९९ वर्षको उमेरमा जन्मिएको छोरा हराएपछि

२०७० असार २ गते, आईतवार

भारतका रामजीत राघवको ९९ वर्षको उमेरमा जन्मिएको छोरा हराएपछि होसहवास उडेको छ । ९९ वर्षको उमेरमा बाबु बन्दा भारतका राघवलाई संसार नै जितेजस्तो लागेको थियो । पिण्डखाने बेलामा बाबु बनेपछि २०१० मा उनी इन्टरनेटको दुनियाँमा छाए ।तर, अहिले उनको छोरा अर्कै कारणले समाचार बनेका छन् । करिव साढे ३ वर्षका उनका छोरा विक्रमाजीत ५ दिनदेखि हराएका छन् ।रामजीतले छोरा हराएको सूचना सोनीपतमा रहेको प्रहरी थानामा दिएका छन् तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन ।राघवले बताएअनुसार विक्रमाजीत केही दिनदेखि विरामी थिए । उनकी पत्नी शकुन्तलादेवी छोरालाई उपचारका लागि सोनीपत लिएर गएकी थिइन् । जहाँ उनी हराए । बुढेसकालमा जन्मिएको छोरा हराएपछि राघवको होसहवास उडेको छ ।
सन् २०१० मा बाबु भन्दा उनले सबैभन्दा पाको उमेरमा बाबु बनेको कीर्तिमान बनाएका थिए । उनकी श्रीमती शकुन्तला भने ५० वर्षकी थिइन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु