जन्ती बस दुर्घटना चालकको मृत्यु, पाँच घाइते

२०७३ बैशाख १५ गते, बुधबार

काठमाडौँ, १५ वैशाख । धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको को १ ख २९३२ नम्बरको बस आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना हुँदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
उनी च्यापिएको अवस्थामा मृत फेला परेको ट्राफिक प्रहरीले बताएको छ । अहिले सडक अवरुद्ध छ । सो घटनाका दुई पुरुष र तीन महिला घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिनुभयो । अन्य जन्ती केही सामान्य घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार