कान नै काटेर सुनका गहना लुटियो (भिडियोसहित )

२०७७ भाद्र १० गते, बुधबार

काठमाडौं । माछापुच्छ्रे गाउँपालिका ६ सादीमा गत भदौ ३ गते राती १ बजे एक जना महिलाको कान नै काटेर सुनको गहना लुटीएको छ । तीन जानाको समूहमा आएका व्यीक्तले ज्योती अधिकारीको कान चक्कुले काटेर सुन लुटेर लगेका हुन् । अधिकारीका अनुसार दुई जनाले मुख थुनेर समातेका थिए भने एक जनाले चक्कुले कान काटेका थिए । सुरुवातमा बाघले आक्रमण गरेको जस्तो लागेपनि पछि गहना झिकेपछि भने भो चोर भएको ठहर भएको अधिकारीले बताईन् । नजिकै रहेका सोमनाथ अधिकारीले थाहा पाए । उनी ज्योतीको नजिकै आउँदा चोरहरुले सोमनाथलाई समेत कुटपिट गरे र गहना लिएर गए । सुरुवातमा गहना मात्र लगेको भन्ने बुझे पनि पछि कानबाट रगत आउन थालेपछि भने कान नै काटेको पत्ता लागेको थियो । यस घटनबारे जिल्ला प्रहरी कार्यलय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु