चट्याङ लागेर मृत्यु

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौ, १० बैशाख । ताप्लेजुङमा बुधबार दिउँसो परेको चट्याङले लागेर एकको मृत्यु र एक घाइते भएका छन् । चट्याङले लागेर ताप्लेजुङको डुम्रिसेका ३३ वर्षका प्रतिमान विकका छोरा बमबहादुर विकको ज्यान गएको हो । चट्याङले लागेर प्रतिमानकी नातिनी रिता विक घाईते भएकी छन् । घाईते विकको जिल्ला अस्पताल पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।
दिउँसो डोको बुनेर घर भित्र पस्दै गरेका विकलाई चट्याङले लाग्दा घटनास्थलमै ज्यान गएको स्थानय राम कंलिवाले जानकारी दिए । कोठामा बसिरहेकी रिता चट्याङले लागेर बेहोस भएकी थिईन । घाईते विकलाई राति करिव ११ वजे उपचारका लागि पाचथर लगिएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु