अखिल क्रान्तिकारीद्धारा पाठ्यक्रम अन्यौलताको विरुद्ध प्रदशन

२०७७ पुष २४ गते, शुक्रबार


काठमाडौं । अखिल (क्रान्तिकारी) रुपन्देहीले कक्षा ११ को पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । सडक प्रदर्शनमा विद्यार्थीहरुद्वारा व्यवहारिक शिक्षा प्रदान गर, शैक्षिक माफिया होसियार, वैज्ञानिक शिक्षा प्रणाली शिक्षा लागू गर लगायतका नारा गुन्जिरहेको थियो । अखिल ( क्रान्तिकारी ) रुपन्देहीका जिल्ला सहसचिव पारस राहादी मगरले “नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ सर्वोच्चले अदालतले पौष २७ गतेलाई सार्यो । शैक्षिक दलालहरुको स्वार्थको चेपमा विद्यार्थीहरुको भविष्यलाई राक्नु निन्दनीय विषय हो । अदालत स्वयं ती दलालहरुको प्रभावमा छ भन्ने कुरा अदालतले पटकपटक पेशी सार्नुले प्रष्ट पार्छ । विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन”, भन्दै आफुहरु सडक विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको र प्रदर्शनको क्रममा केही प्रहरीहरुले हस्तक्षेप गर्न लागेको समेत जानकारी दिनुभयो । कालिका माध्यमिक विद्यालय अगाडिबाट सुरु भैइ चौडाहामा गएर अन्त्य भएको विरोध प्रदर्शनमा कक्षा ११ को एक हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । गत २० गते सर्वोच्च अदालतले कक्षा ११ र ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पौष २७ गते सम्मलाई लम्ब्याएको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु