विद्युतको माग घट्यो !

२०७८ बैशाख १९ गते, आईतवार

काठमाडौं । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा सुरु भएसँगै रातको समयमा उत्पादन भएको विद्युत् खपत कम हुन थालेको जनाएको छ । गत वर्ष भने विद्युत् खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थियो । त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत् माग हुने गरेको थियो । अहिले देशका २९ जिल्लामा निषेधाज्ञा छ । गत वर्ष भने ७७ वटै जिल्लामा एकै पटक लकडाउनको घोषणा भएपछि विद्युत्को माग आधामा सीमित भएको थियो ।
यस वर्ष पनि औद्योगिक क्षेत्र रहेका सबै जिल्लामा निषेधाज्ञा लगाउने वित्तिकै विद्युत् खपत दुई करोड युनिटकै आसपासमा आउन सक्ने प्राधिकरणको अनुमान छ । अहिले नेपालले भारतबाट अधिकतम एक करोड ८३ लाख युनिटसम्म विद्युत् उर्जा आयात गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु