डा. बाबुरामको प्रधानमन्त्री ओलीलाई जवाफः ढाँटको कुरा खाई पत्याउनु

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको र गैर जिम्मेवार तत्वले गलत सुचना दिएर जनता भड्काउने कुचेष्टा गरेको भन्दै विरोध गरे पछि भट्टराईले सामाजिक सञ्जाल मार्फत एक घण्टा भित्रै जवाफ फर्काएर ब्यंग्य गरेका छन् ।


‘आफ्नो ट्वीटर ह्याण्डल मार्फत भट्टराईले ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु।।’ भनी व्यग्य गरेका छन् ।
भट्टराईले लेखेका छन्, प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढी गण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु