मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०७५ श्रावण ३ गते, बिहीबार

काठमाडौँ, ३ साउन । मुग्लिन–नारायणगढ सडक पुन अवरुद्ध भएको छ । चितवन प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा पहिरो खसेपछि सडक पुन अवरुद्ध भएको हो । पहिरो ठूलो भएको कारण पन्छाउन दिनभर लाग्न सक्ने प्रहरीको अनुमान छ । अहिले पानी रोकिएपनि फेरि आउन सक्ने बताइएको छ । फेरि पानी परेमा पहिरो पन्छाउन गारो हुने प्रहरीको भनाई छ ।
सडक दुवैतर्फी खुलाउन ६ घण्टाभन्दा बढी समय लाग्न बताइएकोक छ । सडक विस्तारको क्रममा काटिएको भित्त खसेको छ ।

प्रतिक्रियाहरु