अब प्रिपेड र पोष्टपेडबीच पनि ट्रान्सफर हुने

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौं,१९ फागुन । नेपाल टेलिकमले आफूले उपलब्ध गराउँदै आएको टेलिफोन सेवाहरुमा एकअर्कामा रकम ट्रान्सफर गर्नसक्ने सुविधा थप गर्ने भएको छ । जीएसएम टेलिफोनअन्तर्गतको प्रिपेड मोबाइल सेवामा मात्र रहेकाले यो सुविधालाई टेलिकमले अन्य सेवासँग पनि जोड्ने योजना बनाएको आजको अभियान दैनिकमा खबर छापिएको छ। योजना सफल भएसँगै पीएसटीएन, सीडीएमए र जीएसएमका ग्राहकले सजिलै एकअर्कोमा रकम ट्रान्सफर गर्न सक्नेछन् । ट्रान्सफर सुविधालाई अन्य टेलिफोनसँग पनि जोड्नुपर्ने ग्राहकको मागलाई ध्यानमा राखेर यस्तो योजना बनाइएको टेलिकमका सूचनाप्रविधि शाखाका निर्देशक रवीन्द्र झाले बताए । ‘ट्रान्सफरको यस्तो सुविधा उपलब्ध गराउने विषयमा अहिले अध्ययन भइरहेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षभित्र यस्तो सुविधा उपलब्ध गराउने गरी तयारी गरिरहेका छौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु