ग्यासको मूल्य घट्यो

२०७३ भाद्र १७ गते, शुक्रबार

काठमाडौ, १७ भदौ । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासको मूल्य घटाएको छ । आजदेखि र १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने छन । केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो। मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो । अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार