छोरी जेठानी ,आमा देउरानी

२०७० असार ११ गते, मंगलवार

भारत ,भारतमा पाँच बच्चाकी आमा छोरीको देवरसँग प्रेममा परेकी छिन । यति मात्र हैन, उनीहरुले भागेर विवाह समेत गर्न भ्याएका छन् ।पञ्चायत बस्यो, तर, आमाले आफ्नो श्रीमानलाई हैन, छोरीको देवरलाई नै पि्रय मानिन् ।अन्त्यमा पञ्चायतको केही लागेन र १५ हजार भारु जारी तिराएर यस्तो बेमेल सम्वन्धलाई स्वीकृति दियो ।आलमपुर थाना क्षेत्रमा रहेको एक परिवारले छोरीको विवाह खरकौदो गाउँमा गरिदिए । छोरीको देवर पनि आउन जान सुरु भयो । आमालाई छोरीको देवरमा मन पर्‍यो ।
लुकिछिपी १० महिना प्रेम गरेपछि उनीहरु भागे । अब छोरी जेठानी भएकी छिन् भने उनकी आमा देउरानी। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु