‘मर्निङ वाक’ नगर्नु नै बेश

२०७१ पुष ९ गते, बुधबार

काठमाडौं। काठमाडौं उपत्यकामा ‘मर्निङ वाक’ गर्नु स्वास्थ्यको हिसाबले उपयुक्त नरहेको विज्ञहरुले बताएका छन् ।राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वातावरणविद्हरुले राति ८ बजेपछि बिहान ८ बजेसम्मको वातावरण सबै हिसाबले खतरापूर्ण रहेको भन्दै मर्निङ वाक नगर्न सल्लाह दिएका हुन् ।उपत्यकाको वायु प्रदुषणको असर बनेपा, धुलिखेललगायतका सहरमा पनि पर्ने गरेको विज्ञहरुले बताएका छन् ।
उपत्यकाको वातावरणमा सुधार ल्याउन तत्काल नियम, कानुनको कार्यान्वयन र योजना ल्याउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु