शिक्षकद्वारा अनशन सुरु

२०६९ चैत्र ११ गते, आईतवार


काठमाडौ। नक्कली प्रमाणपत्रधारीलाई तलबसहित हरेक सुविधा उपलब्ध गराइएको भन्दै छानबिनको माग राखी पाँचजना राहत शिक्षकद्वारा हिजोदेखि जिल्ला प्रशासन कार्यालयबाहिर आमरण अनशन सुरु गरिएको छ ।आमरण अनशन सुरु गर्नेमा पीडित राहत शिक्षक हकहित संरक्षण सङ्घर्ष समितिका संयोजक सुमित्रा यादव, रीता यादव, अनुराधादेवी दास, सुशीला सिंह र अमृता यादव छन् । कानुनी प्रक्रिया पूरा गरी शिक्षक पेसामा संलग्न धनुषा जिल्लाका ७० शिक्षकलाई १८ महिनादेखि तलब उपलब्ध नगराई नक्कली प्रमाणपत्रधारीलाई हरेक सुविधा उपलब्ध गराइएको आरोप उनीहरुको छ । उनीहरुबाट नियुक्ति मिति र अध्यापन अनुमतिपत्र जारी मिति मिलान गरी छानबिन गर्नुपर्ने, एकमुष्ट तलब उपलब्ध गराउनुपर्ने, फर्जी चिठीका आधारमा नियुक्ति गर्ने प्रधानाध्यापकलाई कारबाही गर्नुपर्ने र आन्दोलनरत पक्ष सम्मिलित छानबिन समिति गठनको मागसमेत अघि सारिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु