कला तथा साहित्य

हुँडारको सङ्गत – अशोक कुँवर ‘नेत्र’

जति खतरनाक हुन्छन् हुँडारहरू त्यति नै खतरनाक हुन्छ हुँडारको सङ्गत अघिपछि अघिपछि गर्दै कहिले आङ सुम्सुम्याउँदै कहिले कनाउँदै आत्मीयता देखाउँछन् विश्वस्त तुल्याउँछन् भन्दै “आखिर हामी दुबै एकै क्षेत्रमा हुर्कि बढेका प्राणी हौँ हाम्रो रक्तनसामा रातै रङ्ग बगेको छ हाम्रो श्वासनलीमा एउटै पर्यावरणको वायु दौडन्छ” बिछट्टै प्रेमभाव प्रस्तुत गर्छन् मुखले ठिक्क पार्दै लोलोपोतो गर्छन् । जति […]

२०७३ आश्विन १३ गते, बिहीबार

मायामा परे रक्षा र बले

काठमाडौ, १३ असोज । हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । भीम बिसीको […]

२०७३ आश्विन १३ गते, बिहीबार

लोकदोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पंगेनी

काठमाडौ, १२ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन । गएराती सम्पन्न मतगणनाबाट उनको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्षका लागि पंगेनीसँगै विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको थियो । पंगेनीले आठ सय ८८ मत प्राप्त गरी अध्यक्षमा गायक निर्वाचित […]

२०७३ आश्विन १२ गते, बुधबार

सक्दिन म तिम्रो गुरु बन्न – शोभा गजुरेल

तिमि कसरी बद्लियौ ? यो उसको प्रस्न थियो,सायद उसलाई थाहा नै छैन मान्छे किन बदलिन्छ । म चुपचाप बसे फेरि प्रस्न गर्यो तिमि यति निडर कसरि बनौ , कसले सिकायो यो तिमीलाई ? उ सोच्ने गर्थ्यो निडर हुन कसैसग सिक्नु पर्छ । उसले यहि जानेको छ, उसले सधै अर्काले सिकाएरै सबै काम गर्न सिक्यो । […]

२०७३ आश्विन ११ गते, मंगलवार

साहित्यीक दौड सुरु गरेका साहित्यकारलाई सम्मान

काठमाडौँ , ११ असोज । नेपालमै पहिलो पटक एक साहित्यकारले मेचीमहाकाली साहित्यीक दौड सुरु गरेका छन् । काभ्रेपलाञ्चोकका साहित्यकार लक्ष्मण सापकोटा अहिले मेचीमहाकाली यात्रामा छन् । उनले असोज १ गतेदेखि काकडभित्तत्राबाट यात्रा सुरु गरेका थिए । देशमा साहित्यीक चेतना फैलाउने उद्धेश्यले यात्रा थालेको साहित्यकार घिमिरेले बताए । आज बुटवलमा आएका उनलाई बुटवल उपमहानगरपालिकासहित यहा क्रियाशील […]

२०७३ आश्विन ११ गते, मंगलवार

ईमेज अवार्ड हुँदै

काठमाडौं, ८ असोज । नेपाली गीत संगीतको उत्थान गर्ने उद्देश्यले हरेक बर्ष गरिंदै आएको ईमेज अवार्ड आयोजना हुँदैछ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव ईमेज अवार्ड संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्ने गरिएको छ । २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत संगीतलाई १८ औं […]

२०७३ आश्विन ८ गते, शनिबार

नशा – ईन्द्र थेगिम

भालेको डाकमा, बिहान उठ्नै पाएको छैन सासुले बुहारीलाई एकोहोरो ठुगिंरहने नशा । प्रत्युत्तरमा, बुहारीले सासुलाई कानमा तेल हालेर बोली भुइँमा खस्न नदिइ मोबाईलमै ब्यस्तरहने नशा । हकवाला दिदि बैनिहरु, भाउजूको रिसले हो कि बुहारीको आर्‍हिसले आँखा रातो रातो पारि मुर्मुरिंदै फत्फताईरहने नशा । आईपर्दा कामलाग्ने छिमेकीका के कुरा, छुसुक्क के कुरा चुहियो कि आम्मै!! रातभरिमा […]

२०७३ आश्विन ७ गते, शुक्रबार

लोडसेडिङ लाईन नम्बर एक – मिलनकान्छा किराती

बाध्यताको चिसो बत्तासले म जन्मिएको वस्तीबाट उडाएर कंक्रिटको जङ्गलभित्र मलाई पछारेको दिन पनि निकै घर्किएछ ! थाहा छैन मलाई यो सहरमा कसिङ्गर भएर कतिञ्जेल चौक–चौकमा ठोक्किनुपर्छ ! खुशीको यो झिलीमिली बजारमा खर्चको सवा मिटर चढिरहन्छ आम्दानीको एमसीबी झरिरहन्छ ! आज पनि झ्याप्पै लोडसेडिङ भो एकोहोरो टोलाईरहेछु साँघुरो बरण्डामा जीवनको रङ्ग उडेको उदास बटुवाझै पर चउर […]

२०७३ आश्विन ७ गते, शुक्रबार

‘आगो निभेको छैन’ बजारमा

काठमाडौं, ६ असोज । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित पुस्तक ‘आगो निभेको छैन’ आजदेखि बजारमा आएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको विहीबार राजधानीमा आयोजित कार्यक्रममा विरही स्वयं, विद्या घिमिरे र गुणकुमारी कोइरालाले संयुक्तरुपमा विमोचन गरे । लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा आफ्नो सहभागिता, जेलजीवन, पत्रकारितामा भोगेका अनुभवहरु पुस्तकमा समेटिएका छन् । ३ सय ३३ […]

२०७३ आश्विन ६ गते, बिहीबार

छन्दकवि शुभेच्छुसँगै “मलामी” का दुई कुरा (समीक्षात्मक टिप्पणी) – अशोक कुँवर ‘नेत्र’

“मलामी” रमेश शुभेच्छुकृत कविता कृति हो । यो कविता कृति फुटकर कविताहरूको सङ्कलित सङ्ग्रह हो । कलर्स इन्टरनेसनल पब्लिकेसन प्रा.लि द्वारा प्रकाशित यस कृतिमा जम्मा चालिस ओटा फुटकर कविताहरू सङ्गृहीत छन् । कुल बहत्तर पृष्ठमा संरचित यसको मूल कविता खण्ड भने एकसट्ठी पृष्ठको रहेको छ । कविता सङ्ग्रहको बजार मूल्य भने रु. एक सय पचपन्न […]

२०७३ आश्विन ५ गते, बुधबार