हतारमा निर्णय नगरौं, फुर्सदमा पछुताउनुपर्ला – पदमबहादुर राई

२०७० भाद्र १७ गते, सोमबार

कुनै पनि वस्तु वा घट्नाक्रमलाई हेर्ने दुइ विश्व दृष्टिकोण मार्क्सवादी दृष्टिकोण हो । एकको दुइमा विभाजन र प्रतिपक्षको अस्तित्वको द्वन्द्वात्मक मान्यता नै कुनै पनि वस्तुको वा पदार्थको विकासको मूलभूत सारतत्व हो । यसको अर्थ कुनै पनि वस्तुमा अन्तरनिहित दुइ भिन्न तर विपरीत तत्वहरूको एकत्व वा एकता र त्यसपछिको संर्घष्ा नै त्यो वस्तु वा पदार्थको विकासको मूल सिद्धान्त हो । दार्शनिक पक्षबाट हेदा यसलाई भौतिकवाद दृष्टिकोण र अध्यात्मवादी दृष्टिकोण अर्थात् नास्तिक र आस्तिक मानिन्छ । भौतिकवादी दृष्टिकोणका मान्यतामा सत्य तर्कसंगत वा तथ्यको माग अनिवार्य आवश्यक हुन्छ । तर, अध्यात्मवादी दृष्टिकोणमा तथ्यको आवश्य पर्दैन । पृथ्वी पानीमाथि अडिएको छ, सोह्रवटा वायुपंखी घोडाले रथमा हालेर र्सूयलाई पश्चिमतिर लैजान्छ र सूयास्त हुन्छ भनेपछि कुनै प्रश्न गर्नु वा जिज्ञासा राख्नु हुँदैन । त्यसो गर्ने मान्छे आध्यात्मवादीको नजरमा अज्ञानी र बुद्धु हुन्छ ।
यही भौतिकवादी दृष्टिकोणका आधारमा विद्यमान नेपाली राजनीति दुइ भिन्नै विपरीत ध्रुवमा विभाजित छ । सिद्धान्ततः नेपाली समाज र सत्तालाई बदल्ने विषयमा दुइ भिन्नविपरीत दृष्टिकोण त नेपाली राजनीतिमा टक्राइरहेको थियो नै अझ पछिल्लो वा हालसालै भने संविधानसभाको दोस्रो चुनावलाई लिएर व्यापक बहस भइरहेको छ ।
यसलाई एकथरिले अनिवार्य आवश्यकताको आधार मान्दछ भने, अर्कोथरिले अनिवार्य आवश्यकताको अर्थमा लिँदैन र लिएको पनि छैन । विद्यमान नेपाली राजनीतिक अवस्था मनको यही दुइ भिन्न तर विपरीत दृष्टिकोणका आधारित विभक्त भएको द्वन्द्वात्मक स्थितिमा छ । चार दलीय गठबन्धन -सिन्डिकेट) को नेतृत्वमा एकातर्फचुनाववादीहरू कित्ताबन्दी बन्ने अभ्यासमा लागेको स्थिति एकातिर देखिन्छ भने अर्कोतिरचाहिँ नेकपा-माओवादीको नेतृत्वमा ३३ दलीय मोर्चा संगठितरूपमा नै चुनाव बहिष्कारको पक्षमा देखिन्छन् । यस्तो पक्ष र विपक्षको द्वन्द्वात्मक परिस्थितिमा सबै पक्षले अध्ययन गर्न र छलफल र बहस चलाउनैपर्ने आवश्यकता हुन्छ । चुनावका पक्षपातीहरूले भनेजस्तो के-कति र कुन-कुन कारण वा तथ्यका आधारमा दोस्रो चुनाव निर्विकल्प हो त – अनि के-कति र कुन-कुन तथ्यहरूको कारण चुनाव अनिवार्य र्सत होइन त – यस विषयमा शब्द-शब्द केलाएर निष्कर्षा पुग्नु या पुर्याउनैपर्ने हुन्छ ।
चुनाववादी दलहरू र पक्षहरू भन्छन्- शान्ति र संविधानका लागि संविधानसभाको दोस्रो चुनाव निर्विकल्प हो । यो चुनाव भएन भने समस्या आउँछ । त्यसैले सेना परिचालन गरेर भए पनि गुण्डा परिचालन गरेर भए पनि जुनसुकै हालतमा चुनाव गराएर छाड्नुपर्छ र मंसर ४ मा नै चुनाव गराएरै देखाइदिन्छौँ ।
हो, देशले संविधान पाउनैपर्दछ । शान्ति छाउनै पर्दछ र देश समृद्धिको पथमा लम्किनै पर्दछ । यो विषय सत्य हो, आवश्यक र अपरिहार्य हो । तर, चुनाव एक मात्र विकल्प कसरी हो – त्यो पनि मंसिर ४ गते नै किन – संविधान आउने अन्य बाटाहरू संसारमै छँदै छैनन् – नेपालमा कुनै विकल्प नै बाँकी छैन – अनि फेरि मंसिर ४ गतेभन्दा अघि नै वा पछि भयो भने चाहिँ के-के कारण त्यसको औचित्य रहँदैन – मंसिर ३ मा भएमा के हुने वा मंसिर ५ मा भए के हुने – चुनाव मंसिर ४ ….. यो सुगा रटान किन – यसको औचित्य पुष्टि गर्नुपर्दैन चुनाववादीले मतदातासामु – अनि मतदाताहरूले पनि त कारणहरू खोज्नैपर्ला । नत्र नेपालमा नेताको काम जनतासँग भोट माग्ने र जनताको काम नेतालाई भोट दिने संस्कृतिले मात्रै देशले संविधान पाउँछ र – अनि शान्ति आउँछ र –
अझ कतिपय नेताहरूले त यसोसम्म भन्न भ्याएका छन् कि यो चुनाव एक युगमा एक दिन एक पटक आउने रे ! वाफ रे वाफ …. नेताजी धन्य ! होइन तपाईंले २०६४ चैत २८ गते संविधानसभाको चुनाव एक दिनमा एक पटक आएर गइसकेको या त चाँडै बिर्सिएको – कि तपाईं २०६४ चैत २८ गतेपछि मात्रै जन्मनु भएको हो – कि तपाईं मस्त न्रि्रामा हुनुहुन्थ्यो – वा त्यतिबेला तपाईंको मागजले काम गरेको थिएन हँ – होइन भने कसरी भयो एक पटक आउने – भन्दा दोस्रो चुनाव भन्ने, व्याख्या गर्दा एक पटक मात्र आउँछ भन्ने – चुनाव भनेको राजनीतिक उथलपुथल र परिवर्तनको माग हो । जुन राजनीतिक दलहरूको भूमिकामा पनि आधारित हुन्छ । संविधानसभाको चुनाव कैयौँ पटक पनि आउन सक्छ । एकै पटक नआउन पनि सक्छ । आवश्यक परेन भने चुनावको कुनै जरुरी छैन । यो दोस्रो चुनावको पनि अनिवार्य आवश्यक त छ भन्ने कुरै आधार छैन ।
देश र जनतालाई चाहिएको त संविधान हो । त्यो पनि जनयुद्ध र जनआन्दोलनले दिएको म्यान्डेटअनुसार जनसंविधान हो न कि संविधान नाम गरेको एक थान हाते पुस्तक । चुनाववादीहरूले संविधान लेख्नकै लागि चुनावको माध्यम रोजेको हो भने निम्न प्रश्नहरूको उत्तर दिने कि – पहिलो संविधानसभाले किन संविधान दिन सकेन – के सभासद्हरूको संख्या पुगेन – के समय पुगेन – कि बजेट अभाव भयो – कि संविधान लेखन कार्यमा कर्मचारीहरूले सहयोग गरेनन् –
उपरोक्त प्रश्न वा जिज्ञासाहरूको घतलाग्दो उत्तर वा प्रष्टिकरण नेपाली जनतालाई दिने कि ! जनताले पनि खोज्ने कि – पहिले संविधानसभाको चुनावमा भोट हाल्न नपाएकोले एक पटक भोट हालौँ न त भन्ने कुनै मतदातालाई परेको हुन सक्ला । तर, पहिलो चुनावमा भोट हालेको मतदाताले चाहिँ पहिले मैले दिएको भोट कता गयो – चुनावबाट गठन भएको संविधानसभा कता थन्क्याएर फेरि चुनावको कुरा गर्दै भोट माग्दै छौँ भनेर चुनाववादी नेतालाई सोध्ने कि –
विशेषगरी हाल विघटित संविधानसभाले नयाँ बानेश्वरस्थित अन्तर्रराट्रय सम्मेलन केन्द्रका समाहलमा संविधान लेखन कार्य भइरहेको बेला सभाहलको ३ नं. गेटनेर सडकमा पाल टाँगेर सभासद्लाई मदा बनाउने, काट्टो खाने पक्षहरूले फेरि दोस्रो संविधानसभा र सभासद्को विरुद्ध के त्यही नाटक गर्नु नपरोस् यता सोच्नैपर्ला कि – एउटै व्यक्तिको दुइ पटक कृया किन गर्ने –
त्यही ठाउँमा सभासद्लाई पशु बनाएर दाम्लाले बाँधी हरियो घाँस खुवाउने पक्षहरूले पनि सोच्नै पर्ला कि – अनि कार्यक्रमको आसपासमा बसी उपी-उपी ताली पड्काउने दर्शकहरूले पनि सोच्नैपर्ला कि – यदि तपाईंहरूले सकारात्मक विवेकका साथ त्यसबेला ३ नं. गेट अगाडि संविधान लेखनका लागि दबाब पैदा गर्ने उद्देश्यबाटै सभासद्लाई मर्ूदा बनाएर कृयापुत्री बसेको हो भने, पशु बनाएर घाँस खुवाएको हो भने, फेरि त्यसो गर्नु नपरोस् तपाईंहरूले । ताली पड्काउनु नपरोस् दर्शकले । ऊ बलो तपाईंहरूले गरेको विरोध वा दबाबमूलक सांकेतिक कार्यक्रमप्रति मेरो पूण र्समर्थन रहेको थियो । अहिलेसम्म मैले सकारात्मकरूपमा नै लिइरहेको छु । त्यसैले फेरि पुरानै नाटक तपाईंहरूले मन्चन गर्नुपर्ने अवस्था नआओस् ।
नेताहरूको शब्दजालमा फसेर बर्बादीको यात्रालाई कसैले प्रोत्साहन गर्नु राम्रो होइन । न त बुद्धिमानी नै । मंसिर ४ को आगमनको गतिसँगै नेताहरू भन्दैछन्, चुनावमा भोट हाल्नु जनताको अधिकार हो, लोकतन्त्र हो । नेताले भोट मागेर पद, पैसा, पाउने जनताले भोट दिएर अभाव, असुरक्षा, महँगी, भ्रष्टाचार, अत्याचार, अनिश्चितता गर्ने र गराउने हो भने त यो पंक्तिकारको भन्नु केही छैन । तर, तपाईं सम्पूण पक्षले संविधान निर्माणपछिको समृद्ध नेपालको परिकल्पना गर्नु भएको हो भने यो दोस्रो चुनाव तपाईंको सुन्दर र सकारात्मक सपनाको ठीकविपरीत छ । जुन विपना हो । त्यउो अकल्पनीय हुनेछ ।
त्यसैले नेकपा-माओवादीले भनिरहेको छ, साधनमा होइन, साद्यमा केन्द्रित बहस गरौँ । संविधानसभाको चुनाव साधन मात्रै हो, साद्य त संविधान हो । साद्य अनिवार्य आवश्यकता हो । साधन अनिवार्य हुँदैन । पहिले संविधान लेखिने सुनिश्चित गरौँ, त्यसपछि चुनावको उपयोगिता हुन्छ । तर, दलका नेताहरूले अन्धो बनी चुनाव र मात्र चुनाव केन्द्रित बहस र क्रियाकलाप गर्दैछन् ।
एमाओवादीले १३० सीट ल्याउने दाबी गरेको छ । एमालेले अबको चुनावमा एमाले देशको ठूलो पार्टर्ीीनेर देखाउने भन्दैछ । काँग्रेसले त बाँकी राख्ने कुरै भएन । मेधशी दल झन् मौन बस्नै सक्दैन ।
एमाओवादीकै १३० भएपछि त्योभन्दा ठूलो दल काँग्रेसको १३१, एमालेका १३२, मधेशीको १३३ र अरुअरु साना पार्टर्ीी अलिअलि गर्दा कम्तीमा पनि ३० सीट जति होला । जम्मा जोड्दा ४३९ हुन्छ । होइन नेपालमा निर्वाचन आयोगले कतिवटा निर्वाचन क्षेत्र निर्धारण गरेको छ हँ – यो पंक्तिकार र विलखबन्दमा पर्यो त !
त्यति मात्रै हो र – एमाओवादीले यो चुनावमा पनि आफ्नो पार्टी दुइ तिहाई नल्याए संविधान नै नलेखिने धम्की दिएको छ र दिइरहेको छ । काँग्रेसमा पनि त्यही छ । एमालेले त्यसै भन्छ । मधेशी पनि कम छैन । यसले के बुझाउँछ भने कसैको दर्ुइ तिहाई मत आउँदैन आइहालेमा पनि दुइतिहाईवाला दलको विरुद्धमा बाँकी तीन दलको संयुक्त मोर्चा बनेर संविधान लेख्नै दिने छैन । त्यसैले अघोषितरूपमा दोस्रो संविधानसभाको पनि कुनै औचित्य छैन । अनि केका लागि चुनाव – अझै पछिल्लो राजनीतिक घटनाक्रमले त झन् ठूलो सनसनीपूण आशंकाको हुन्डरी नै ल्याएको छ नेपाली राजनीतिमा ।
चार दलीय सिन्डिकेटको हेडक्वाटरबाट नेकपा-माओवादी चुनावविरोधी, संविधानविरोधी, शान्तिविरोधी, लोकतन्त्रविरोधी आदि भनेर बद्नाम गर्ने दुष्प्रयास र नेकपा-माओवादीको बढ्दो प्रभावका कारण दुइ शक्तिबीच टकरावको स्थिति बन्दै गएको बखत माओवादीको कार्यक्रमअनुसार गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक निर्णाछि नेपाली समाज र राजनीतिमा परेको सकारात्मक प्रभावमाथि एकाएक तुषारापात हुने गरी चार दलले किन सहमति तोडेर जनताको आशाको पिपिरोलाई चप्लेटोले किचे –
यो प्रश्न गम्भीर छ । यसको सही र चित्तबुझदो उत्तर जबसम्म आउने छैन, तबसम्म इतिहासले त्यो चार दललाई बारम्बार सोधिरहने छ – नेकपा-माओवादीले चार दलको यो निर्ण्र््रति पुनः विचार गर्न आग्रह गर्दै वैदेशिक हस्तक्षेपको उपज ठानेको छ । चार दलका हरेक क्रियाकलापहरूले पनि यस कुराको पुष्टि गर्ने प्रशस्त आधार छन् । यर्सथ यो चुनाव संविधान लेख्न नेपालीले सम्पन्न गर्ने चुनाव नभई विदेशीको इशारामा देशलाई सिक्किमीकरणको यात्रामा धकेल्ने अभियानात्मक अवसर मात्र भएकोले सबै देशभक्त राष्ट्रवादी जनता र मतदाताहरूले समयमै र्सतर्क बनौँ । नत्र हतारमा निर्ण् गरेर फुर्सदमा पछुताउनुपर्ला । कुरा बुझेर पश्चाताप गर्ने समयसम्म देश अर्कैको भइसक्ला होसियार आजै बनौँ ।
-लेखक नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रियाहरु