९२ वर्षका बेहुला २२ वर्षकी बेहुली

२०७० असार २४ गते, सोमबार

इराकका ९२ वर्षकी मुसाली मोहम्मद अल मुजामाईले आफुभन्दा ७० वर्ष कान्छी युवतीलाई दुलही बनाएर घरमा भित्राएका छन् ।१६ वटा छोराछोरीका बाउ बनिसकेका ९२ वर्षकी मुसाली मोहम्मद अल मुजामाईले २२ वर्षकी युवतीसँग बिहे गरेका हुन् ।मध्य इराकको गुब्बान क्षेत्रका मुसालीले बिहिबार २२ वर्षकी मुना मुखलिफ अल जुबुरीसँग बिहे एक वैवाहिक समारोहमा बिहे गरे । ४ घण्टासम्म चलेको उक्त धूमधामपूर्ण विवाह समारोहमा विभिन्न सांगितिक कार्यक्रमका साथै हर्षबडाइका रुपमा बन्दुक समेत पड्काइएको थियो । उक्त बिहे समारोहमा स्थानीय आदिवासी तथा धार्मिक नेताहरुको समेत उपस्थिति रहेको न्युयोर्क डेलीले जनाएको छ ।

डाँडापारीको जून बनिसकेका बेहुला मुजामाइले बिहे पछि बोल्दै भने,’मलाई आफु २० वर्षे ठिटो भएजस्तो लागेको छ ।’बिहे गरेको ६० वर्षसम्म सँगै जिवन बिताएकी मुजामाइकी जेठी श्रीमतीको ३ वर्ष पहिले निधन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु