संवैधानिक निकायको नियुक्तिमा आर्थिक चलखेल : नेमकिपा

२०७० बैशाख २८ गते, शनिबार

काठमाडौं- नेपाल मजदुर किसान पार्टीले विज्ञप्ति जारी गरी संवैधानिक निकाय नियुक्तिमा चार दलले आर्थिक लेनदेन गरेको आरोप लगाएको छ । नेमकिपाको केन्द्रीय बैठकबाट जारी विज्ञप्तिमा अख्तियार प्रमुख नियुक्तिमा पनि यस्तै भएको उल्लेख छ । ‘दलहरूले करोडौं चलखेल गरी संवैधानिक निकायमा आ-आफ्ना मान्छे भर्ना गरे,’ विज्ञप्तिमा छ, ‘अख्तियारले समेत भविष्यमा सरकारी नियुक्तिका लागि अयोग्य ठहर गरी कारबाही गरेका कार्कीलाई विदेशीहरूको दबाबमा नियुक्त गर्नु त्यसैको सिलसिला हो ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु