राजदूतकै प्रस्तावमा नेपाली सेनामा १० हजार मधेशिहरुको छुट्टै सैन्य बटालियन स्थापना गर्ने विषयमा सहमति गराईयो । कांग्रेसले गरेको यो सहमतिलाई बाहिरबाट पुष्पकमल दाहाल र माधव नेपालले समर्थन गरेका थिए ।
–यसै बर्षको भदौ ३१ ग्तेका दिन बर्दिया जिल्लाको गुलरियामा विना अनुमति भारतिय सेना प्रवेश गरि खान तलासि गर्ने काम गर्यो ।
यस्ता घटनाहरु इतिहासमा अरु पनि भएका छन् । भारतले कहिे सैनिक मिशन, कहिले केआईसिं विद्रोहको दमन, कहिले, कहिले पेन्सन क्याम्पहरुको विस्तार, कहिले तिब्बतसंगका नाकाहरुमा चेकपोष्ट, कहिले कालापानी कब्जा, कहिले संयुक्त सुरक्षा कार्वाही, कहिले मधेशि सैन्य बटालियनको स्थापना त कहिले अपराधिहरुको खोजतलासका बहानामा नेपालको फौजि घेराबन्दीलाई कस्दै लगेको छ । जसबारे आम नेपालीहरुलाई जानकारि नहुँदा र त्यसको यथा समयमैं प्रतिकार हुन नसक्दा आज भारतियहरुले नेपाललाई आफ्नो प्रान्त भन्दा पनि तल्लो स्तरको व्यवहार गर्न सुरु गरेका छन् । प्रत्येक घटनाहरुमा नेपालीहरुको नाडि छाम्दै आएको त्यो दुष्ट शक्तिमाथि विश्वास गर्नु वा त्यसको षडयन्त्रलाई हौवा मात्र ठान्नु हाम्रा लागि अब आत्मघाति परिणामका रुपमा देखापर्नेछ ।
यति मात्रै होइन, नेपालमा सशस्त्र संघर्षको योजना बनाएर आफ्नो नियन्त्रण जमाउनका लागि इन्दिरा गान्धिले राजा वीरेन्द्रलाई सिआईएको एजेन्ट भएको बताएर विपी कोइरालाई सशस्त्र संघर्षका लागि प्रयोग गर्न धेरै प्रयास गरिन । यसमा सफल नभएपछि दिल्लीले २०३६ सालमा रामराजा प्रसाद सिंलाई कांग्रेसबाट फूटाएर २०३७ र २०३८ सालको बीचमा पटक पटक गरि उनका ५०० जति मानिसहरुलाई ‘रअ’का प्रतिनिधिको रोहबरमा अहिलेको झारखण्डमा सैन्य तालिम दियो तर भारतको सहयोगमा तालिम लिएर नेपालमा युद्ध चलाउनु गलत हुने भन्दै अनारसिं कार्कीको नेतृत्वमा ठूलो संख्याले रामराजालाई परित्याग गरे पछि त्यो षडयन्त्र पनि तुहियो । त्यसपछि मात्र त्यसले तेश्रो प्रयासमा माओवादीहरुलाई अघि बढाएको हो । रामराजा प्रसाद सिंले भारत सरकारसंग समन्वय गरेर २०६० सालमा ३ महिनाको बीचमा माओवादीका ८०० जति कार्यकर्ताहरुलाई पटनाको बाहिरि इलाकामा ‘शहरि गुरिल्ला युद्ध’ (ग्चदबल नगभचष्ििब ध्बच )को तालिम दिलाएको जस्ता तथ्यहरु संबन्धित पक्षका मानिसहरुबाटै बुझे पनि हुन्छ । माओवादी युद्धकालको उत्तरार्धमा शाही सेनाको ड्रेसलाई आफ्नो सेनाको ड्रेससंग दुरुस्त मिल्ने गर्न लगाएर भारतको फौज ठूलो संख्यामा रुपन्देहि जिल्लाको सालझुण्डिमा आउनै लागि सकेको थियो तर चीनको प्रतिवादपछि मात्र त्यसबेला नेपाल जोगिएको हो । कुनै पनि निहुँ बनाएर यहाँका कुत्ता शासकहरुको सहमतिमा त्यो नेपाल पस्ने तयारिमा बसेको छ । फरक के मात्र हो भने यसका लागि त्यसले सत्तालाई एउटा बहानामा सहमति गराउन खोजिरहेको छ, जस्तो कि मंसिर ४ को चुनावको सुरक्षा ।
यी सबै शत्रुतापूर्ण घटनाहरुको अर्थ के हुन्छ ? दुष्टहरुले प्रचार गरेर अरुमाथि कहिल्यै हमला गरेका छन् ? इराक, लिबिया, सिरिया र अफगानिस्तानहरु विदेशि हमला हुनुभन्दा पहिले पूर्ण स्वाधिन थिएनन् ? तसर्थ, अब सरकार र दलाल दलहरुको विश्वासमा नपरि यस्ता कृयाकलापहरुको जनस्तरबाटै सिधा प्रतिकार हुन जरुरी छ । नेपालको सुरक्षा अब जनस्तरबाट संगठित गरिने प्रतिकारले मात्र गर्न सक्छ । इतिहासको यो बकपत्रलाई हौवा ठान्ने वा सस्तो प्रचारबाजि देख्नेहरु आफैमा या त दृष्टि दोषका शिकार भएका छन् या भने ती भारतिय गुप्तचरहरु हुन सक्दछन् ।
नेपालमाथि सैन्य नियन्त्रण कायम गर्ने भारतको योजनालाई अमेरिकी नागरिक ‘लियो रोज’ले मात्र होइन, ब्रिटीस नागरिक ‘जेपी क्रस’ले पनि सविस्तार चर्चा गरेका छन्, जसका बारेमा मैले अर्को कुनै समयमा फेसबुक मार्फत् नै उल्लेख गर्नेछुँ । बाबुराम भट्टराइ प्रधानमन्त्रि हुँदा नेपाल अन्यत्र कतै ‘मर्ज’ (विलय) हुनसक्ने कुरा अकारण उठाएका थिएनन् र बनिसकेको संविधानसभा भारतले त्यसै विघटन गराएको पनि छैन । लोकसभा जस्तो विधायीकि ठाउँमा भारतिय सांसदहरुले आफ्नो सिमाना नेपालको पूर्वपश्चिम राजमार्ग रहेको भनि गर्दै आएको भाषणबारे पनि मैले कुनै समयमा सप्रमाण व्यहोरा राखि दिनेछुँ ।

प्रतिक्रियाहरु