समाज

आज कृष्ण जन्माष्टमी

काठमाडौं, १९ भदौ । आज भाद्र कृष्ण अस्टमी अर्थात श्रीकृष्णजन्माष्टमी पर्व । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । आफ्नै मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं […]

२०७२ भाद्र १९ गते, शनिबार

विश्वकै होचा व्यक्ति रहेनन्

काठमाण्डौ, १८ भदौ । विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको उपचारको क्रममा अमेरिकाको ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको छ । कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक […]

२०७२ भाद्र १८ गते, शुक्रबार

पूर्वमा अनिश्चितकालिन बन्द

काठमाण्डौ, १८ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै आजबाट अनिश्चितकालिन पूर्व बन्द आह्वान गरेको छ । बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, ते¥हथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्ला प्रभावित भएका छन् । यी जिल्लामा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प […]

२०७२ भाद्र १८ गते, शुक्रबार

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, १७ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा आज बिहान भएको चुनावमा जीवनराम श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले १७ मत प्राप्त गरेर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ९ मत पाएर पराजित भए । त्यस्तै महासचिवमा लामा टेण्डी शेर्पा विजयी भएका छन । उनले पनि १७ मत पाएका थिए भने अर्का उम्मेद्वार […]

२०७२ भाद्र १७ गते, बिहीबार

आजदेखि गौरा पर्व सुरु

काठमाडौं, १६ भदौ । यस वर्षको गौरा पर्व आजदेखि सुरु भएको छ । सुदूर तथा मध्यपश्चिमका जिल्लामा मनाइने गौरा पर्व अन्तर्गत आज भाद्र कृष्ण पञ्चमीका दिन गौरालाई गौराघरमा बाजागाजा सहित विरुणा पञ्चमीका रुपमा भित्र्याइँदैछ । गौरा पर्व मान्ने महिलाहरुले आज विरुणा पञ्चमीका दिन पञ्च नाज गौ, गहत, मास, गुरुस र कलउलाई भिजाउने गरेको ज्योतिष पण्डित […]

२०७२ भाद्र १७ गते, बिहीबार

प्रहरी बिटमा आगजनी

काठमाडौं,१६ भदौ । महोत्तरी सदरमुकाम जलेश्वरमा प्रदर्शनकारीले जलेश्वरको जिरोमाइलस्थित प्रहरीको बिट जलाएका छन् भने पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराइएको छ । दुर्गाचोकमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ । आज बिहानैदेखि जलेश्वर तनावग्रस्त बनेको छ । जलेश्वरको सिनेमा हल चौकमा डेरीको दूध लिएर जाँदै गरेको मोटरसाइकलमा तोडफोड गरिएको छ । […]

२०७२ भाद्र १६ गते, बुधबार

वीरगन्जमा सेना परिचालन

काठमाडाैँ, १५ भदाै । संयुक्त मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि बीरगन्जमा दंगाग्रस्त क्षेत्र घोषणा गरी आज बिहानबाट सेना परिचालन गरिएको छ । आज बिहानैबाट सेनाले बजार क्षेत्रमा गस्ती सुरु गरेको छ । स्थानीय प्रशासनले मंगलबार दिउंसो २ बजेबाट जारी गरेको कर्फ्यु आदेश भने अझै जारी राखेको छ । सेना परिचालनसंगै मंगलबार दिउंसो भर तनावग्रस्त […]

२०७२ भाद्र १६ गते, बुधबार

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो

काठमाडाैँ, १५ भदाै । इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षा हुन् लागेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी १८ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । काठमाडौंमा लिटिल एन्जेल्स स्कुल हात्तिवन, लिटिल एन्जेल्स […]

२०७२ भाद्र १५ गते, मंगलवार

वीरगन्ज र कलैया विहानै देखि तनावग्रस्त

काठमाडाैँ, १५ भदाै । बाराको कलैयामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि तनाव भने कायमै छ । कलैयामा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ अवस्थामा रहेका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि कलैयाका चोक चोकमा बसेर प्रदर्शन सुरु गरेका छन् । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । यसैबीच, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको […]

२०७२ भाद्र १५ गते, मंगलवार

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

काठमाडाैँ, १४ भदाै । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । यसैबीच स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउँसो ३ बजेसम्म […]

२०७२ भाद्र १४ गते, सोमबार