गिद्ध दिवस मनाइँदै

२०७८ भाद्र १८ गते, शुक्रबार

काठमाडौँ । आज सेप्टेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस । आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए। उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई सङ्ख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा सङ्ख्या पत्ता लगाइने उनले बताने। त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु