बिश्व

निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ को मृत्यु

काठमाडौं, १९ कार्तिक । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । एक कारखानाको निर्माणाधीन भवन भत्किँदा अन्य १ सय ५० जना श्रमिक पुरिएको आशंका गरिएको छ । पुरिएकाहरुको खोजी र उद्दार जारी छ । भत्किएको भवनभित्र मानिसहरु कराइरहेको आवाज सुनिएको अधिकारीहरुले बताएका छन् । भवन भत्किएको स्थानमा पुरिएका ४५ जनाको […]

२०७२ कार्तिक १९ गते, बिहीबार

भारतद्वारा आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, १८ कार्तिक । वीरगंजमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । नेपालको तराई–मधेसमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारतले सो रोक लगाएको हो । यसअघि वीरगंजमै अवरुद्ध नाका खुलाउने क्रममा मितेरी पुलबाट नियन्त्रणमा लिइएका पाँच धर्नाकारीमध्ये दुई जना भारतीय रहेको नेपाल प्रहरीले जनाएको थियो । […]

२०७२ कार्तिक १८ गते, बुधबार

मोदीको क्षेत्रमा भाजपाको लज्जास्पद हार

काठमाडौं, १७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ । वाराणसीको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेका छन् । यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमा पनि भाजपाले चार […]

२०७२ कार्तिक १७ गते, मंगलवार

रुसी विमान आकाशमै टुक्रिएको खुलासा

काठमाडौं, १६ कार्तिक । रुसका एक अनुसन्धानकर्ताले इजिप्टमा दुर्घटनाग्रस्त रुसी विमान आकाशमै टुक्रिएको बताएका छन् । रुसी अन्तर्राष्ट्रिय उड्ययन कमिटीका भिक्टर सोरोचेले पत्रकार सम्मेलन गरी विमानका टुक्रा लगभग २० किलोमिटर टाढासम्म छरिएको भेटिएकाले विमान आकाशमै टुक्रिएको दाबी गरेका हुन् । इजिप्टको साइनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त रुसी विमानमा सवार २ सय २४ जनाको मृत्यु भएको थियो […]

२०७२ कार्तिक १६ गते, सोमबार

विमान दुर्घटनाग्रस्त, अवशेष फेला पर्‍यो

काठमाडौं, १४ कार्तिक । रसियन एअरलाइन्स ‘कोगालिमाविया’को ‘ए–३२१’ एअरबस विमान शनिबार इजिप्टको मध्य सिनाइमा दुर्घटना भएको छ । २ सय १७ यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको इजिप्टका प्रधानमन्त्री शरिफ इस्माइलले पुष्टि गरेका छन् । इजिप्टको शर्म–अल–शेख सहरबाट रुसको पिटसवर्गका लागि उडेको विमानमा चालक दलका ७ सदस्यसहित २२४ जना सवार रहेको जनाइएको छ । विमानमा अधिकांश […]

२०७२ कार्तिक १४ गते, शनिबार

सिरियामा युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ कार्तिक । सिरियाको गृहयुद्धमा अलगअलग पक्षको समर्थन गरिरहेका देशहरुले युद्ध अन्त्यको दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सिरियाली संकट समाधानको उपाय खोज्न अस्ट्रियाको भियनामा भएको छलफलमा सहभागी देशहरुबीच राष्ट्रपति बसर अल असदको भविष्यलाई लिएर भने केही सहमति बन्न सकेन । बैठकमा अमेरिका, रुस, इरान, टर्की र साउदी अरेबियाका प्रतिनिधी सहभागी थिए । […]

२०७२ कार्तिक १४ गते, शनिबार

उड्न लागेको जहाजमा आगो लाग्यो, १५ जना घाइते

काठमाडौं, कार्तिक १३ । अमेरिकाको हलिउड इन्टनेसनल एयरपोर्टबाट भेनेजुएलाका लागि उडान भर्न लागेको डाइनामिक एयरलाइन्सको बोइङ ७६७ को बायाँ इन्जिनमा इन्धन चुहिएपछि आगलागी भएको छ ।सो जहाजमा आगो लाग्दा १५ जना घाइते भएका छन् । आगलागीपछि विमानमा रहेका यात्रुहरुलाई सकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए । […]

२०७२ कार्तिक १३ गते, शुक्रबार

बहुपक्षीय वार्तामा इरान पनि सहभागि हुने

काठमाडौं, १२ कार्तिक । सिरिया संकटबारे अष्ट्रियाको भियनामा हुने बहुपक्षीय वार्तामा इरानले पनि भाग लिने भएको छ । आफूहरुलाई आएको निम्तोको समीक्षा गरिएको र उक्त वार्तामा विदेशमन्त्री जावेद जरिफले सहभागिता जनाउने विदेश मन्त्रालयका प्रवक्ता मर्जीह अफखमले जानकारी दिए । इरान अमेरिकाको साथ यस्तो बहुपक्षीय वार्तामा संलग्न हुन लागेको यो पहिलो अवसर भएको पनि बताइएको छ […]

२०७२ कार्तिक १२ गते, बिहीबार

सिरियाबारेको वार्तामा इरानलाई निम्त्याउने सम्भावना

काठमाडौं, ११ कार्तिक । सिरियाका बारेमा अमेरिका र रुसबीच भइरहेको वार्तामा इरानलाई पनि आमन्त्रण गरिने सम्भावना बढेको छ । आगामी बिहीबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने बैठकमा इरानको सहभागिता जरुरी रहेको भन्दै अमेरिका र रुसले यस्तो निर्णय गरेको जनाइएको छ । यद्यपी इरानले बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे केही बोलेको छैन । सिरियाका राष्ट्रपति […]

२०७२ कार्तिक ११ गते, बुधबार

भूकम्पबाट सयौको मृत्यु हजारौ घाइते

काठमाडौ १० कार्तिक । अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी पाकिस्तान र अफगानिस्तानमा गरी कम्तीमा २६० जनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पाकिस्तानको खैवर पख्तुन्वा र फाटामा ठूलो क्षति भएको छ । थुप्रै बेपत्ता भएका छन् […]

२०७२ कार्तिक १० गते, मंगलवार