समाज

कहाँ हरायो भूकम्पपीडितलाइ आएको ३० अर्ब ?

काठमाडौं,१८ वैशाख । भूकम्प प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैया उठाएको पाइएको छ । यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसहनुसार पीडितले राहत पाएका छैनन् । वैशाख १२ देखि पुस १६ गतेसम्म विभिन्न आइीएनजिओ, एनजिओ निजी […]

२०७३ बैशाख १८ गते, शनिबार

ज्येष्ठ पत्रकारलाई सम्मानबृत्ती

काठमाडौ, १७ बैशाख । नेपाल पत्रकार महासंघले ज्येष्ठ पत्रकारहरुलाइ सम्मान गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गरेका हुन। सम्मानित १६ जना ज्येष्ठ पत्रकारलाई प्रति महिना एक हजारका दरले एक वर्षको सम्मानवृत्ति स्वरुप १२ हजार रुपैया र ज्येष्ठ पत्रकार परिचयपत्र प्रदान गरिएको […]

२०७३ बैशाख १७ गते, शुक्रबार

५० लाखको लोभमा फस्दा …

काठमाडौ, १७ बैशाख । मधेस आन्दोलनलाई उत्कर्षमा पुर्या्उन सहिद भएमा उसका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेर मधेसी नेताहरुले सर्वसाधारण लोभ्याए । संविधान जारी हुनुअघिदेखि नै शुरु भएको आन्दोलनमा त्यही लोभमा सयौं सर्वसाधारण आफ्नो ज्यानको बाजी थापेर सडकमा ओर्लिए । तर आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारको अहिले बिचल्ली हुन् पुगेको छ । वीरगन्ज नगवाका […]

२०७३ बैशाख १७ गते, शुक्रबार

थापाखोला जलविद्युत निर्माणकार्य अन्तिम चरणमा

काठमाडौ, १७ बैशाख । मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.२ मेगावाट जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म सम्पूर्ण काम ९० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत् गृह, ड्याम निर्माण, खम्बा विस्तार लगायतका ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाका साइट म्यानेजेर सुदीप खड्काले बताए । आयोजनाको मुहानदेखि टुकुचेस्थित विद्युत्गृहसम्म एक […]

२०७३ बैशाख १७ गते, शुक्रबार

रसुवागढी नाका अनिश्चितकालिन बन्द

काठमाडौ, १६ बैशाख । सुख्खा बन्दरगाह निर्माणका क्रममा चाहिनेभन्दा बढी जग्गा अधिग्रहण गरिएको भन्दै रसुवाको टिमुरे गाविसका बासिन्दाले रसुवागढी नाका बन्द गराएका छन् । उनीहरुले जग्गा अधिग्रहणको काम तत्काल अघि नबढाउन माग गरेका छन् । सुख्खा बन्दरगाहा सरोकार तथा संघर्ष समितिका संयोजक दोर्जे तामाङले आफूहरुका माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै टिमुरेमा रहेका सरकारी […]

२०७३ बैशाख १६ गते, बिहीबार

घर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौ, १६ बैशाख । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सप्तरीमा सर्वसाधारणसँग रकम ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मुस्लिम सुकुम्वासी आयोगको म उपाध्यक्ष हुँ भनी सर्वसाधारणबाट रकम ठगी गर्ने सप्तरीको दिगुवा–३ का ४५ वर्षीय तफेजुल मोहमद र सप्तरीकै डाँडा–५ का २८ वर्षीय अब्दुल रहमानलाई प्रहरीले बुधबार […]

२०७३ बैशाख १६ गते, बिहीबार

जन्ती बस दुर्घटना चालकको मृत्यु, पाँच घाइते

काठमाडौँ, १५ वैशाख । धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को १ ख २९३२ नम्बरको बस आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना हुँदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । उनी च्यापिएको अवस्थामा मृत फेला परेको ट्राफिक प्रहरीले बताएको […]

२०७३ बैशाख १५ गते, बुधबार

दृष्टिविहीन अमितको सगरमाथा चढ्ने दृढता

काठमाडौं, १४ बैशाख । बागलुङ जिल्ला सकुवा गाविस–२ मादीका ३२ वर्षीया दृष्टिविहीन अमित केसीले सगरमाथा चढ्न खोज्दा जागिर नै गुमाउनु परेको छ । सगरमाथा चढ्न जागिरले अभियानमा केही भरथेग हुन्थ्यो, त्यो पनि टुटेको छ उनको । “सगरमाथा चढ्ने प्रस्ताव राखेपछि मलाई शिक्षकको जागिरबाट निकालियो,” कुराकानीमा अमितले भने – मैले जागिर त्यागेँ, सगरमाथा चढ्ने अभियान त्यागिनँ […]

२०७३ बैशाख १४ गते, मंगलवार

खुट्टाले लेखेर ‘झमक’ जस्तै ठूलो मान्छे बन्ने सपना

काठमाडौ, १४ बैशाख । खुट्टाले लेखेर चिनिएकी रचनाकार झमक घिमिरेको जस्तै सपना रामपुर–२ बार्दाकोटका याम खाम्चाले पनि बोकेका छन्। जन्मँदै शारीरिक रुपमा अशक्त याम अहिले १८ वर्ष पुगे। गर्भमै रहँदा कमलपित्त रोगले ग्रसित याम औषधोपचारका अभावमा सधैँभरी अर्काको सहारामा बाँच्नुपरेको छ। बोल्न नसक्ने, दुवै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रोसँग सक्ने यामले खुट्टाले […]

२०७३ बैशाख १४ गते, मंगलवार

साझा आवास बनाउने तयारी

काठमाडौ, १४ बैशाख । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा बर्षाअघि नै सामुहिक सेल्टर (साझा आवास) बनाउने भएको छ । वर्षा अघि प्रभावितहरुको घर बनाउन असम्भव भएपछि अप्ठ्यारोमा बस्न सरकारले साझा आवास बनाउने तयारी थालेको छ । एक गाउँमा एउटा यस्तो आवास बनाउने गरी गृहकार्य सुरु गरेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । जेठको अन्तिमसम्ममा साझा आवास बनाउने […]

२०७३ बैशाख १४ गते, मंगलवार