भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् एक करोड बढी ठगी गर्ने प्रहरीको फन्दामा

२०७७ असार ११ गते, बिहीबार

काठमाडौं, ११ असार । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् ।
त्यसैगरी, भारतको पश्चिम चम्पारण, बिहार, सेनवरिया घर भइ काठमाडौं टंकेश्वर बस्ने २२ वर्षीय एमडी सर्फराज, पर्साको वीरगन्जका ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनील साह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महाशाखाको टोलीले पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो । उनीहरुले सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् ५० लाख रुपैयाँ र १० तोला सुन चिट्ठा परेको भन्दै प्रलोभन देखाएर ठगी गरेको पाइएको छ । ‘महँगो चिट्ठा परेको र उक्त पुरस्कार लिन करवापतको रकम तिर्नू’ भन्दै विभिन्न खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ । यो समूहले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको दाबी छ । उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु