बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ । पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ । सबै बालबालिकालाई विद्यालयमै खोप दिइने छ । दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ । यस्तै दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार