सैन्य बिमान दुर्घटनावाट १० जनाको ज्यान गयो

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौं, १२ माघ । स्पेनमा सैन्य बिमान दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । अरु १३ जना र्घाईते छन् जसमा ६ जनाको अवस्था चिन्ताजनक छ ।रक्षा मन्त्रालयका अनुसार लस ल्आनोसमा रहेको एक सैनिक अड्डामा भएको दुर्घटनामा ८ फ्रान्सेली नागरिकको ज्यान गएको छ । ग्रीक एफ १६ विमान अर्को विमानसँग ठोक्किएपछि दुर्घटना भएको अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । अरु ५ वटा विमानमा पनि क्षती पुगेको छ । र्घाईते धेरै फ्रान्स र इटलीका छन् ।
एक जना पाईलटको गल्तीका कारण दुर्घटना भएको खबरमा उल्लेख छ । फ्रान्स का रक्षा मन्त्री जिन इभ्स् लि डे्रनले आज घटनास्थलको अनुगमन गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु