नेकपा – माओवादीका कार्यकर्ता पक्राउ

२०७० बैशाख २७ गते, शुक्रबार


काठमाडौ,– नेकपा – माओवादीका ४ जना कार्यकर्ता सतुंगलबाट पक्राउ परेका छन् ।नेकपा माओवादीले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै फोटो सहितको मतदाता नामावली संकलनमा अबरोध गर्दै आएको छ । सतुङ्गलमा नामावली संकलनको तयारी भैरहेका बेला नारावाजी गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको थानकोट प्रहरीले जनाएको छ । यसरि शान्ति पूर्ण आन्दोलनमा प्रहरीले दमन गरे पछि माओबादी आक्रोसित बनेको छ l प्रहरीले दमन गरि नियन्त्रणमा लिएका आफ्नो कार्यकर्तालाइ तुरुन्त रिहा गर्न ने.क.पा.-माओवादी, नेवा राज्य समितिका सचिव दिनेश शर्मा ‘सागर’ एक प्रेस विज्ञाप्ति जारी गरेका छन् l जसको पूर्ण विवरण यस प्रकार छ – “नेकपा-माओवादीले लामो समयदेखि राष्ट्रिय स्वाधीनता र उत्पीडनमा परेका वर्ग, जाति, क्षेत्र र लिङ्गका समस्या समाधानका निमित्त निरन्तर रुपमा सर्घष्ा गर्दै आई रहेको छ । यतिबेला देशी तथा विदेशी शक्ति केन्द्र मुख्यतः भारतीय विस्तारवादी शासकको निर्देशनमा चार दलिय सेन्डीकेटका आधारमा वहाल वाला प्रधान न्यायधिसलाई सरकार प्रमुख बनाएर दश वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनद्वारा प्राप्त सिमित अधिकार समेत समाप्त बनाउन गरिएको अन्तरिम संविधानको संशोधन र कथित संविधान सभा निर्वाचनको नाटकले देश आक्रान्त वानिरहेको छ । नेकपा-माओवादीले त्यसका विरुद्धको संर्घष्ा निरन्तर रुपमा चलाई रहेका छ । यसै क्रममा २०७० वैशाख २७ गते काठमाडौंको सतुङ्गल गाविसमा अवैधानिक रुपमा गठन गरिएको राष्ट्रघाति र जनघाती सरकारले कथित निर्वाचनका नाममा गर्न गैरहेको नामावली संकलनको विरुद्ध थानिय जनताले विरोध गर्ने क्रममा रेग्मीको सरकारले हाम्रो पार्टर्ीीेकपा-माओवादीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सचिव क. सुरेश श्रेष्ठ, नेवा राज्यका सचिवालय सदस्य क. बुद्धी नेपाली ‘विराट’, राज्य सदस्य क. शम्भु कार्की, काठमाडौं जिल्ला सदस्य क. विष्णु कार्की, क. कीशोर न्यौपाने लगायतलाई गिरफ्तार गरीएको र अन्य कतिपयलाई लाठी चार्ज गरी मासलाई तितर वितर वनाइएको प्रति हाम्रो पार्टर्ीीेकपा-माओवादी नेवा राज्य समितिको गम्भीर ध्यान आकर्षा भएको छ । विरोध गर्न पाउने मौलिक अधिकार समेतलाई कुल्चदै गरीएको उक्त दमन तथा धरपकडको घोर विरोध गर्दै गीरफ्तार गरिएका हाम्रो पार्टर्ीी नेता कार्यकर्ताको तुरुन्त रिहाईको माग गर्दछौं । अन्यथा त्यसबाट निस्कने परिणामको जिम्मेवार समेत स्वयम सरकार हुने जानकारी गराउँछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु