वैदेशिक कामदारका लागि स्मार्ट कार्ड

२०७१ कार्तिक २८ गते, शुक्रबार


काठमाडौ। वैदेशिक रोजगारीको व्यवस्थापनका लागि छिटै स्मार्ट कार्डको व्यवस्था हुने भएको छ ।वैदेशिक रोजगारीमा जाने कामदार ठगिने, भनेको सूचना लिन नसक्ने जस्ता समस्या समस्या समाधान गर्न कामदारलाई लक्षित गरी सरकारले स्मार्ट कार्डको व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले सबै काम कार्डबाटै गर्न सकिने गरी सरकारले नयाँ व्यवस्था गर्न लागेको बताए । उनले स्मार्ट कार्ड बनेपछि वैदेशिक रोजगारीमा जाने कामदार ठगिनबाट जोगिने पनि बताए ।
विभागले अहिले विदेश जानुअघि लिने तालिमको नक्कली प्रमाणपत्र बन्न थालेपछि अनुगमन पनि गरिरहेको छ । अनुगमनबाट धेरैलाई सचेत गराइएको ढकालले बताए ।केहीदिनमा म्यानपावर कम्पनीलाई पनि निगरानीमा ल्याउने ढकालको भनाई छ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि कात्तिक १५ गतेसम्म साढेै २ लाख युवा कामका लागि विदेशिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु