समाज

दूध बेचेर पानी किन्नुपर्ने बाध्यता !

काठमाडौ, २३ बैशाख । पानीको मुहान सुकेर उत्पन्न हाहाकारले दूध बेचेर पानी किन्नुपर्नेसम्मको अवस्था आएको छ । काभ्रेको तिमाल क्षेत्रमा प्रत्येक बिहान दूध लिन जाने ट्रकले भकुन्डेबेसी र पात्लेखेतबाट ड्रममा पानी भरेर लैजाने र प्रतिलिटर डेढदेखि दुई रुपैयाँसम्म विक्री गर्छ । काभ्रे खनालथोकका कृष्ण खनाल पानीको यति धेरै हाहाकार पहिले कहित्यै नभएको बताउँछन । ‘दूध […]

२०७३ बैशाख २३ गते, बिहीबार

डिभीको नतिजा सार्वजनिक

काठमाडौं, २२ वैशाख। अमेरिकी डाईभर्सिटी भिसा अर्थात इडिभी २०१७ को नतिजा सार्वजनिक भएको छ । सन् २०१५ को अक्टोबर १ तारिखदेखि नोभेम्बर ३ तारिखसम्म इडिभी प्रोग्राममा सहभागी हुनेहरुले भरेको डिभी चिठ्ठाको नतिजा गएराति सार्वजनिक भएको हो । डिभी चिठ्ठाको नतिजा हेर्न वेबपेज ‘डिभीलटरी डट स्टेट डट गर्भरमेन्ट’मा गएर कन्फरमेसन नम्बर र जन्म मिति हालेर हेर्न […]

२०७३ बैशाख २२ गते, बुधबार

लागूऔषधको कारोबारी ५० लाखसहित पक्राउ

काठमाडौं, २१ वैशाख । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध एमफेटामाइन (आइस)का अन्तर्राष्ट्रिय कारोबारीलाई ५० लाख रुपैयाँसहित पक्राउ गरेको छ । लागूऔषध एमफेटामाइन (आइस)को अन्तर्राष्ट्रिय कारोबारीको नेपालका एजेन्ट पूर्णबहादुर पाख्रिन तामाडलाई प्रहरीले पक्राउ गरेको हो । ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाख्रिनलाई सार्वजनिक गरेको हो । धादिङ सत्यदेवी घर भएका पाख्रिन काठमाडौं र […]

२०७३ बैशाख २१ गते, मंगलवार

विश्व युद्ध लडेका योद्धाले लिए प्रतिलिपि नागरिकता

काठमाडौं, २१ वैशाख । दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिनुभएको छ । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिनुभएको हो । गुरुङ नवलपरासी घर भएका दोस्रो विश्व युद्धको वीर योद्धा हुनुहुन्छ । दोस्रो विश्व युद्धका जीवित योद्धा चन्द्रसिंह गुरुङले जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता प्रमाणपत्र […]

२०७३ बैशाख २१ गते, मंगलवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २१ वैशाख । आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ मनाइदैं छ । प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता दिवस मनाइदैं आएको छ । गत वर्ष भूकम्पका कारण प्रेस स्वतन्त्रता दिवसको कुनै कार्यक्रम नगरिए पनि यस वर्ष भने संचारसँग सम्बद्ध […]

२०७३ बैशाख २१ गते, मंगलवार

भीमदत्त नगरपालिकामा तालाबन्दी

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका कार्यकर्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नियुक्तिको माग गर्दै नगरपालिका कार्यालयको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका छन् । लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने कामकाज ठप्प भएपछि स्थानीयलाई सास्ती भएको भन्दै कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दीसहित धर्ना दिएका हुन् । गत भदौमा कार्यकारी अधिकृतको जिम्मा […]

२०७३ बैशाख २० गते, सोमबार

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौ, २० बैशाख । संवैधानिक परिषद्को बैठक आज पुन बस्दैछ । आजको बैठकमा करिब तीन साताअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्तिका लागि गरिएको सिफारिसमा सभामुखले हस्ताक्षर गर्ने बताइएको छ । बैठकमा प्रतिपक्षका नेता शेरबहादुर देउवा पनि परिषद् सदस्यका रूपमा बैठकमा सहभागी हुन्छन । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री […]

२०७३ बैशाख २० गते, सोमबार

बोक्सीको आरोपमा महिलाको हत्या

काठमाडौँ, १९ वैशाख । रसुवामा बोक्सीको आरोपमा एक महिलालाई कुटपिट र आगो लगाइ हत्या गरिएको छ । प्रहरीले आज हत्यारा तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यार्सा–९ घोर्मुका कान्छा शेर्पा थिङ, भोर्ले–२ कासाहिला थिङ भनिने छेनुर्बु तामाङ र यार्सा–९ कि ल्वाङबुटी तामाङ रहेका छन् । उनीहरुले यार्सा गाविस वडा नम्बर–९ घोर्मुका तुलु […]

२०७३ बैशाख १९ गते, आईतवार

बृद्धबृद्धाद्वारा रोजगारीको माग

काठमाडौं, १९ वैशाख । विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै ठूलो संख्यामा रहेका ज्येष्ठ नागरिकले आज एकाबिहानै राजधानीको सडक तताएका छन् । मुलुकका ३०औं लाख बेरोजगार युवा अत्यन्तै न्यून ज्यालामा जोखिमपूर्ण काममा खाडी देशहरुमा चर्को घाममा सङ्घर्ष गरिरहेका बेला ज्येष्ठ नागरिक पनि आफ्नो श्रमको सम्मान हुन नसकेको भन्दै र्‍याली गर्दै सडकमा […]

२०७३ बैशाख १९ गते, आईतवार

मस्कुलर डिस्ट्रोफीबारे अन्तर्राष्ट्रिय सम्मेलन हुदै

काठमाडौं, १८ बैशाख । मांसपेसी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफीबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुँदैछ । मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलनमा मांसपेसी विशेषज्ञ, समाजसेवी, अनुसन्धानकर्ता तथा अन्य पेसाकर्मीले यो रोगको व्यवस्थापनसम्बन्धी छलफल हुनेछ । वरिष्ठ स्नायुरोग विशेषज्ञ तथा फाउन्डेसनका अध्यक्ष प्रा डा जेपी अग्रवालले यो रोगको बारेमा जनचेतना जगाउन […]

२०७३ बैशाख १८ गते, शनिबार