समाज

नगर सूचना केन्द्र स्थापना

काठमाडौं, २६ बैशाख । म्याग्दीको बेनी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा नगर सूचना केन्द्र स्थापना गरेको छ । नगर क्षेत्रका सूचनालाई व्यवस्थित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरेको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिका कार्यालय परिसरमै स्थापना गरिएको केन्द्रले सर्वसाधारणलाई आधुनिक सूचना प्रणालीसँग आबद्ध गर्दै नगरवासीमा समयमै सही सूचना प्रवाह गर्न सहयोग पुग्ने नगरपालिकाका कार्यकारी अधिकृत […]

२०७३ बैशाख २६ गते, आईतवार

२३ पदक सहित बालाजु कराते-डो टिम च्याम्पियन

काठमाडौं, २६ बैशाख । सितोरियो कराते पचली भैरब डोजो र सतुङ्गल डोजोको आयोजनामा “पश्चिम भ्याली ओपन कराते प्रतियोगिता २०७३”यही बैशाख २५ गते सम्पन्न भएको छ । सतुङ्गल, काठमाडौँमा सम्पन्न भएको प्रतियोगिताको नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले उत्घाटन गरेका थिए । आयोजक डोजोका प्रशिक्षक तथा कार्यक्रम संयोजक सागर शाहीले संचालन गरेको उक्त प्रतियोगितामा रेफ्रीको […]

२०७३ बैशाख २६ गते, आईतवार

आज कानुन दिवस

काठमाडौ, २६ बैशाख । आज कानुन दिवस, नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवसका रुपमा मनाउने गरिएको छ । आज दिउँसो १ बजे अदालत परिसरमा हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता […]

२०७३ बैशाख २६ गते, आईतवार

बालगोपालेश्वर मन्दिर सोमबारदेखि भत्काइने

काठमाडौँ, २५ वैशाख । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर गत बुधबारदेखि भत्काउने भने पनि आन्तरिक कारणले गर्दा सुरु हुन सकेको छैन । पुनःनिर्माणका लागि जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिर अहिलेको जस्तै बनाउनुपर्ने भएकाले त्यसका लागि केही काम बाँकी रहेको हुँदा आगामी सोमबारदेखि मात्र […]

२०७३ बैशाख २५ गते, शनिबार

युवाविहीन बन्दै गाउँ

काठमाडौ, २५ वैशाख । एकपछि अर्को गर्दै गाउँका युवा वैदेशिक रोजगारमा हिँडेपछि पूर्वी मोरङको राजघाट गाविसका गाउँटोल युवाविहीन भएको छ । गाउँमा बहुसङ्ख्यक युवा नहुँदा नियन्त्रणमा लिन सकिने आगलागीले राजघाट–६ का नरेन्द्र देवानको परालको माच हेर्दाहेर्दै खरानी पा¥यो । उहाँ भन्नुहुन्छ– “गाउँमा बूढापाका, महिला र केटाकेटी मात्रै छन् । हामी बूढापालाई बारुणयन्त्र र प्रहरी बोलाउने […]

२०७३ बैशाख २५ गते, शनिबार

नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौ, २५ वैशाख । शुक्रबार रातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक अहिले बिहान ६ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो । पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै […]

२०७३ बैशाख २५ गते, शनिबार

राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित

काठमाडौ, २४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको छ । भण्डारी वैशाख २७ गते भारत भ्रमणमा जाने कार्यक्रम थियो । सरकारले राष्ट्रपतिको भारत भ्रमणलाई अनुमोदन नगरेका कारण उनको भ्रमण रद्द भएको स्रोतले बतायो । मन्त्रिपरिषदले राष्ट्रपतिको भ्रमणलाई स्वीकृत नगर्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।

२०७३ बैशाख २४ गते, शुक्रबार

गोकर्णेश्वरमा कान्तिभैरव जात्रा

काठमाडौँ, २४ वैशाख । ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वरमा सुरु भएको छ । राजा मानदेवको पालादेखि हालसम्म निरन्तर चली आएको कान्तिभैरवको जात्रा वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातबाट वैशाख शुक्ल तृतीयाका […]

२०७३ बैशाख २४ गते, शुक्रबार

आज मातातीर्थ औंसी

काठमाडौं, १४ वैशाख । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औंसीका दिन हिन्दू धर्मावलम्बीले आमाको मुख हेर्ने दिनका रुपमा मनाउने गर्दछन् । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाईने चलन छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान […]

२०७३ बैशाख २४ गते, शुक्रबार

आवास निर्माणका लागि अनुदान भोलिदेखि

काठमाडौँ, २३ वैशाख । सिन्धुलीमा भूकम्पपछिको आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया भोलिदेखि पुनः सुरु हुने भएको छ । आवास निर्माणका लागि अहिले जिल्लामा ४९ जना इन्जिनियरको टोली आइसकेकाले भोलिदेखि एक गाविसबाहेक अन्य गाविसमा आवास निर्माणका लागि अनुदान वितरण प्रक्रिया सुरु हुने भएको हो । आज बेलुकासम्ममा हाजिर हुन आएका ४९ जना इन्जिनियरलाई गाविसको जिम्मेवारी […]

२०७३ बैशाख २३ गते, बिहीबार