कामपाले फूटपाथका व्यापारी हटाउनेकामपाले फूटपाथका व्यापारी हटाउने

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ । काठमाडौं महानगरपालिकाले आगामी चैतसम्ममा फूटपाथका व्यापारी र जथाभावी भइरहेको पार्किङलाई हटाउने भएको छ । आगामी चैतदेखि फूटपाथ र पार्किङको व्यवस्थापनका साथै होडिङबोर्ड पनि हटाउन महानगरपालिकाले विभिन्न क्षेत्रका सरोकारवालाहरूसाग छलफल थालेको छ । सुरक्षाकर्मी, ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणसहितको छलफलपछि आगामी चैतसम्म फूटपाथका व्यापारीलाई हटाई हाटबजार प्रणालीमा लैजाने, जथाभावी भइरहेको पार्किङलाई हटाउने महानगरपालिकाले जनाएको छ । छलफलमा महानगरपालिकाभित्र हाल अव्यवस्थित रूपमा रहेको पार्किङ, फूटपाथ र होडिङबोर्ड हटाउने विषयमा छलफल भएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार अव्यस्थित रूपमा पार्किङ भइरहेकाले आगामी दिनमा महानगरपालिकाले तोकेको क्षेत्रभन्दा बाहिर पार्किङ गर्न नपाउने प्रावधान ल्याउने भएको छ । यस्तै, फूटपाथ व्यवस्थापनका लागि हप्तामा एक दिन निश्चित क्षेत्रमा हाटबजार राख्ने गरी छलफल अगाडि बढाइएको अधिकारीले जानकारी दिए । उनका अनुसार पार्किङ र फूटपाथ व्यवस्थापनका सम्बन्धमा आइतबार प्रारम्भिक छलफल मात्र भएको छ भने होडिङबोर्ड फागुन १ गतेदेखि हटाउने निर्णय भएको छ  । सम्भव भयो भने, ‘हामी आगामी चैत्रभित्रमा सबै होडिङबोर्ड हटाउने भएको छौं,’ अधिकारीले भने । राजधानीमा अव्यवस्थित होडिङबोर्डले सहरी सुन्दरतामा बाधा पुर्‍याएकाले होडिङबोर्ड हटाउने निर्णय गरिएको उनले जानकारी दिए । तत्काल नवीकरण नगरी सञ्चालनमा रहेका होर्डिङबोर्ड हटाउने तयारी भइसकेको बताउादै अधिकारीले भने, ‘यसका लागि हामीले एक महिना सूचना निकालेपछि होडिङबोर्ड खसाल्नेछौा ।’ यसबारेमा विज्ञापन व्यवसायीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ । महानगरपालिकाले नवीकरण नगरी प्रदर्शनमा राखिएका होडिङबोर्ड हटाउने अधिकार भए पनि अन्य होडिङबोर्डका व्यवसायीसाग छलफल नगरी हटाउन खोजिएको हो भने गलत निर्णय भएको उनको भनाइ छ । उनका अनुसार स्थानीय स्वायत शासन ऐन २०५५ अनुसार काठमाडौं महानगरपालिकाले आˆनो क्षेत्रभित्रका सडक, चोक, सार्वजनिक स्थलमा विज्ञापन, प्रचारप्रसार आदिका लागि राख्न दिने साइन बोर्ड ग्लोबोर्ड स्टल आदिमा कर लागउन सक्नेछ । महानगरपालिकाको प्रमुख आयस्रोत घरजग्गा कर, दोस्रो आयस्रोत व्यवसाय कर र नक्सापास करपछिको चौथो आयस्रोतका रूपमा विज्ञापन कर हो । विज्ञापन करमार्फत् काठमाडौं महानगरपालिकामा वाषिर्क २ करोडसम्म राजस्व संकलन गर्नेछ । उपत्यकामा  ७ सय होडिङबोर्ड रहेकोमा महानगरपालिकाभित्र मात्र ६ वटा होडिङबोर्ड रहेका छन् भने पार्किङबाट महानगरपालिकाले हाल ५५ लाख रूपैयाामा राजस्व संकलन गर्दै आएकोमा व्यवस्थित भएपछि २ करोड रूपैयाासम्म राजस्व संकलन गर्ने लक्ष्यसमेत लिएको छ ।

प्रतिक्रियाहरु