‘संयुक्त मोर्चा’ निर्माणको सवाल – हस्तबहादुर के.सी.

२०७० भाद्र १५ गते, शनिबार

चार दलीय सिण्डिकेटले नेकपा माओवादी नेतृत्व गरेको ३३ दलीय मोर्चाको माग अनुसार आयोजना हुन गइरहेको गोलमेचसभा आयोजना गर्ने सम्बन्धि वार्ता एकाएक भाँडेर भागेपछि अब यही ३३ दलीय मोर्चालाई संयुक्त मोर्चाको रूपमा निर्माण गर्ने प्रक्रिया आरम्भ गर्न जरुरी छ । नेपाली क्रान्ति सम्पन्न भएकै छैन । नेपाली क्रान्तिका कार्यभारहरू पूरा गर्ने काम बाँकी छै छ । नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा छ । नयाँ नेपाली जनवादी क्रान्तिले मात्र नेपाललाई यस अवस्थाबाट मुक्त गर्ने छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि कमरेड माओत्सेतुङ कै शब्दमा तीन जादुगरी हतियार अनिवार्य रूपमा आवश्यक हुन्छ । त्यो भनेको मार्क्सवाद -लेनिनवाद-माओवदको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्तको निर्देशनमा बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीीयस पार्टी मातहतमा बनेको जनमुक्ति सेना र त्यसकै नतेृत्वमा बनेको राजनीतिक संयुक्त मोर्चा । यी तीनबाट जादुगरी हतियार विना नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न सम्भव छैन ।
यो र्सवविदितै कुरा हो कि नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्षपार गरि सक्थ्यो । यस लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिष्ट आन्दोलनभित्र वर्ग संर्घष, अन्तरसंर्घष र भीषण दुइ लाइन संर्घषका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहाली लाग्दा घुम्तिहरू रहेका छन् । यो पनि विदितै छ कि नेपाली कम्युनिष्ट आन्दोलन लामो समयदेखि विभाजित अवस्थामा रहँदै आएको छ । अतः सारमा यो भन्न सकिन्छ कि यस आन्दोलनको क्रान्तिकारी धाराभित्र संशोधनवाद घुस्न सफल भयो र क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाबीचको भीषण दुय लाइन संर्घष्ाकै परिणाम स्वरूप नेपाली कम्युनिष्ट आन्दोलन विभाजीत रहँदै आएको छ । यसरी हेदा यस आन्दोलन भित्र अहिलेसम्म पनि क्रान्तिकारी र संशोधनवादी दुइ परस्परविरोधी धाराकै द्वन्द्व प्रमुदख बनेर आएको छ । अर्थात् नेपाली कम्युनिष्ट आन्दोलन भित्र क्रान्ति र प्रतिक्रान्ति बीचको भीषण संर्घष् जारी नै छ ।
धेरै ठाउँमा चर्चा गर्दै आइहरेको कुरा के हो भने अहिले नेपाली कम्युनिष्ट आन्दोलन भित्रको दुक्षिणपन्थि संशोधनवादी सुधारवादी धाराले जो एमाओवादी एमालेले प्रतिनिधित्व गर्दै आएका छन् त्यसले साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मर्समर्पण गर्दै आफूलाई विजातीय कित्तामा मात्र होइन नवप्रतिक्रियावादी कित्तामा सामेल गरेर आधुनिक संशोधनवादी एवं नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हानन पुगुगेको छ भने यसको ठिक विपरित नेपाली कमयुनिष्ट आन्दोलन भित्रको क्रान्तिकारी धारा जो नेकपा -माओवादीले प्रतिनिधित्व गरिरहेको छ । यसले नवसंशोधनाद र सबैखाले संशोधनवादीसीत सम्बन्ध विच्छेद मार्क्सवादी लेनिनवादी माओवादीका रूपमा गुणात्मक रूपले विकसीत हुदै महान दश वर्षो जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक रणनीतिक मोडमा खडा हुन पुगेको छ ।
पर्ूव घोषित कुरा हो नेकपा – माओवादी नेपाली र्सवहारा श्रमजीवी वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो । यो नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति हो र नेपाली कमयुनिष्ट आन्दोलनको मूलधार पनि हो । यस पार्टी न्यूनतम लक्ष्य नयाँ जनवादी राज्यवस्था स्थापना गर्नु हो भने यसको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद तथा साम्यवाद हो ।
राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रको स्थापना र जनवीविकका आधारभूत सम्स्याहरूका समाधानका लागि २०५२ साल फल्गुन १ गतेदेखि जनयुद्धको थालनी गरियो । यो जनयुद्ध दश वर्षो अवधिमा जनमुक्ति सेनाको निर्माण गरेर सातौं डिभिजन तहसम्म पुर्याइयो । आधार इलाका, जनसत्ता र जन अदालत र जनसरकारहरू पनि निर्माण गरेर संचालनमा ल्याययो । तर २०६२ असोज- कात्तिकमा सम्पन्न चुनवाङ बैठकपछि पार्टी नेतृत्व गर्दे आएको एउटा मुख्य हिस्साले साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु आत्मर्समर्पण गरि नवस.शोधनवादमा पतन हुँद नै नवप्रतिक्रियावादमा पतन हुन पुगेपश्चात उसले जनमुक्ति सेनालाई प्रतिक्रियावादी, सेना परिचालन गरेर आत्मर्समर्पण गरायो । हतियारहरू प्रतिक्रियावादी बुझाएर जनमुक्ति सेनालाई पूण् रूपमा विछप्न गरायो । त्यसो भएर त्यस नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नेकपा – माओवादी नयाँ ढंगले पुनर्गठीत हुन पुग्यो र नयाँ ढंगको क्रान्तिकारी पार्टीीनर्माण गर्न सफल भयो । गत पुस – माघमा आफ्नो सातौं राष्ट्रिय सहाधिवेशनबाट नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशा जनयुद्धको जनव्रि्रोह पारित गरिसकेपछि नयाँ नेपाली जनवादी क्रान्तिले एउटा नयाँ चरणमा प्रवेश गरिसकेको छ ।
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी आनिवार्य रूपमा आवश्यक हुन्छ । यो कुरा लेनिन र माओले भन्दै मात्र आउनु भएन, कार्यान्वयन समेत गर्नुभयो । हामीसीत यतिबेला मार्क्सवादी – लेनिनवादी- माओवादी क्रान्तिकारी सिद्धान्त छ, नेपाली क्रान्तिकारी सही कार्यदिशा जनयुद्धको जगमा जनव्रि्रोह पनि छ । नयाँ ढंगको क्रान्तिकारी पार्टी माओवादी पनि छ । नवसंशोधनवादीहरूले जनमुक्ति सेनाको विघटन गरिसकेकोले हामीसित विगतमा निर्माण गरिएको जनमुक्ति सेना छैन । सेना नभएको कम्युनिष्ट पार्टी हुँदैन र सेनाविनाको जनता पनि हुँदैन । नेपाली क्रान्तिको निम्ति हामीसीत क्रान्तिकारी विचार छ, क्रान्तिकारी पार्टी छ । जनमुक्ति सेना आवश्यकताले अनिवार्य रूपमा बन्ने कुरा भयो भने संयुक्त मोर्चा निर्माणको आवश्यकता छ ।
राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरूको समाधानका लागि नेकपा -माओवादीद्वारा संचालित दश वर्षो महान जनयुद्धको अन्त्य तथा जनमुक्ति सेनाको विर्सजन नवसंशोधनवादी हिस्साद्वारा गरिएपछि जुन उद्देश्य प्राप्तीको लागि जनयुद्ध सञ्चालन गरिएको थियो त्यो अझै हासिल हुन सकिरहेको छैन । नेपाली क्रान्ति प्रति र जनताप्रति गद्धारी गर्दै भारतीय विस्तारवादको निर्लज्ज दलालीको प्रक्रियामा संलग्न भएपछि त्यो परिस्थितिमा नेपाली नयाँ जनवादी क्रान्ति अस्थायी रूपमा कमजोर बन्न गएको छ । जनताद्वारा क्रान्ति अस्थायी रूपमा कमजोर बन्न गएको छ । जनताद्वारा निर्माण गरएको संविधान सभालाई अवसान गराएर साम्राज्यवादी तथा विस्तारवादीहरूको गाइन्डडिजाइन र निर्देशनमा तोकिएको कथित दोश्रो संविधान सभा निर्वाचनबाट जनताको संविधान बन्ने कुनै सम्भावना छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरू निकै विक्राल बन्दै गएको र मूल्यवृद्धि, महंगी, भ्रष्टाचार, तस्करी, कालाबजारी, कमीसन खोरीहरूले जनतालाई अक्रान्ति बनाइरहेको अवस्थामा पार्टी यिनै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ७० बुँदे मागपत्रलाई र्सार्वजनिक गरेर तेश्रो जनआन्दोलनलाई संगठित गर्दै अगाडि बढिरहेकै बेला साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलाल एमाओवादी काँग्रेस, एमाले र मधेशी मोर्चाबीच चार दलीय सिण्डीकेट बने पश्चात २०६९ चैत्र १ गते राष्ट्रघाती तथा जनघाती ११ बुँदे सम्झौता र संविधान सम्बन्धी बाधा अड्काउ फुकाउ सम्बन्धि २५ बुँदे असंवैधानिक र अराजनीतिक आदेश पत्र राष्ट्रपतिबाट जारी गर्राई सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा न्यूरोक्रेटिक निर्दलीय सरकार बनाएर मुलुकलाई प्रतिगमनको दिशातिर डोर्याउने कदम चालिएपछि चैत्र १ गतेको दिनलाई नेकपा – माओवादीले कालो दिनको संज्ञा दियो र प्रतिगमनका विरुद्ध संर्घष्ालाई अगाडि बढायो । त्यसै क्रममा यस विषयमा सहमत बनेका अन्य राजनीतिक दलहरूको संलग्नतामा ३३ दलीय गठबन्धन बन्यो र सहकार्यलाई अगाडि बर्ढाई रहेको अवस्था छ । र यस गठबन्धनले १८ बुँदे मागपत्र पेश गरेर कठपुतली सरकार सीत वार्ताको प्रक्रियालाई अगाडि बढाइरहेको छ ।
नेकपा – माओवादीको नेतृत्वमा संचालित ३३ दलीय गठबन्धनले राष्ट्रिय संकटको निकासको निम्ति ‘गोलमेच सभा’ लाई अन्तिम बटमलाईन बनाएको छ । गोलमेचसभा राष्ट्रिय संयुक्त सरकारको निर्माण पछि मात्र दोश्रो संविधान सभाो प्रक्रियामा जानुपर्ने अडान ३३ दलीय गठबन्धनले राख्दै आएको छ । यो भन्दा अर्को सही विकल्प पनि छैन यतिबेला मुलुकका जिम्मेवार राजनीतिक दल हरूसीत ।
यो त भयो कार्यगत एकता वा सहकार्यको यात्रा । तर अहिले प्रमुख दुश्मनका विरुद्ध लड्नका लागि संयुक्त मोर्चा बनिरहेको अवस्था छैन । २०६२ असोज – कार्तिकमा सम्पन्न पार्टी चुनवाङ बैठक यता राजतन्त्रका विरुद्ध संसदवादी शक्ति र क्रान्तिकारी कमयुनिष्ट शक्तिहरू बीच संयुक्त मोर्चा बनेको थियो । जो १२ बुँदे समझदारीका नामले प्रख्यात छ । राजतन्त्रका विरुद्ध यस प्रकारको संयुक्त मोर्चा बन्नु त्यतिबेला धेरै राम्रो कुरा थियो । त्यसको परिणाम स्वरूप २०६३/०६४ को १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भयो । त्यसकै जगमा २०६४ चैत्र २८ गते पहिलो संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो । र २०६५ जेठ १५ गते बसेको संविधान सभको पहिलो ऐतिहासिक बैठकले २४० वर्षो शाहवंसीय सामन्ती राजतन्त्रको अन्तय गरी गठतन्त्र नेपालको घोषणा गर्यो । त्यसदिनदेखि नेपालले नयाँ युगमा प्रवेश गर्यो । मुख्यतः दश वर्षो जनयुद्ध र साथै संसदवादी राजनीतिक दलहरू र क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारीहरू बीच निाण हुन पुगेको यस प्रकारको संयुक्त मोर्चाको बलमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पनि स्थापना हुन पुग्यो । यो परिघटना नेपालकै राजनीतिक इतिहासमा ज्यादै सकारात्मक र उपलब्धीपर्ूण्ा कुरा थियो । तर यस प्रकारको संयुक्त मोर्चा निर्माण गर्ने प्रक्रियासँगै पार्टी मुख्य नेतृत्व गरिरहेको एउटा हिस्साले सिंगो नयाँ जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनलाई दलाल तथा नोकर शाह पुँजीपती र सामन्तवर्गको अर्को हिस्साप्रतिको आत्मर्समर्पणमा फसाउने षड्यन्त्र गर्न पुग्यो । त्यसले नेपाली नयाा जनवादी गणतन्त्रको क्रान्तिकारी धारालाई लोकतान्त्रिक गणतन्त्रको पश्चगामी धारामा विलिन गराउने षड्यन्त्र गर्न पुग्यो । नेपाली क्रान्ति र नेपाली जनताप्रति गम्भिर प्रकारको गद्धारी गर्न पुग्यो । यस षड्यन्त्रलाई साम्राज्यवाद तथा विस्तारवाद, यथास्थितिवाद र स.शोधनवादिका बीचको गठबन्धनको रूपमा पनि बुझ्न जरुरी छ ।
नेकपा – माओवादीले यस प्रकारको संयुक्त मोर्चाको दृढतापूवक विरोध गर्दै आएको छ र देशभक्त जनवादी, वामपन्थि र प्रगतिशिल तथा संघीयता पक्षधर शक्तिहरूलाई गोलबन्दै नयाँ ढंगको कार्यगत एकताको प्रक्रियालाई विकसित तुल्याउने प्रयास गर्दै आएको छ र यसलाई एउटा संयुक्त मोर्चाको रूप दिएर यसबाट संर्घष्ाको कार्यक्रमहरूलाई अगाडि बढाउने कार्य गर्दै आएको छ ।
यतिबेला देशमा पश्चगामी वा यथास्थितिवादी धारा र अग्रगामी धाराबाट दुइ भिन्न प्रकारका कार्यगत एकता वा संयुक्त मोर्चा बनाउने प्रयास भइरहेको छ । एमाओवादी काँग्रेस, एमाले र मधेशी मोर्चा बीचको चारदलीय सिन्डिकेट पश्चगामी वा यथास्थितिवादी संयुक्त मोर्चा हो भने नेकपा – माओवादीमा संचालित ३३ दलीय गठबन्धन अग्रगामी संयुक्त मोर्चा हो । यी दुवै विपरित मोर्चा हुन र आ आफ्ना मोर्चाहरूलाई बलियो बनाउँदै लैजाने रणनीतिमा छन् । पाश्चगामी तथा यथास्थितिवादी मोर्चा सत्ता कब्जा गरेर बसीरहेको छ र ३३ दलीय मोर्चालाई कम्जोर बनाउने, पाखा लगाउने, एक्ल्याउने रणनीतिमा लागि रहेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन लामो समय पहिले देखि विभाजित अवस्थाबाट गुज्रदै आएको छ । अहिले क्रान्तिकारी धारा र आधुनिक तथा नवसंशोधनवादी धाराका बीच भीषण द्वन्द्व चल्दै आएको छ । सबैखाले स.शोधनवादी धाराको प्रतिनिधित्व एमाओ र एमाालेले गरिरहेका छन् भन क्रान्तिकारी धाराको नेतृत्व नेकपा – माओवादीले गरिरहेको छ । कम्युनिष्ट नामधारी संशोधनवादी धारामा यतिबेला कैयौ क्रान्तिकारी मार्क्सवादीहरू पनि भ्रममा परिरहेका छन् । आजको आवश्यकता नयाँ ढंगले धु्रवीकरण र एकीकरणको प्रक्रियालाई अगाडि बढाउनु पर्दछ । आज नेपाली जनतान क्रान्तिकारी मार्क्सवादी धाराप्रति आकषिर्त रहेका छन् । साथै विश्वका क्रान्तिकारी जनसमुदाय र कम्युनिष्टहरूले पनि नेपालको क्रान्तिकारी मार्क्सवादी धारालाई राम्रोसँग नियाली रहेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको मूल विशेषता के रहेको छ भने पार्टी जतिसुकै टुटफुट तथा विभाजन देखा परेपनि र दक्षिणपन्थि संशोधनवाद जतिसुकै प्रभावी बन्न खोजेता पनि जनताको ठूलो हिस्सा त्यस प्रकारको संशोधनवादको विरोध र क्रान्तिकारी मार्क्सवादी धाराका पक्षमा खडा रही आएका छन् । नेपाली धर्ती क्रान्तिकारी कम्युनिष्टहरूका लागि धेरै मलिलो रही आएको छ । तर पनि समग्रतामा नेकपा – माओवादीले नेतृत्व गर्दै आएको क्रान्तिकारी धाराले एक्लै नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने अवस्था छैन । अहिले राष्ट्रिय स्वाधिनता धरापमा परिरहेको अवस्था छ । राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई उत्कर्षा पुर्याउनुको विकल्प छैन । यसको देशभक्त, जनवादी एवं राष्ट्रवादी प्रगतिशील शक्तिहरू र संघीयता पक्षघर बीचको संयुक्त राजनतिक मोर्चालाई बलियो बनाउँदै लैजानुको विकल्प छैन ।

प्रतिक्रियाहरु