प्रधानमन्त्रीले उही कुरा दोहोर्‍याए

२०६९ मंसिर २६ गते, मंगलवार

हेटौंडा, मंसिर २६ – अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको लागि मकवानपुरको हर्नामाडी आइपुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच चाँडै सहमति हुने दोहोर्‍याएका छन् । राष्ट्रपतिले सहमतीय सरकारको लागि आव्हान गर्दै तेस्रो पटक दिएको ६ दिने म्याद सकिन लाग्दा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

प्रधानमन्त्री भट्टराईले हिजो सोमबार पनि बिभिन्न कार्यक्रममा दलहरुबीच चाँडै सहमति हुने दाबी गरेका थिए । मकवानपुरको हर्नामाडी- ७ मा आयोजित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको समापन गर्दै मंगलबार भट्टराईले राजनीतिक दलले मात्रै मुलुकलाई निकास दिने टिप्पणी गरे । ‘राजनीतिक दलबाहेक अरुले मुलुकलाई निकास दिन सक्दैनन्’, प्रधानमन्त्रीले भने,’दलहरुबीच चाँडै सहमति हुन्छ ।’

उनले दलहरुबीच चाँडै सहमति भएर बैशाख संबिधानसभाको दोस्रो चुनाव हुने दोहोर्‍याए ।

प्रतिक्रियाहरु