चैत्र २९ गते फेवा महोत्सव

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । आन्तरिक पर्यटन पर््रवर्द्धनका लागि पश्चिमाञ्चल होटल संघ पोखराले यही चैत २९ देखि दसौँ फेवा नव वर्षहोत्सव आयोजना गर्ने भएको छ । ‘फेवा बचौँ” नारा हुने सो महोत्सव फेवाताल किनारस्थित बसुन्धरा पार्कमा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पाँचतारे होटलदेखि स्थानीय खानाका परिकारको पर््रदर्शन, लोकदोहरी गीत, पर्यटक दौड प्रतियोगिता, कृषि तथा ग्रामीण पर्यटनलाई प्रोत्साहन गर्न निःशुल्क कक्ष, हेलिकोप्टरको शयर, घरेलु तथा हस्तकला सामग्रीको पर््रदर्शनलगायत आकर्षा रहने सो महोत्सवमा ६० कक्ष रहनेछन् । महोत्सव अवधिभर आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।
यसबिच, कपिलवस्तुको तौलिहवमा जिल्लाको ऐतिहासिक, पुरातात्विक स्थल तथा सास्कृतिक जर्गेना गर्ने उद्देश्यका साथ नयाँ बर्षो उपलक्ष्यामा मिनि प्याराथन दौड गरिने भएको छ । त्यसका लागि गिरीजेश शरण चौधरीको संयोजकत्वमा नव बर्षउत्सव समिति समेत गठन गरिएको छ । बैशाख १ गते हुने सो दौडमा १० बर्षेखि माथीका पुरुष र महिला दुबै सहभागी हुन सक्ने आयोजकले जानकारी दिएका छन् । बुद्धपदम उच्च माबिको मैदानबाट शुरु गरिने सो दौडले तौलिहवाको परिक्रमा गर्ने बताईएको छ । सो दौडमा प्रथम, द्धितिीय, तृतिय तथा चौथो र पाँचौ हुनेलाई क्रमशः पाँच हजार एक सय, तीन हजार एक सय, एघार सय, तथा पाँच नगद पुरस्कार प्रदान गरिने सल्लाहकार पशुपतिमणि त्रिपाठीले बताएका छन् । जिल्लामा छरिएर रहेका धार्मिक, साँस्कृति धरोहरलाई सक्षम बनाई जिल्लालाई खुला संग्रहालयकोरूपमा बिकसित गरी पर्यटकीय विकासका लागि प्रचारप्रासर गर्ने मनासयले कार्यक्रम राखिएको आयोजकको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार