गोलमेच सभा राष्ट्रको आवश्यकता – बिजय नरसिंह के सी

२०७० भाद्र १५ गते, शनिबार

संवैधानिक व्यवस्था अनुरूप संविधान सभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरू वीच सहमती हुन पर्ने व्यवस्था भएपनि सड०क्रमण कालिन अवस्था लम्व्याउँदै असहज परिस्थितिको सृजना गर्दै त्यही अवसरलाई फाईदा उठाउँदै चार दलले स्वघोषित प्रमुखको उपाधि ग्रहण गरी विदेशी शक्तिको आर्शिवाद लिई अधिनायकवाद तथा निरंकुश भई सिण्डिकेट शासन खडा गरेका छन् । सिमित व्यक्तिहरूको मिलोमतोमा कोठे ११ वुँदे सहमती तथा २५ वुँदे वाधा अडकाउ फुकाउ आदेश जारी गरी सत्तामा भागवण्डा मिलाई निर्दलीय सरकार गठन गरि गर्राई वर्तमान अवस्थ्ामा देशको शासन व्यवस्था सञ्चालित रहेको यथार्थ हो । नेपालको अन्तरिम संविधान ०६३ र्सवसम्मतीको सहमतीलाई छताछुल्ल पार्दै चार दलीय ११ वुँदे राजनीति दस्तावेजलाई अन्तरिम संविधानको रूपमा खडा गरि भविष्यको सत्ता स्वार्थलाई सुनिश्चित गर्ने प्रयासरत छन ।
चार दलको सहमतिबाट निर्वाचन गर्ने गराउने वाहानामा असंवैधानिक तथा अलोकतान्त्रिक विधिवाट वाधा अडकाउ फुकाउ आदेश जारी गरे पश्चात पनि चार राजनीतिक दलले स्वार्थ प्रेरीत भई समयानुकुल चार दलीय दस्तावेज वनेको वाधा अडकाउ फुकाउलाई मनोगत ढङ्गले प्रयोग गर्दै मुद्दाहरू थपघट गर्दै वहुमत ल्याउने प्रयास गर्दैछन । लोकतान्त्रिक पद्दती तथा विधिको शासनको वर्खिलाप अन्तरिम संविधान वाधा अडकाउ फुकाउको गलत व्याख्या गर्दै चार दलीय र्सवसत्ताबाद तथा सत्तामा भागवण्डाको व्यवस्था मिलाई कालान्तरसम्म रजाई गर्ने कलुषित भावना रहेको देखिन्छ ।
विदेशी शक्तिहरू भारत ,चीन ,युरोपियन युनियन तथा अमेरिका नेपालको राजनीतिमा प्रभाव राख्ने कार्यमा प्रतिस्पर्धा रहेको यथार्थ जग जाहेर छ । सोही अनुरूप आफु समर्थित राजनीतिक दलका नेताहरू मार्फ संविधान सभामा एक पक्षिय एजेण्डाहरू जवरजस्ति लादने तथा आफनो पक्षको सरकार निर्माण गर्ने गराउने प्रयत्न गर्दैछन् । नेपालमा राजनीतिक दलहरूको जनाधार नभए पश्चात विदेशी स्वार्थ अनुरूप चल्ने प्रवृत्ती देखाएको अवस्थामा विशेष व्यक्तिहरूलाई स्वागत सम्मान तथा मन्त्रणा गरी आफनो एजेण्डा वैधानिक रूपमा पास गराउनका लागि परेका छन् । तर्सथ वैदेशिक शक्तिहरूको मन्त्रणा वमोजिम विरोधि पक्षलाई पन्छाउन निषेधको राजनीति हावी भएकाले नै राजनीतिक दलहरू वीच गोलमेच सभा गर्ने सैद्धान्तिक सहमती को प्रतिवद्धतालाई अनायाश वीचैमा रद्द गरेका छन् । विदेशी शक्तिहरूले वर्तमान अवस्था सम्म ठुलो मात्रामा गरेको लगानीको लाभाँश लिन तथा आफना दलालहरूको परिक्षण र मुल्याङ्कन गर्नका लागि निर्वाचन उपयुक्त ठानेर नै मंसिर ४ को निर्वाचनलाई प्राथमिकतामा राखेका हुँदा निर्वाचनका लागि र्समर्थन तथा दवाव दिई रहेका छन भन्ने विश्लेषण गरिन्छ ।
संविधान सभाको निर्वाचनमा सहभागी भई जन चाहना वमोजिमको संविधान वनाउन चाहने ३३ दलिय मोर्चा प्रतिपक्ष शक्तिले १८ वुँदा मुद्दा मार्फ निकास दिई राजनीतिक सहमतीमा आउने प्रयासमा चार दल विदेशी शक्तिको प्रभावमा परेका कारण गैर जिम्मेवार हुन पुगेका छन् । जनताबाट उपेक्षित भई सकेका जमीनी धरातल नरहेका चार दलका नेताहरू दलाल पथ अङ्गीकार गरेका हुँदा नै विदेशीको काँधमा चढेर आफु ठुलो भएको घमण्ड देखाई रहेका हुँदा अलोकतान्त्रिक तथा असंवैधानिक कदम चाल्दै चार दलले सवैलाई समेट्न पर्ने संविधान सभाको निर्वाचनमा नेकपा-माओवादी सहित ३३ दललाई पञ्छाउने रणनीती घातक हुन सक्दछ । विदेशी शक्तिको आडमा झुट र भ्रमको खेती गरेर जनतालाई ढाँट्दै असंवैधानिक तथा अलोकतान्त्रिक विधि मार्फ चार दलिय निरंकुश तथा अधिनायकवाद चरित्रले राजनीतिक सहमतीको वेवास्ता गर्दै उपलब्धि विहिन निर्वाचन गर्ने गराउने र सत्तामा विगतमा असफल भएका चार दलले नै वैधानिक कव्जा जमाउने षडयन्त्रको दुस्साहसको परिणामको जिम्मेवार तथा जवाफदेहिता चार दल तथा वर्तमान सरकारले लिनपर्ने हुन्छ ।
चार राजनीतिक दलले यो वुझन पनि जरुरी छ कि नेकपा-माओवादी सहित ३३ दलहरूलाई पञ्छाउँन सक्ने अवस्था छैन । राष्ट्रिय स्वाधीनता र अलोकतान्त्रिक प्रधानन्यायाधीस सरकारको विरुद्ध हुने जनआन्दोलनको शक्तिको अगाडी चार दल र चुनावी सरकारलाई काँधमा राख्ने विदेशीको आँखा समेत तिरमिराउने छ भन्ने कुरा हेक्का राख्न जरुरी छ । विगतको संविधान सभा उपलब्धि विहिन तथा सुनियोजित विघठन गरिए पश्चात जनाताका भावनामा कुठाराघात भएको छ । अतः असफल तथा विदेशी दलाल भएका चारदलका नेताहरूको अलोकतान्त्रिक तथा असंवैधानिक कृयाकलापवाट आजित भएका जनताको आक्रोशले सिमा नाघि सकेको छ । विश्व परिवेशमा धेरै देशहरूमा निरंकुश तथा अधिनायकवादमा शासन गर्ने विदेशी दलालहरू जनताका आन्दोलनको वलले ढलेका उदाहरण प्रशस्त छन् । तर्सथ चार दलले आफनो भविष्य सुरक्षित गर्नका लागि पनि गम्भिर भएर गोलमेच सभा मार्फ राजनीतिक निकास निकाल्न वाध्यता खडा भएको छ । तर्सथ एकलौटी ढंगवाट चार दलले घोषित गरेको मंसिर ४ को निर्वाचन सार्नुको अर्का विकल्प छैन ।
विदेशी दवावमा तथा उनीहरूकै पक्ष पोषण गर्नका लागि गरिन लागेको निर्वाचनको परिणामले विदेशी शक्तिहरू नै प्रवल र शक्तिशाली बन्ने तथ्य स्पष्ट हुनेछ । जसबाट नेपालको समग्र राजनीतिक क्षेत्र अधिनस्त हुन गई विदेशीकोर् इशाराबाट देशको राज्य व्यवस्था संचालन हुने सम्भावना रहनेे छ । यसवाट नेपालमा थप वैदेशिक हस्तक्षेप वढने तथा राजनीतिक दलहरूको असहमतीमा खेलेर साम्प्रदायीक अतिवादीहरू सक्रिय भएर द्धन्द सृजना गर्ने संभावना देखिएको हुँदा देश गम्भिर संकटमा फँस्ने अवस्था आउन सक्दछ भन्ने विषयमा गम्भिर हुन जरुरी छ । तर्सथ र्सव पक्षिय गोलमेच सम्मेलनबाट राष्ट्रवादी शक्ति, लोकतान्त्रिक शक्ति तथा वामपन्थि शक्तिको सह अस्तित्व स्वीकार्दै समावेशी चरित्रमा सहकार्यको सहमती मार्फ राष्ट्रियता तथा स्वाधिनताको रक्षा गर्दै नेपालको मौलिक ढंङ्गवाट र्सार्थक निकास दिन सक्नु पर्दछ ।
लेखक ः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन ।

प्रतिक्रियाहरु