साझा आवास बनाउने तयारी

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौ, १४ बैशाख । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा बर्षाअघि नै सामुहिक सेल्टर (साझा आवास) बनाउने भएको छ । वर्षा अघि प्रभावितहरुको घर बनाउन असम्भव भएपछि अप्ठ्यारोमा बस्न सरकारले साझा आवास बनाउने तयारी थालेको छ । एक गाउँमा एउटा यस्तो आवास बनाउने गरी गृहकार्य सुरु गरेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
जेठको अन्तिमसम्ममा साझा आवास बनाउने गरी सरकारले काम सुरु गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । उनले शहरी विकास मन्त्रालयले त्यसको प्रक्रिया अघि बढाएको र प्राधिकरणले पैसा निकासा गर्न लागेको बताए । एउटा साझा सेल्टरमा कम्तिमा २० परिवार बस्ने मिल्नेगरि बनाउने तयारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार