र्सवदलीय बैठकलाई र्सार्थक बनाउ – राजेन्द्र चिमौरिया

२०७० भाद्र ३० गते, आईतवार

राष्ट्रपति डा. रामवरण यादवले गत शुक्रबार र्सवदलीय बैठक आहृवान गरेर वर्तमान देशको राजनीतिक संकटलाई समाधान गर्न उचित कदमको थालनी गरेका छन् । राष्ट्रपति यादवले आहृवान गरेको र्सवदलीय बैठकमा देशका सबै राजनीतिक दलहरू जिम्मेवार ढङ्गले प्रस्तुत हुनुले र्सवदलीय बैठक वर्तमान संकटको निकास बन्न सक्छ भन्ने कुरामा जनतामा आशा सञ्चार भएको छ । चार दलीय राजनीतिक संयन्त्रले आफ्नो राजनीतिक एकाधिकारबाट उत्पन्न गराएको राजनीतिक संकट यतिबेला उत्कर्षा पुगेको छ । चार दल र उसकै इशारामा बनेको सरकारका कारण संकट गहिरिँदै गएको थियो । चार दल र सरकारले देशको प्रमुख राजनीतिक शक्ति नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई बाईपास गरी एकातर्फीरूपमा मंसिर ४ मा संविधानसभाको चुनाव गराउने तयारी गरेपछि मुलुक पुनः द्वन्द्वतर्फधकेलिएको छ । पछिल्लो चरणमा चार राजनीतिक दल र सरकार जसरी पनि मंसिर ४ मा चुनाव गराउने र नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा यथावस्थामा निर्वाचन गर्नुको कुनै औचित्य नभएको भन्दै सक्रिय र सशक्त बहिष्कार गर्न कम्मर कसेर लागेको छ । यस्तो अवस्थामा राष्ट्रपति डा. रामवरण यादवले र्सवदलीय बैठक आहृवान गरेर सहमति र सहकार्यलाई आत्मसात गर्दै दलहरूलाई अघि बढ्ने मार्गनिर्देशनको निम्ति पहल गर्नु सह्रानीय कार्य हो । राष्ट्रपति यादवले आहृवान गरेको यस र्सवदलीय बैठकमा जसरी सबै राजनीतिक दलहरू जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भएका छन्, त्यसैगरी, एउटा निष्कर्षा पुग्नु जरुरी छ । र्सवदलीय बैठकमा जसरी नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा पूर्ण लचकता र स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको छ, त्यसैगरी चार दलीय राजनीतिक संयन्त्र र अन्य दलहरू पनि जिम्मेवार ढङ्गले प्रस्तुत हुनु पर्छ । र्सवदलीय बैठक नाम मात्रको र्सवदलीय बैठकमा सीमित नगरी संकट समाधानतर्फदृढ हुनर्ुपर्छ । र्सवदलीय बैठकले सबै दलहरूको मर्म र भावनालाई बुझी देश र जनताको पक्षमा अग्रगामी निर्णय लिन सक्नर्ुपर्छ । दस वर्षो जनयुद्ध, १९ दिने जनआन्दोलन र लोकतन्त्रको रक्षार्थ यस र्सवदलीय बैठकले ठोस निर्णय लिंनै पर्छ । अहिलेको आवश्यकता, समयको माग र नेपाली जनताको चाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु