समाज

विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्राचीन मिथिलाको राजधानी ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरमा जारी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र माता सीताको स्वयंबर गरिने भएको छ ।दिउँसो जानकी मन्दिरको प्रांगनबाट गाजाबाजाका साथ निस्किने झाँकीसहितको टोली ऐतिहासिक रंगभुमि मैदान बाह्रविघा पुगेर राम र सीताको स्वयंवर हुनेछ । आज राम मन्दिरबाट रामजीको डोला र जानकी मन्दिरबाट किशोरीजीको डोलालाई बाह्रविघा मैदानमा […]

२०७१ मंसिर ११ गते, बिहीबार

बेपत्ता योद्धाको स्मृतिमा प्रतीक्षालय

काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका योद्धाको स्मृतिमा बेपत्ता योद्धा परिवार समाज धादिङद्वारा जिल्ला प्रशासन कार्यालयको परिसरमा निर्माण गरिने स्मृति प्रतीक्षालयको शिलान्यास गरिएको छ । जिविस धादिङको पाँच लाख र आइसिआरसीको ५० हजार रुपैयाँ सहयोगमा निर्माण हुन लागेको प्रतीक्षालयको एमाओवादीको पोलिटब्युरो सदस्य हितबहादुर तामाङले शिलान्यास गर्दै प्रतीक्षालयको निर्माण काममा सहयोग गर्न आग्रह गरे । […]

२०७१ मंसिर १० गते, बुधबार

ट्रमा सेन्टर हस्तान्तरण हुदै

काठमाडौ, ९ मंसिर । भारतको सहयोगमा बनेको राष्ट्रिय ट्रमा सेन्टर आज भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिनेछ । भवन निर्माण पुरा भएर पनि छ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइराललाई हस्तान्तरण गर्ने कार्याक्रम छ । यसैका लागि ट्रमा सेन्टरको भवनमा सम्पूर्ण तयारी […]

२०७१ मंसिर ९ गते, मंगलवार

सवारी संचालनमा जोर–बिजोर प्रणाली लागु

काठमाडौ, ८ मंसिर । सार्क सम्मेलनका लागि सवारी व्यवस्थापन सहज बनाउन आजदेखि काठमाडौ उपत्यकामा जोर–बिजोर प्रणाली लागु भएको छ ।जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन मात्र चलाउन पाइन्छ भने बिजोर गते बिजोर नम्बर भएको सवारी साधन संचालन हुनेछ । ट्राफिक प्रहरी महाशाखाले गरेको योे व्यवस्था मंसिर १२ गतेसम्म ५ दिन लागु हुने […]

२०७१ मंसिर ८ गते, सोमबार

सार्कमा जनतालाई सास्ती

काठमाडौँ । र्सार्क शिखर सम्मेलनभरि राजधानीका जनताले सास्ती व्यहोर्नु पर्ने भएको छ । सरकारले र्सार्क शिखर सम्मेलनको दिन मंसिर १० र ११ गते सम्मेलनका लागि राजधानी ठप्प बनाउने तयारी गरेको छ । सुरक्षा र सवारीको कारण देखाउँदै र्सवसाधारणको दैनिकी प्रभावित हुने गरी ठप्प झैँ पार्न लागेको हो । सरकारले मंसिर नौ गतेदेखि चार दिनसम्म विद्यालय […]

२०७१ मंसिर ६ गते, शनिबार

आज बालाचतुदर्शी

काठमाडौ। हिन्दू धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको आत्माको चिरशान्तिको कामना गर्दै आज bala chaturdashiसतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् । देशभरका शिव मन्दिरहरुमा तसबिज छर्नेको बिहानैदेखि घुइँचो लागेको छ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सप्तबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । तिर्थालुहरु गएराति मृत आफन्तको नाममा दिप प्रज्वलन गरी […]

२०७१ मंसिर ५ गते, शुक्रबार

बस नदीमा खस्‍दा ६ जनाको मृत्‍यु

काठमाडौ, ४ मंसिर । मध्यपश्‍चिम यातायात व्यवसायीद्धारा सञ्‍चालित बस दुर्घटना हुँदा ६ जनाको ज्‍यान गएको छ। सुर्खेतको राकामतर्फ जाँदै गरेको ना३ख १४०८ नम्बरको बस जारजरकोटको भुर गाविसको भूतचौरमा दुर्घटना भएको हो। बस भेरी नदीमा खसेको छ। बस जाजरकोट सदरमुकाम खलंगाबाट विहानै हिडेको थियो। बस दुर्घटनाको थप विवरण आउन बाकि छ ।

२०७१ मंसिर ४ गते, बिहीबार

चार प्रहरी निलम्बित, तेइस कारबाहीमा

काठमाडौ,५ मङ्सिर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ भने २३ प्रहरी कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिनुभएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई […]

२०७१ मंसिर ५ गते, शुक्रबार

आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस

काठमाडौ, ३ मंसिर । आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।हरेक बर्षको १९ नोभेम्बरलाई बालदुर्व्यवहारविरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । नेपाल प्रहरीमा सन् २०१२÷१३ मा परेका ७०१ उजूरी मध्ये ४९.६४ प्रतिशत घटना १८ वर्ष मुनिका बालबालिकालाई भएको थियो ।त्यसैगरी सेभ दि चिल्ड्रेनले सन् २००३ मा काठमाण्डौ उपत्यकामा गरेको अध्ययन अनुसार ४५ […]

२०७१ मंसिर ३ गते, बुधबार

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्दा जेल जानुपर्ला

काठमाडौं । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको विधेयक ऐनको रुपमा आउँदैछ । अहिले यो विधेयकलाई ऐनको रुप दिन संसद् अन्तर्गतको विधेयक शाखाले काम गरिरहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिएका छन् ।उनका अनुसार यो शाखाले काम सकेपछि ऐन तयार हुन्छ । तयार ऐनलाई कानुनी भाषामा ढाल्ने काम भएपछि राष्ट्रपतिकोमा प्रमाणीकरणको लागि पठाइन्छ । […]

२०७१ मंसिर २ गते, मंगलवार