विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित

२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे ३९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत पाइन् । घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मत दिएका थिए । पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । राष्ट्रिय सभामा चार वर्ष काम गरेकी घिमिरेको कार्यकाल दुई वर्ष मात्रै बाँकी छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि भने उनले अब दलीय आवद्धता त्याग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु