समाज

आजदेखि गढीमाई मेला सुरु

काठमाडौँ । आजदेखि बाराको बरियारपुरमा प्रसिद्ध गढीमाई मेला सुरु भएको छ । मेलामा विभिन्न स्थानबाट श्रद्धालु तथा दर्शनार्थी जानेक्रम सुरु भएको छ । गढीमाई मेलामा यही मंसिर १२ र १३ गते बली दिने व्यवस्था गरिएको छ । मेलाको सुरक्षाका लागि भन्दै १६ वटा सिसी क्यामरा जडान गरिएको छ । हजारौं श्रद्धालुहरु आउने मेलामा खानेपानी, सुरक्षा, […]

२०७१ मंसिर १ गते, सोमबार

एक सय पाँच वर्षमा नागरिकता

काठमाडौँ । जाजरकोट,पुन्मा–९ दोकानकी तुल्सरी कामीले एक सय पाँच वर्षको उमेरमा गतआइतबार नागरिकता पाएकी छन् ।तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् । पैँसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका […]

२०७१ मंसिर १ गते, सोमबार

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समापन हुदै

काठमाडौ, १ मंसिर । हिजो आइतबारदेखि लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज समापन हुदैछ ।सम्मेलनमा हिजोसम्म पेश भएका विभिन्न विषयको कार्यपत्रहरुमाथि समूहगत छलफल सकेर लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन आज सकिनेछ । सम्मेलन आज सकिएपछि भोलि विदेशी अतिथिहरुलाई लुम्बिनी लगायत बौद्धसँग सम्बन्धित क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय भएको छ । नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी […]

२०७१ मंसिर १ गते, सोमबार

ठगी गर्ने म्यानपावरको कारोबार रोक्का हुने

काठमडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारले म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्नेवित्तिकै फरफारकको प्रयास नगरे म्यानपावरको कारोवार रोक्का गर्ने भएको छ । पीडित कामदारलाई द्रुत गतिमा न्याय दिलाउन विभागले यस्तो कदम चाल्न लागेको हो । विभागका महानिर्देशक विश्वनाथ ढकालका अनुसार एकातिर म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्ने र त्यही म्यानपावरले सहज ढंगले कामदारको पूर्व तथा अन्तिम […]

२०७१ कार्तिक ३० गते, आईतवार

जग्गामा नयाँ मूल्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्य तोकिएको छ ।जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन गरे पनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको स्वयम् मालपोत प्रमुखहरु नै स्वीकार्छन् । नेपाल जग्गा तथा आवास विकास संघका सचिव […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

बेपत्ता व्यक्ति १६ वर्षपछि घर फर्किए

काठमाडौ, २७ कात्तिक । मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले । गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई वेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधी घरमै ४–५ पटक आए । अरु मानवअधिकारकर्मी पनि […]

२०७१ कार्तिक २७ गते, बिहीबार

विदेशमा अलपत्र कामदारलाई तत्काल फिर्ता ल्याउ: अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा अलपत्र नागरिकलाई तत्काल फिर्ता ल्याउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले मन्त्रालयलाई पत्र लेखी वैदेशिक रोजगार प्रवद्र्धक बोर्डमा जम्मा भएको रकम परिचालन गरी उद्धार प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको हो । रोजगारीको सिलसिलामा मलेसिया, कतार, साउदी अरबलगायत मुलुकमा धेरै नागरिक अलपत्र […]

२०७१ कार्तिक २६ गते, बुधबार

बबरमहल दुर्घटनाका चालकलाई १० वर्ष थुन्न माग

काठमाडौँ ,२४ कात्तिक– बबरमहल सडक दुर्घटनाका चालक चन्द्रबहादुर तामाङविरुद् काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले तामाङलाई १० वर्ष जेल सजाय माग गरेको मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिए । प्रहरी अनुसन्धानले मादक पदार्थ सेवन गरी तामाङले तीव्र गतिमा गाडी चलाएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । सिन्धुपाल्चोकका […]

२०७१ कार्तिक २४ गते, सोमबार

बस दुर्घटनाबाट १८ घाइते

काठमाडौँ २३ कात्तिक । काठमाडौंबाट डडेल्धुरा गइरहेको बा ३ ख ५१७४ नम्बरको रात्रि बस आज बिहान बर्दियाको मगरागढी ९ नजिक दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । अत्याधिक गतिमा रहेको बस अन्यिन्त्रित भइ १५ मिटर तल झरेको हो ।घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपरमा भर्ना गरिएको मध्यपश्चिम ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

२०७१ कार्तिक २३ गते, आईतवार

लोडसेडिङको बेला पनि बिजुली !

काठमाडौं, २२ कात्तिक। नेपाल विद्युत्त प्राधिकरणले हिजोआज लोडसेडिङको बेलामा पनि बिजुली दिन थालेको छ ।केही दिन भयो, काठमाडौंमा लोडसेडिङको बेला पनि बिजुली आउँछ । लाइन गैहाल्यो भनेर स्वीच बन्द गरेर बसेकाहरुलाई कुनबेला बत्ती आइसक्यो पत्तो हुँदैन । केहीबेर बत्ती जान्छ र उतिखेरै आइहाल्छ । यस्तो कसरी संभव भयो त ? ‘चिसो सुरु भैनसकेकाले अहिले खपत […]

२०७१ कार्तिक २२ गते, शनिबार