नाकाबन्दीको प्रसबमा भाईटिका – धनबहादुर चन्द

२०७२ कार्तिक २६ गते, बिहीबार

नेपाली धर्मसस्कृति र धार्मिक मौलिकता तथा सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड दिपावलि आम नेपालीहरुको घरदैलोमा प्रबेस गरिसकेको छ। परापुर्बकालमा कालबाट बचाउन र आफ्नो भाईको दिर्घायुकोलागी एउटा बहिनिले गरेको भाईपुजाको ईतिहास पौरानिक दन्तेकथामा भेटाउन सकिन्छ। हरेक कार्तिक सुक्लपक्षमा मनाउदै आएको यस चाड करिब पाचदिन धुमधामसङ्ग मनाउने गरिएको छ। कार्तिक सुक्लपक्षको तृयोदसिका दिन परापुर्बकालमा राजामहाराजाहरुको सुखदुखको सन्देस आदानप्रदान गराउने तथा संचारको प्रतीक मानिदै आयको कागको पुजा अर्चना गरिन्छ। त्यसदिन छरिएर रहेका कागहरुलाई उनिहरुको उपयुक्तस्थानमा खाना छोडिन्छ। चतुर्दसिको दिन घरको हेरचाह गर्ने र आफ्नो आफन्तहरुको राम्रो नराम्रो थाहापाउने कुकुरको पुजा गरिन्छ। त्यसदिनपनि कुकुरलाई मीठो खानेकुरा खुवाएर अनि फुलको माला लगाइदिएर पुजा अर्चना गरिन्छ। त्यस्तै तेस्रो दिन औसिको दिन लक्षिको प्रतीक गाईको पुजाअर्चना गरि माला लगायर चामलको पिठोको रोटि पकाएर खुवाईन्छ र धनधान्यकी देबि लक्ष्मीको पुजा गरिन्छ। यसदिन घरको प्रमुख ढोकाको अगाडि रातोमाटोले पोतेर घरको भित्री कोठासम्म रातोमाटोको बाटो बनाएर झिलिमिली बत्ति बालेर बेलुकापख लक्ष्मिलाई भित्र्याईने जनबिस्वास रहेको छ। साथै घरभित्र भएका पैसा, अन्नबाली, तथा चल अचल सम्पत्तिको पनि पुजा गरिन्छ । त्यस्तै चौथो दिन , राजा इन्द्रको आक्रमणमा भगवान श्री कृष्णले बचाएको भन्ने जनबिस्वासमा गोबर्धन तथा गोरु पुजा गरिन्छ र गोरुलाई मीठो खाना र परिकारहरु खुवाउने प्रचलन छ । त्यसदिन बाबियोको लामो डोरी बनाएर फुलमाला बाधेर घरको परतिर बाटोमाथी बाधिन्छ यस्को कारण घरमा कुनै रोगहरु लग्दैन भन्ने बिस्वास रहदै आएको छ। त्यस्तै तिहारको अन्तिम तथा पाचौ दिन भाईटिका हुन्छ। आफ्नो दिदीको घरमा टीका लगाउन जादै गरेको भाईलाई नागदेबताले बाटो छेकेर खाना लाग्दा हारगुहार गरि दिदिलाई टिका लगाएर आउछु भनि बाचा गरेर गएका भाईको कहानी सुनेपछी दिदिले भाईको दिर्घायुको पुजा गरेको र पछि भाई बाचेको भन्ने जनबिस्वास रहदै आएको छ।
भाईटिकामा घर भन्दा बाहिर रहेका दाजुभाइ तथा दिदिबहिनीहरु यसै चाडको मौलिकता र पृथकता सम्झेर टुप्लुक्क घर आई पुग्ने गर्दछन। आ-आफ्ना घरजम गरेका दिदिबहिनीहरुपनि यहि मौकाछोपी बर्ष दिनभरिको थकान मेटाउन माईतीमा आईपुग्छन। आफनो घरको करेसाबारी र वरपर रोपेका फुलहरु फुलेर बाताबरण नै पहेलै भएको हुन्छ र घरको माहोल नै बेग्लै बनेको हुन्छ । भर्खरै छरेका गहु पिपिरे भएर शीत बोकिरहेको देख्न सकिन्छ। भाईटिकाको बिहानै दिदिबहिनी मिलेर दुबो, कहिलै नओईलाउने मखमली फुल, गुराधौली फुल, सयपत्री फुल जस्ता फुलहरुको माला गास्छन र धेरै मिठा मिठा खानेपरिकारहरु सेल रोटि, फिनि रोटि, अर्सा रोटि, अचार जस्ता धेरै परिकारहरु तयार गर्छन अनि ठिक साईत पारेर सबैजना घरको आगनिमा गोल भयर सुकुल, मान्द्रोमा बस्छन अनि दिदिबहिनीले पनि तेलको घेरोले तीन देखि पाँच पटकसम्म घेरा लगाउछन सायद त्यो तेलको घेरा सत्तेता र बिस्वासको होला। अनि एउटा टपरिमा दियो बत्ती बालेर नजिकैको खोलामा गएर बगाउछन , अनि घरको मुल ढोकामा ओखर फोर्छ्न ताकी आफ्नो दाजुभाइको सत्रुहरु सबै नस्ट होउन । त्यसपछी दुहुनोमा घोलेको सप्तरङ्गी टिकाले दाजुभाइको निधार रङ्गाईदिन्छन। मिलेर बसेको त्यो दाजुभाइको ताती अनि निधारमा सप्तरङ्गी टीका, गलाभरि फुलकोमाला पैराईदिएर मिटा मिठा खानेकुराहरु दिएर आफ्ना दाजुभाइको दिर्घायुको कामना गर्छन । दिदिबहिनीलाईपनि नयाँ कपडा, दक्षिणा दिएर खुसीसङ्गा रमाउछन। यस्तै तिहारमा हरेक घरघरमा देउसिभैलो खेलेर रमाईलो गर्ने र नाङ्लोमा खानेकुरा अनि केही दक्षिणा दिने प्रचलन पनि छ।
यसरी तिहार मनाइसकेपछी केहिदिनमा सबैजना आआफ्नो काममा लाग्छन र आ आफ्नो घर ब्याबहारतिर लाग्छन । यसरी मनाउदै आएको नेपाली मौलिकताको पर्व यो बर्ष बिगत झै बनेन । बिगतमा चाडबाडको बेला ब्यस्त हुने बजार यो वर्षा त्यति ब्यस्त बनेनन, बिगतमा ब्यस्त हुने सडक, राजमार्ग, बसपार्क, अन्तरास्ट्रिय बिमानस्थल पनि यो बर्ष ब्यस्त बनेनन। बरु अधिराज्यका हरेक क्षेत्रहरूमा रगतको होलि चल्यो, एक अर्कामा ब्रितिष्ण पैदा भयो, भाईचाराको सम्बन्ध टुट्यो, सबैको मनमा निरास उत्पन्न भयो, अन्ततोगत्वा देसमा नाकाबन्दी भयो र ठाउँठाउँबाट घरफर्किने आफन्तहरु बिचबाटोमै अलपत्र भए , राम्रो किनमेल गर्न पाएनन। केही महङ्गो तिरेर किनेको परिकार पकाउन पाएनन किनकी नाकाबन्दीले अतिआबस्यक तथा दैनिक उपभोग्य सामान र ग्यास, पेट्रोल, डिजेल तथा मट्टितेल जस्ता सामान आयात हुनसकेन । हो, त्यसैले त नाकाबन्दीको प्रसबको पिडामा छट्पटाउदैछ भाईटिका। आज हरेक नेपालीहरुको घरमा चुल्हो निभेको छ, एकठाउबाट अर्कोठाउ जादा साधनमा ईन्धन छैन। सरकार मौन बनेर बसिरहेको छ । ताकी देशमा कुनै समस्या नै छैन झै गरेर । तरपनि , हामी नेपालीहरु रास्ट्रियताको लागि भएपनि यो बर्षको भाईटिका दुखमै मनाउन सक्छौ तर, रास्ट्र र रास्ट्रिययताको लागि कसैसङ्ग नझुक्न बरु रास्ट्रिय स्वाधिनताको मुक्ति आन्दोलनमा लामबद्द भएर ऐक्यबद्धता दिलाउना चाहन्छौ , सरकार तथा आम राजनितिक पार्टी र आम नेपाली जनतालाई बिनम्र अनुरोध गर्न चाहन्छौ । अन्तिममा दुखको समयमा हरेक नेपालिहरुमा यो दुखको सामना गर्न सक्ने कुसलता र क्षमताको बिकासका साथै एक आपसमा मेलमिलाप, सहयोग, मित्रबत र रास्ट्रियताको भावना पैदा होस भन्दै आफ्नो देशको परिस्थिती र आफ्नो क्षमतासङ्ग मिल्ने गरि यो दिपावलिलाई जे जसरी भएपनि खुशीकासाथ् मनाउ, हामी सबैले चाहेको मनोकाङ्क्षा पुरा होस, यहि मेरो शुभ दिपावली २०७२ को हार्दिक हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रियाहरु