मोहनविक्रम सिंह पुनः नेकपा (मसाल) को महामन्त्रीमा चयन

२०८० चैत्र ३० गते, शुक्रबार


काठमाडौँ । मोहनविक्रम सिंह पुनः नेकपा (मसाल) को महामन्त्रीमा चयन भएका छन् । केही दिनअघि भूमिगत रुपमा काठमाडौँमा भएको मसालको नवौं महाधिवेशनबाट ९० वर्षीय सिंह पुनः पार्टीको महामन्त्रीमा चुनिएका हुन् ।
विगत ४० वर्षदेखि मसालको नेतृत्वमा सिंहको एकछत्र हालिमुहाली छ । सिंहले २०५७ सालमा ६५ वर्षको उमेरमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग दोस्रो विवाह गरेका थिए । मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्य छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु