अखिल (क्रान्तिकारी) सहित चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा संयुक्तरुपमा सहभागी हुने

२०७९ फाल्गुन १५ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने भएका छन । अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यालय बुद्वनगरमा आइतबार बसेकाे ४ विद्यार्थी संगठनकाे संयुक्त बैठकले सो निर्णय गरेको हाे । बैठक पछि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई, बैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालका संयोजक करण बुढा र अखिल (क्रान्तिकारी) का संयोजक कपिल सिजापती द्वारा विभिन्न ७ बुँदे शैक्षिक सुधारका माग राख्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरि स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेका हुन ।
४ विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा त्रिविमा भएको निजीकरण, व्यापारीकरण, दलीय भागबन्डा अन्त्य गरिनुपर्ने, विश्वविद्यालयको भर्ना, पठनपाठन, परिक्षा र नतिजा प्रकाशनमा विश्वविद्यालयको क्यालेन्डर लागु गराउने मुख्य एजेन्डा लिएर स्ववियु निर्वाचन लड्ने घाेषणा गरेका छन । यस्तै विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरूमा सुविधा सम्पन्न कक्षाकोठा, शाैचालय, ल्याब, खेलकुद र विद्यार्थीका लागि आवासगृह निर्माण गरिनुपर्ने, विद्यार्थीहरू माझ राष्ट्रिय एवम् जनजीविकाे पक्षमा र बेरोजगारी अन्त्य तथा युवा पलायन राेक्ने देखि दलाल पूँजीवादी संसदीय व्यवस्था विराेधी माेर्चा तयार गर्ने एजेन्डा लिएर जाने निर्णय गरेका छन ।
४ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा त्रिविको शैक्षिक एवम् प्रशासनिक गुणस्तर सुधारका साथै समय सापेक्ष र व्यावहारिक शिक्षा बारे विश्वविद्यालय र विद्यार्थीहरू बीच छलफल, वहस र अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिकाे अन्त्यमा ४ विद्यार्थी संगठनका नेताहरूले एजेन्डा मिल्ने बाम, देशभक्त तथा प्रगतिशील विद्यार्थी संगठनहरू सँगै आगामी स्ववियु निर्वाचनमा तालमेल र सहकार्य गर्ने समेत घाेषणा गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु